लोकप्रिय बन्दै शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना, गाडी क्षति भएमा नयाँ पाइने
काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना लोकप्रिय बन्दै गएको छ । पछिल्लो समय अटो प्लस नामको याे बीमा प्रडक्टकाे पोलिसी लिनेको संख्या बढिरहेकोले लाेकप्रिय बन्दै गएकाे कम्पनीले जनाएकाे हाे । विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी होस् भन्ने हेतुले कम्पनीले साे याेजना सार्वजनिक गरेकाे हाे । बीमा क्षेत्रकै नौलो, सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको अटो प्लस बीमा योजनाअन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक सवारी भाडा/यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन् । यो बीमालेख कार, जिप, मोटरसाइकल र स्कुटर जस्ता चार पाङ्ग्रे र दुई पाङ्ग्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन् । अटो प्लस बीमालेखको बीमा अवधि व्यापक सवारी साधन बीमाको अवधिको समान छ । नेपालमा दर्ता भएको मितिबाट १० वर्षभन्दा कम उमेरका सवारी साधनका लागि मात्र अटो प्लस बीमा पोलिसी खरीद गर्न सकिन्छ । जस्तो सवारी साधन क्षति भई पार्टपुर्जाहरु फेर्नु पर्ने अवस्थामा सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्याङ्कन अनुसार भएको ह्रासकट्टीको रकम मात्र कम्पनीले भुक्तानी दिन्छ । यस्तै, अटो प्लस बीमा गर्दा सवारी साधन पुनस्र्थापना अन्तर्गत सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपल्ब्ध गराउँछ । यसैगरी, यो पोलिसीमा बीमितले तेस्रो सुविधाका रुपमा दैनिक सवारी भाडा/यातायात खर्च समेत पाउनेछन् । जसमा आफ्नो सवारी साधन पूर्ण क्षति वा चोरी भएको छ भने अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिन सम्मको यातायात भाडा खर्च कम्पनीले उपलब्ध गराउँछ । यद्यपि, यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चारपाङ्ग्रे सवारीका लागि फरक हुन्छ । भाडादर पनि सवारी साधनको मूल्यअनुसार फरक हुन्छ । ‘अटो प्लस’ बीमालेखमा बीमितले प्रत्येक लाभका लागि ०.१० प्रतिशतदेखि ०.५१ प्रतिशतसम्मको बीमाशुल्क भुक्तानी गर्नुपर्छ । ‘अटो प्लस’ मात्र नभई विगत १७ वर्षदेखि निर्जीवन बीमाको क्षेत्रमा रोल मोडलको रुपमा प्रभुत्व जमाउन सफल शिखर इन्स्योरेन्सले नेपालमा नयाँ बीमा पोलिसीहरु भित्र्याउने गरेको छ । अटो प्लस बीमा कार्यक्रम पनि नेपालमा शिखर इन्स्योरेन्सले भर्खरै सुरु गरेको नयाँ बीमा पोलिसी हो । हाल अटो प्लससँगै शिखर इन्स्योरेन्सका २२ भन्दा बढी बीमा योजनाहरु संचालनमा रहेका छन् ।
एशियन लाइफको म्यादी जीवन बीमा सार्वजनिक, एकैदिन जारी गर्यो ५ हजार बढी बीमालेख
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा’ सार्वजनिक गरेको छ । थोरै बीमाशुल्कमा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले कम्पनीले ‘मेरो सुरक्षा कवच’ नाराको साथ उक्त जीवन बीमा योजना प्रस्तुत गरेको हो । आज(माघ २९ गते) कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठलगायत संचालक समिति सदस्यहरुको उपस्थितिमा उक्त बीमा योजना सार्वजनिक गरिएको हो । यस बीमा योजना अन्तर्गत १६ वर्षदेखि ६४ वर्ष उमेरसम्मको व्यक्तिले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम आफ्नो आय श्रोतको आधारमा बीमाङ्क रकम चयन गर्न सक्नेछन् । न्यूनतम १ वर्षदेखि अधिकतम १५ वर्षसम्मको लागी जारी हुने यस बीमा योजना अन्तर्गत बीमाशुल्क भुक्तानीको लागी एकल, नियमित र सीमित भुक्तानीमध्ये कुनै एउटा विकल्प रोज्न सकिनेछ । यसले गर्दा बीमाशुल्क भुक्तानीमा बीमितलाई सहजता हुनेछ । यस योजना अन्तर्गत बीमा अवधिभित्र बीमितको निधन भएमा बीमांक रकम भुक्तानी दिइनेछ । बीमा अवधिभित्र बीमित जीवितै रहेको अवस्थामा कुनै पनि रकम प्रदान गरिने छैन । यस योजनामा विभिन्न ऐच्छिक सुविधा लिन सकिने व्यवस्था समेत रहेको छ । जसमध्ये दाह संस्कार खर्च, दुर्घटना मृत्यु लाभ(एडीबी) र दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग/अशक्त सुविधा बीमाशुल्क छुट सुविधा रहेका छन् । एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा योजना सार्वजनिक गरेकै दिन अर्थात एकैदिनमा कम्पनीले ५ हजार ३०१ वटा म्यादी बीमालेखहरु जारी गरेको छ । उक्त योजना अन्तर्गत देशभर रहेका ४० वटा शाखा कार्यालयहरुबाट सो मात्राको बीमालेखहरु जारी गरिएको हो । ५ अर्ब रुपैयाँ अधिकृत पुँजी र २ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको २०७७ पुस मसान्तसम्म जीवन बीमा कोष २४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । साथै, कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
भिजिट भिसामा जाने नेपालीलाई १५ लाखको बीमा अनिवार्य
काठमाडाै । विभागले भिजिट भिसामा विदेश जाने नेपालीलाई रु १५ लाख बराबरको जीवन बीमा अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय पासपोर्ट बनाउन नसक्ने नेपालीसमेत दलालको चङ्गुलमा परेर भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने गरेको गुनासोपछि विभागले बीमा अनिवार्य रहने गरी अध्यागमन कार्यविधि संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ । जुनसुकै देशमा जाने जो कोही नेपालीले १५ लाख बराबरको बीमा गरेको प्रमाणपत्र पेश गरेपछि मात्र अनुमति दिने गरी विभागले कार्यविध संशोधन गर्न केही दिनअघिमात्र मन्त्रालयमा सिफारिस गरिएको विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए । विभागले पठाएको प्रस्तावका आधारमा गृहमन्त्री रामबहादुर थापाले (मन्त्रीस्तरीय निर्णयबाट) उक्त प्रस्ताव स्वीकृति गरेपछि कार्यान्वयनमा आउनेछ ।