२० अर्बको पुँजीमा काठमाडौं रि-इन्स्योरेन्स आउँदै, सर्वसाधारणलाई ३० प्रतिशत सेयर
काठमाडौं । नेपाली बीमा क्षेत्रमा नयाँ पुनर्बीमा कम्पनी ‘काठमाडौं रिइन्स्योरेन्स’ छिट्टै आउने भएको छ । कम्पनी स्थापनाका लागि सबै तयारीहरु पूरा गरेर काम अन्तिम चरणमा रहेको बताइएको छ । सो काठमाडौं रिइन्स्योरेन्स कम्पनीको अधिकृत पुँजी २० अर्ब रुपैयाँ कायम गरेको छ भने कम्पनीको जारी पुँजी १० अर्ब र तत्कालको पुँजी ७ अर्ब रुपैयाँ रहेको बताइएको छ । जसमा ७० प्रतिशत (४० प्रतिशत संस्थागत र ३० प्रतिशत व्यक्तिगत) र सर्वसाधारणको ३० प्रतिशत कायम हुने बताइएको छ । ७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार बिचमा वा पुरर्बीमा कम्पनीलाई दिने गरी पत्राचार भइसकेको छ । सञ्चालक समितिमा २ जना संस्थागत, २ जना व्यक्तिगत, २ जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी ७ जना सदस्यीय सञ्चाक समिति रहनेछ । कम्पनीको संस्थापकमा बीमा समितिका पूर्व अध्यक्ष तथा चार्टर्ड एकाउन्टेन्ट देवेन्द्र प्रताप शाह, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष तथा चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाईँ, नेपाल बिमक संघका पूर्व अध्यक्ष रमेश कुमार भट्टराई र ज्योती विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट छन् । सम्बन्धित समाचार पुनर्बीमा कम्पनीको सौता आउँदै, ‘अफर लेटर’बारे छलफल गर्दै बीमा कम्पनीहरुको बोर्ड
अब जीवन बीमा कम्पनीले पनि एनएफआरएस लागू गर्नुपर्ने, समितिले दियो निर्देशन
काठमाडौं । अब जीवन बीमा कम्पनीले पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणालीमा वित्तीय विवरण बनाउनु पर्ने भएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले आज (फागुन ९ गते) एक सर्कुलर जारी गर्दै जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई उक्त निर्देशन दिएको हो । समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०७७ अनुसारको वित्तीय विवरण बनाई प्रकाशित गर्न भनेको हो । यससँगै समितिबाट इजाजत प्राप्त १९ वटा जीवन बीमा कम्पनीले अबको वित्तीय विवरण समितिको निर्देशन अनुसार एनएफआरएस प्रणाली अनुसार नै बनाउनुपर्नेछ । समितिले जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीहरुका लागि छुट्टाछुट्टै निर्देशिका बनाएको छ । निर्जीवन बीमा र पुनर्बीमा कम्पनीलाई भने समितिले यसअघि नै साे निर्देशन दिइसकेको थियो । साथै, उक्त निर्देशिका बीमा समितिकाे वेवसाइटमा पाइने जानकारी गराइएकाे छ ।
आईपीओ जारी गर्न ज्योति लाइफ इन्स्योरेन्सले पायो अनुमति
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न गत फागुन ७ गते नै बोर्डबाट अनुमति पाएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ६६ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत सो मात्राको सेयर बिक्री गर्ने छ । कम्पनीले साे मात्राकाे सेयर जारी गर्न गत मंसिरकाे अन्तिम सातातिर नियामक निकाय धिताेपत्र बाेर्डमा फाइल पठाएकाे थियाे । सम्बन्धित समाचार ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोडको आईपीओ जारी गर्दै, फाइल धितोपत्र बोर्डमा