ज्योति लाईफको आईपीओ अपडेटः साढे ११ लाख बढीले भरे सेयर

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्ममा साढे ११ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार (फागुन २३ गते) सााँझ ५ बजेसम्म ११ लाख ५९ हजार ७०३ जनाले कम्पनीको २ करोड ५३ लाख ४६ हजार ४१० कित्ताको लागि आवेदन दिइसकेका छन् । कम्पनीले फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको अर्थात अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । फागुन २१ गतेदेखि निष्काशन हुने उक्त आईपीओमा इच्छुकले छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन पाउने छन् । उनीहरुले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन् । ज्योति लाईफको आईपीओ किन्नु कति उचित ? यस्ताे छ कम्पनीको योजना कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँछ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्ममा १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दै १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले जीवन बीमा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ संचित छ भने जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ ।

हालसम्म पौने १० लाख बढीले भरे ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्ममा पौने १० लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ९ लाख ८२ हजार ६७७ जनाले कम्पनीको २ करोड १२ लाख ४४ हजार ३६० कित्ताको लागि आवेदन दिइसकेका छन् । कम्पनीले फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको अर्थात अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरकाे लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । फागुन २१ गतेदेखि निष्काशन हुने उक्त आईपीओमा इच्छुकले छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन पाउने छन् । उनीहरुले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । इच्छुक आवेदकले  सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन् । ज्योति लाईफको आईपीओ किन्नु कति उचित ? यस्ताे छ कम्पनीको योजना कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेकाे मध्यमस्तरकाे सुरक्षित कम्पनी जनाउँछ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्ममा १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दै १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले जीवन बीमा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ संचित छ भने जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ ।

अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर

काठमाडौं । अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर भएको भन्दै सरोकारवालाहरुले अभिकर्ताको सक्रिय सहभागिताबाट मात्रै समग्र बीमा व्यवसायले गति लिने बताएका छन् । राष्ट्रिय बीमा कम्पनीले शुक्रबार राजधानीमा आयोजना गरेको अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कम्पनीका  सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले बीमा व्यवसायलाई अभिवृद्धि गर्न देशभर छरिएर रहेका १२९ क्रियाशील अभिकर्ताहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै अभिकर्ताहरुका कारण सामान्य जनतामा बीमा चेतनाको विकास गरी बीमा सेवालाई सर्वसाधारणसम्म पु¥याउन महत्वपूर्ण योगदान पुगेको बताए । आगामी दिनमा समेत बीमा अभिकर्ता तालिम सञ्चालन गरी योग्य र कर्मठ अभिकर्ताहरु उत्पादन गरी व्यवसाय वृद्धिमा टेवा पु¥याउने कम्पनीको लक्ष्य रहेको उनले बताए । पाँच दशक लामो पृष्ठभूमि भएको कम्पनीले बीमा व्यवसाय विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान गरेको भन्दै अध्यक्ष उपाध्यायले प्रभावकारितामा आइपरेका प्रारम्भिक चरणका कतिपय जटिलताका गाँठा फुकाउने काम पनि भइरहेको बताए । कम्पनीले आफ्नो उद्देश्यअनुरुप बीमा व्यवसायका माध्यमले सुरक्षित एवं लगानीमैत्री वातावरण निर्माण गर्न तथा छरिएका बचतहरुलाई पूँजीका रुपमा परिचालन गर्न कम्पनी क्रियाशील रहेको भन्दै उनले कर्पोरेट ढाँचामा व्यवसायिक जोखिमसँग सम्बद्घ परम्परागत बीमा व्यवसायका साथै सबैखाले आर्थिक गतिविधिसँग बीमा व्यवसायलाई गाँस्दै जाने कामले गति लिन थालेको बताए । यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले अभिकर्ता कम्पनीको स्थापनादेखि खडा भएका पिलर भएको भन्दै अभिकर्तालाई सम्मानको परम्परालाई निरन्तरता दिँदै आएको बताए । सरकारको नीति तथा कार्यक्रमसँग तादम्यता हुनेगरी सार्वजनिक सेवा प्रदान गर्नु र निजी तथा विदेशी कम्पनीहरुसँग प्रतिष्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको उनले बताए । कम्पनीका मुख्य व्यवस्थापक सुभास कोइरालाले अभिकर्ता नै बीमा क्षेत्रको मेरुदण्डको रुपमा रहेको भन्दै व्यवसाय अभिबृद्घिमा उनीहरुको भूमिका उल्लेख्य रहेको बताए । कम्पनीले शाखा विस्तार गर्न थालनी गरेको जानकारी दिंदै उनले यसै वर्ष छ शाखा तथा उपशाखा सञ्चालन गरेको बताए । कार्यक्रममा कम्पनीमा आर्थिक वर्ष २०७६/७७ मा बीमा व्यवसाय प्रदान गर्ने उत्कृष्ट १० जना अभिकर्ताहरुलाई नगद पुरस्कार, एक लाख रुपियाँको दुर्घटना बीमा, मायाको चिनो तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । ।