महालक्ष्मी लाईफ इन्स्योरेन्स तेश्राे वर्षमाः ल्यायाे नयाँ बीमा याेजना, आईपीओ जारी गर्दै

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले काराेबार सञ्चालन गरेकाे दुई वर्ष पुरा गरी तेश्राे वर्षमा प्रवेश गरेकाे छ । २०७५ माघ २७ गतेबाट बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र उन्नाइसौं कम्पनी हाे । कम्पनीले दोस्रो वार्षिक उत्सवको अवसर पारेर आज (माघ २७ गते) कै मितिबाट बिक्री गर्ने गरी नयाँ मनि ब्याक बीमा योजना ‘महालक्ष्मी धनधान्य’ पोलिशी सञ्चालनमा ल्याएको छ । आर्थिक वर्ष २०७६/७७को वासलात नाफा नोक्सान हिसाब बीमा समितिबाट स्वीकृति पछि ६० करोड रूपैयाँको सेयर सर्वसाधारणमा जारी गर्ने गरी प्रकृया शुरू गरेको जानकारी गराएकाे छ । यस्ताे रह्याे कम्पनीकाे २ वर्ष कम्पनीले काराेबार शुरू गर्दा नौ वटा पुराना स्थापित कम्पनी र नौ वटा नयाँ कम्पनीहरूसंग प्रतिस्पर्धा गर्नु परेको थियो । कसैगरी व्यापार वृद्धि गरी आफूलाई अब्बल देखाउने होड र अस्वस्थ प्रतिस्पर्धाबीच स्वस्थ व्यापार गर्नु आफैमा ठूलो चुनौति कम्पनीलाई थियो । अर्को तर्फ कोभिड-१९को कारण लामो समयसम्म नसोचेको कठिनाई भोग्नु पर्‍यो । त्यस्तो प्रतिकूल परिस्थितिको बावजुद नियमक निकाय, संचालक समिति,कर्मचारी र अभिकर्ताहरूको सहयोग र प्रयासले कम्पनीले २ वर्षको अवधिमा ६२ वटा शाखा/उपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, नौ वटा प्रोडक्ट लञ्च, १६५ करोड रूपैयाँ बीमा शुल्क संकलन र २५६ करोड रूपैयाँ लगानी गर्न सफल भएको छ । स्थापनाको एक वर्षपछि नै कोरोना महामारीको कारण लक्ष्य अनुसार शाखा संजाल विस्तार, निरन्तर अभिकर्ता तालिम संचालन र व्यवसाय वृद्धि गर्न नसकेता पनि कम्पनीले आ.व २०७५/७६को पोलिशी बोनस न्यूनतम ५० रूपैयाँ ल्याई नयाँ कम्पनीहरू मध्येमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको जानकारी गराएकाे छ । नेपालमा बीमा कारोबार प्रतिको आमजनताको विश्वास वृद्धि गर्न कम्पनीले मितव्ययी तरिकाले ग्रामिण क्षेत्रमा बीमाको पहुच अझै विस्तार गर्ने, गुणात्मक कारोबारलाई जोड दिने, व्यवसायीक अभिकर्ता निर्माण गर्ने र प्रत्येक घरमा एउटा बीमा पुर्‍याउने लक्ष्य लिएर काम गर्ने बताएकाे छ । यस्ता छन् कम्पनीका भावी याेजना दुई वर्ष पार गरी तीन वर्षमा प्रवेश गरेकाे कम्पनीकाे विभिन्न भावी याेजना रहेकाे छ । कम्पनीले ग्रामिण क्षेत्रमा बीमा विस्तार, गुणात्मक बीमा काराेबार, व्यवसायिक अभिकर्ता निर्माण र प्रत्येक घरमा एउटा बीमा पुर्याउने कम्पनीकाे याेजना रहेकाे छ ।

बीमा समितिले ध्यान नदिँदा बीमा कम्पनीहरुलाई कारबाही गर्दै धितोपत्र बोर्ड र राष्ट्र बैंक

