रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने म्याद सकियो, कतिले दिए आवेदन ?
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयर(आईपीओ)मा आवेदन दिने म्याद सकिएको छ । गत भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेपछि आज(सोमबार)बाट निष्काशन बन्द भएको हो । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यस अवधिमा ६ लाख ६ हजार ३ सय ३१ जना आवेदकले कम्पनीको २ करोड ४१ लाख ३१ हजार ८ सय ७० कित्ता सेयरको लागि आवदेन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ४.२६ गुणाले बढी हो । इन्स्योरेन्सले सर्वसाधारणमा ५६ लाख ७० हजार कित्ता सेयर बिक्रीमा राखेको थियो । इन्स्योरेन्सले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेकाे हाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे छ । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।
उद्योगको बीमा शुल्कमा ३३ प्रतिशत छुट, उद्याेगीबाट प्रभावित नीति बनेकाे बीमककाे आराेप
काठमाडौ । बीमा समितिले कोरोना महामारीका कारण भएको लक डाउनको समयमा बन्द रहेका उद्योगहरुको बीमा शुल्कमा ३३ प्रतिशत छुट दिन कम्पनीहरुलाई निर्देशन दिएको छ । सो निर्देशनमा सम्पत्ति बीमा अन्तरगत बीमा दरलाई संशोधन गर्ने पनि उल्लेख गरिएको छ । हाल कायम रहेको व्यवस्था अनुसार बन्द अवस्थामा रहेको कारखानाको बीमा दर प्रति हजारका दरले ३ रुपैयाँ कायम रहदै आएको थियो । परिमार्जित व्यवस्था अनुसार बन्द अवस्थाको जोखिम (साइलेन्ट रिस्क) हाल कायम रहेको सम्बन्धित बीमा दरको एक तिहाई कायम गरिने भएको हो । नयाँ व्यवस्थासँगै कारखानाको बीमा दर प्रति हजारका दरले करिब १ रुपैयाँ मात्र भएकाे छ । नयाँ व्यवस्थाले उद्याेगीलाई लाभ भए पनि बीमा कम्पनीहरूकाे आम्दानी गुम्मेछ । यसअघि बीमा कम्पनीहरूलाई माेटर बीमा पनि यस्तै छुट दिन बीमा समितिले निर्देशन दिएकाे थियाे । माेटर बीमामा छुट दिँदा २० वटा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ६० कराेड रूपैयाँ आम्दानी गुमाएकाे नेपाल इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत वियज बहादुर शाहले बताए । २६ अर्बकाे कुल बजारमा २ अर्ब ६० कराेड छुट दिदाँ बीमा कम्पनीहरूकाे वित्तीय अवस्थामा ठूलाे असर पर्ने उनकाे मत छ । बीमा समितिले उद्याेगी र व्यापारीकाे कुरा मात्र सुन्न थालेकाे र बीमा कम्पनीहरू मर्कामा परिरहेकाे भन्दै उनीहरूले दुःखेसाे व्यक्त गर्न थालेका छन् । ‘बीमा समितिले हाम्राे कुरा सुन्न छाेडेकाे छ । उद्याेग वाणिज्य महासंघ, उद्याेग परिसघका कुरा सुन्न थालेकाे छ’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने-‘सरकारले गरेकाे निर्णय मान्नै पर्याे, काेभिडकाे असर उद्याेगी व्यापारीलाई मात्र परेकाे जस्ताे छ । बीमा कम्पनीहरू काेभिड बीमा, माेटर बीमा र उद्याेग बीमाबाट थला पर्दैछन् ।’ यस्तो छ निर्देशन
कोरोना बीमामा ३.११ करोड दावी, ३२४ बीमितमा संक्रमण
बीमा दावी भुक्तानी अवस्था काठमाडौं । कोभिड–१९ अर्थात कोरोना बीमामा करिव ३ करोड ११ लाख रुपैयाँको दावी परेको छ । भदौ ७ गते साँझसम्ममा ३२४ जना बीमितलाई कोभिड संक्रमण पुष्टि भएको छ । त्यसमा २९८ जनाको प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले कोभिड–१९ बीमा भएको छ । उनीहरुबाट २ करोढ ९८ लाख रुपैयाँको दावी परेको बीमा समितिले जनाएको छ । त्यस्तै प्रति व्यक्ति ५० हजार रुपैयाँ बीमा गर्नेतर्फ २६ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । उनीहरुबाट १३ लाख रुपैयाँ बीमा दावी भएको छ । बीमा कम्पनीहरुले अहिलेसम्म ८० बीमितलाई ७५ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी गरिसकेका छन् । त्यसमा ५० हजारका दरले बीमा गर्ने ९ जनालाई ४ लाख ५० हजार र प्रतिव्यक्ति १ लाख बीमा गर्ने ७१ जनालाई ७१ लाख रुपैयाँ भुक्तानी भईसकेको बीमा समितिले जनाएको छ । भदौ ७ गतेसम्ममा ७ लाख ७२ हजार ६७९ जनाले बीमा गरेका छन् । त्यसबाट ४३ करोड ३७ लाख ५८ हजार ८८२ रुपैयाँ बीमा शुल्क संकलन भएको छ । अहिलेसम्म बीमा शुल्क र बीमा दावी भुक्तानीबीच सन्तुलन देखिए पनि बीमा दावी बढ्दो क्रममा रहेकोले बीमा कम्पनीहरु चिन्तित भएका छन् । समूहमा बीमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँमा एक लाखको कोभिड–१९ बीमा हुन्छ । त्यसमा पनि स्थानीय तहको सिफरिस भएको प्रतिव्यक्ति ३०० रुपैयाँका दरले बीमा शुल्क बुझाउँदा १ लाख रुपैयाँको बीमा हुने व्यवस्था रहेको छ । कुल काेभिड बीमा कम्पनीअनुसार