भदौ महिनामा जीवन बीमा शुल्क ५२ करोड रुपैयाँले बढ्यो
काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा शुल्क एक महिनामा ५२ करोड रुपैयाँले बढेको छ । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले भदौ महिनामा २ अर्ब ७४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । गत भदौ महिनामा कम्पनीहरुले २ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थिए । भदौ महिनामा सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले ५८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । साउन महिनामा नेपाल लाइफले ८० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन थियो । एलआइसी नेपालले भदौ महिनामा २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउनमा एलआइसीले ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । राष्ट्रिय बीमा संस्थानले भदौ महिनामा २७ करोड बीमा शुल्क संकलन गरेको छ । संस्थानले साउन महिनामा ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । नेशनल लाइफले भदौ महिनमा २५ करोड रुपैयाँ बीमाशूल्क संकलन गरेको छ । साउन महिनामा नेशनल लाइफले २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । मेट लाइफले भदौ महिनामा ७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउन महिनामा मेट लाइफले ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । एशियन लाइफ इन्स्योरेन्सले भदौ महिनामा १९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउन महिनामा एशियन लाइफले ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । सूर्या लाइफ इन्स्योरेन्सले भदौ महिनामा ७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । गुराँश लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ६ करोड रुपैयाँ बीमाशूल्क संकलन गरेको छ । साउन महिनामा सो कम्पनीले ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा पनि ८ करोड रुपैयाँ नै बीमा शुल्क संकलन गरेको थियो । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ८ करोड बीमा शुल्क संकलन गरेको छ । साउन महिनामा कम्पनीले ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा २५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउन महिनामा युनियनले २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा १२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउन महिनामा सन नेपालले ४ करोड रुपैयाँ बीमा शुलक संकलन गरेको थियो । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ४ करोड रुपैयाँ बीमा शुलक संकलन गरेको थियो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा १२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ९ करोड रुपैयाँ बीमा शुलक संकलन गरेको थियो । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउनमा ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत साउन महिनामा २ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलका अनुसार चैत ११ गतेदेखि देशव्यापी रुपमा जारी भएको लकडाउन साउन पहिलो साता नै खुलेका कारण साउन र भदौ महिनामा जीवन बीमा क्षेत्रमा उत्साह देखिएको हो । ‘चैतदेखि देशव्यापी रुपमा गरिएको लकडाउन साउन पहिलो सातादेखि नै केही सहज भएको थियो, महामारीले पनि बीमाप्रति सकारात्मक भावना जगाएकोले साउन र भदौमा जीवन बीमा गर्नेहरु बढेकोले प्रथम बीमा शुल्क बृद्धि हुँदै गएको देखिन्छ,’ प्रमुख कार्यकारी अधिकृत पौडेलले विकासन्यूजसँग भने ।
शिवम् सिमेन्टसले घोषणा गर्याे हालसम्मकै उच्च लाभांश
काठमाडौं । शिवम् सिमेन्टसले हालसम्मकै उच्च नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २४.२१ प्रतिशत अर्थात एक अर्ब ६ करोड ५२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । असोज २८ गते बुधबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई साे मात्राकाे नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित नगद लाभांश संस्थाले हालसम्म वितरण गरेको भन्दा सबैभन्दा बढी हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७४/७५को नाफाबाट बराबर अर्थात १५.७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । प्रस्तावित नगद लाभांश संस्थाकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले साे मात्राकाे नगद लाभांश पाउने छन् ।
यूनियन लाईफले व्यतित बीमालेखमा शतप्रतिशत ब्याज छुट दिने
काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले असोज २८ गतेदेखि आगामी कात्तिक ३० गतेसम्ममा बीमालेखको पूनर्जागरण (नवीकरण) गराएमा लाग्ने बीमा शुल्क ब्याजमा बिमितलाई शतप्रतिशत छुट दिने भएको हो । इन्स्योरेन्सबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएको अवस्थामा त्यसरी व्यतित भएको बीमालेखको सो अवधिसम्ममा नवीकरण गराएमा कम्पनीले उक्त छुट दिने भएको हो । नविकरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त जनाएको छ ।