काठमाडौं । बीमा क्षेको नियामक निकाय बीमा समिति हो । तर, समितिले कम्पनीहरुलाई कम्प्यायन्स पालना गराउन नसक्दा अन्य क्षेत्रका नियामक निकायहरुले धमाधम कारबाही गर्न थालेका छन् । बीमा समितिले कम्पनीहरुलाई समयमै वार्षिक साधारणसभा गराउन वाध्य बनाएको छैन । समितिको यही कमजोरीको फाइदा लिदै कतिपय बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ कै वार्षिक साधारणा गरेका छैनन् । यस्तै, अहिले संचालनमा रहेका सबै बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा गराएका छैनन् । सो आर्थिक वर्षको साधारणसभा पनि गत पुस मसान्तसम्ममा गरिसक्नु पर्ने कानुनी व्यवस्था छ । सरकारी लगानी रहेका राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले भने साधारणसभा नगराएको एक दशकभन्दा बढी समय भइसकेको छ । जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा संस्थान, लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल), एसियन, गुराँस, आइएमई, युनियन, सननेपाल, रिलायबल र सानिमा लाइफले आर्थिक वर्ष २०७५/७६ कै साधारणसभा गरेका छैनन् । निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरु शिखर र राष्ट्रिय बीमा कम्पनीले पनि सो आर्थिक वर्षको साधारणसभा गरेका छैनन् । कारबाही गर्दै राष्ट्र बैंक र धितोपत्र बोर्ड बीमा क्षेत्रको नियामक निकाय बीमा समिति हो । समयमै साधारणसभा नगरेको कारण समितिले कम्पनीहरुलाई खासै कारबाही गरेको छैन । तर, बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक र पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डले भने बीमा कम्पनीहरुलाई कारबाही गरिरहेका छन् । बीमा कम्पनीमाथि कारबाहीको सिलसिला भने नेपाल राष्ट्र बैंकले सुरु गरेको थियो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरेको एकिकृत निर्देशनमा परिमार्जन तथा नयाँ व्यवस्था गर्दै आर्थिक वर्ष समाप्त भएको १ वर्ष पूरा हुँदा समेत वार्षिक साधारणसभा नगर्ने कम्पनीहरुको सेयर धितो राखेर कर्जा दिन नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकको यस्तो व्यवस्थाले सेयरधितो राखेर कर्जा लिन चाहने बीमाका सेयरधनी सो सुविधाबाट बन्चित हुनुपरेको छ । सेयर बजारमा मूल्य राम्रोसँग बढिरहेका बीमा कम्पनीहरुको सेयर धितो राखेर कर्जा लिनै नपाइने अवस्था सिर्जना हुन लाग्दा पनि नियामक निकाय बीमा समितिले भने त्यति चासो देखाएको छैन । पछिल्लो समय धितोपत्र बोर्डले बीमा कम्पनीहरुमाथिको कारबाहीलाई तिब्रता दिएको छ । समयमै वित्तीय विवरण नबुझाएको भन्दै समितिले केही समयअघि मात्रै सरकारको पनि स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार रोक्का गराएको थियो । यस्तै, निर्धारित समयमा वित्तीय विवरण नबुझाएकोले बोर्डले हिजो मात्रै गुराँस लाइफको सेयर काराबोर पनि बन्द गराएको छ । सम्बन्धित समाचार सेयर बजारमा सुन्निएको पुनर्बीमा कम्पनीलाई राष्ट्र बैंकको ‘रेडकार्ड’ सिइओ नियुक्तिमा आलटाल गर्दै ४ बीमा कम्पनी, समितिले पनि दिएन ध्यान

अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा रौतहटमा

काठमाडौं । अजोड इन्स्योरेन्सले रौतहट जिल्लामा घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालय स्थित घुम्ती बीमा सेवा कार्यक्रम संचालन गरी सम्पन्न गरेको हो । बीमाको पहुँच तथा जनचेतना विकास गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रममा स्थानीय स्तरवाट व्यापक जनसहभागीता हुनुका साथै कृषि तथा पशुपन्छी बीमालेखहरु जारी गरिएको छ । यमुनामाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृ रामश्रेष्ठ राय यादवको प्रमुख आतिथ्यता तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।