अनलाईन बाटै सेवा दिँदै एनएलजी इन्स्योरेन्स, आवश्यक परेमा यी नम्बरमा कल गर्न सकिने
काठमाडौं । एनएलजी इन्स्योरेन्सले हालको परिस्थितीमा अनलाइन बाटै बीमा सम्बन्धि सेवा दिँदै आएको छ । कोभिड १९ को जोखिमको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले आफ्ना ग्राहकलाई अनलाईनबाटै सेवा दिने व्यवस्था मिलाएको हो । कम्पनीले विभिन्न कर्मचारीहरु मार्फत वर्क फ्रम होमको रुपमा समेत सेवा दिइरहेको जानकारी गराएको छ । कार्यालयमा भौतिक उपस्थिति हुँदा ग्राहकमा जोखिम बढ्न सक्ने सम्भावना रहने भएकाले कम्पनीले बीमासँग सम्बन्धित सेवाका लागि विभिन्न कर्मचारीको सम्पर्क उपलब्ध गराएको छ । यससँगै ग्राहकले बीमा पोलिसी र दावी सम्बन्धी सेवाका लागि निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा भदौ २६ गते, छैन लाभांश प्रस्ताव
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७५/७६ को अठारौं वार्षिक साधारणसभा आगामी भदौ २६ गते हुने भएको छ । उक्त सभा सो दिन पर्साको कम्पनी रजिष्टर्ड कार्यालय विरगञ्जमा बस्ने भएको हो । भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिले साे दिन कम्पनीको साधारणसभाको मिति तय गरेको हो । उक्त सभामा कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छैन । बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको वित्तीय विवरण एनएफआरएस बमोजिमको वित्तीय विवरण तयार गर्दा जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएकोले कम्पनीले उक्त आर्थिक वर्षको लागि बोनस सेयर तथा नगद लाभांश कुनै पनि प्रस्ताव नगरेको जानकारी गराई सकेको छ । सम्बन्धित समाचारः यसकारण प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को लाभांश नपाउने
बैंकास्योरेन्सः समस्या हाँगामा, काटियो जरा नै
कोरोना महामारीले नेपालको बीमा क्षेत्रमा मात्र नभई विश्वव्यापी रुपमा नै असर पारेको छ । बीमा क्षेत्रको कुरा गर्दा गत आर्थिक वर्षमा १५/२० प्रतिशतको वृद्धि थियो भने यसपाली ५ प्रतिशतको मात्र वृद्धि भएको छ । विश्वमा हालसम्म अभ्यासमा नरहेको कोरोना बीमाको अवधारणा नेपालमा सबै मिलेर राज्यकै लागि ल्याएका हौं । कोरोना बीमा सुरु भएपछि संचारमाध्यमहरुमा यो कार्यक्रम कत्तिको प्रभावकारी हुन्छ, सम्भव हुने हो कि होइन भन्ने कुराहरु पनि उठेका थिए । कोरोना बीमामा २० वटा निर्जीबन बीमा कम्पनीहरुले पुलिङ गरेर प्रतिकम्पनी ४/४ करोड रुपैयाँका दरले ८० करोड र पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँ गरी १ अर्ब रुपैयाँको कोष तयार पारेर कोरोना बीमा सुरु गरेका थियौं । सुरुमा १० हजारको मात्र आँकडा हामी तयार गरेका थियौं । पछि कोरोना बीमाको बारेमा धेरै कुराहरु उठन थालेपछि पुनर्बीमा कम्पनीले १ अर्ब, बीमा कम्पनीको महाविपत्ति कोष (क्याटास्ट्रोपिक लस) बाट ५० करोड, बीमा समितिबाट १ अर्ब गरेर अहिले ३ अर्ब रूपैयाँकाे कोष बनाइएको छ । साढे ३ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको अवस्थामा राज्यले व्यहोर्ने भन्ने व्यवस्था अहिले छ । चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीहरुको बीमा गराउदा बीमा शुल्कमा शतप्रतिशत तथा अन्य जनताको गराउदा ५० प्रतिशत अनुदान सरकारले व्यहोर्ने भएको छ । अर्को कुरा के हो भने विदेशी राष्ट्रहरुमा कतैपनि नदिएको मोटर बीमा शुल्कमा हामीले छुट दियौं । लकडाउनका कारण सवारी साधन नचलेको अवस्थामा यस्तो छुट दिइएको थियो । अहिले अन्य बीमाका विषयमा पनि उद्योग वाणिज्य महासंघसँग पनि हाम्रो छलफल चलिरहेको छ । धेरैजसो रिटेन्सन आफैले लिने भएकाले मोटर बीमामा बीमितलाई केही राहत दिन सक्ने ठाउँ रहेको हो । तर विश्वव्यापी रुपमा सम्पत्तिको बीमामा भने त्यसरी छुट दिने चलन छैन । हामीले नियामक निकायसँग सहकार्य गरिरहेका छौं । सबैतिर गाह्रो भइरहेको अवस्थामा हामीले यसलाई सकारात्मक रुपमा नै लिएका छौं । पुनर्बीमा कम्पनीहरुको पेडअप विश्वव्यापी रुपमा गरिएको हुन्छ । सवारी साधन मुभेवल भएको कारण बीमाशुल्कमा छुट पाएको हो । अहिले गाडी चल्न नपाएको अवस्था पनि छ । तर सम्पत्ती बीमामा भने छुट दिन सहज छैन । कहिकतै आगलागीको केस आउँदा केही हेरविचार हुने गरेको छ । अन्य अवस्थामा सम्पत्ति बीमाको बीमा शुल्कमा छुट हुन्न । अहिले मोटर बीमाशुल्कमा छुट दिदा बीमा कम्पनीहरुलाई साढे २ अर्ब रुपैयाँ बराबरको नोक्सानी भयो । सरकारको बाँचौ र स्वस्थ रहौं भन्ने नारालाई हामीले मनन गरेका छौं । नेपाल राष्ट्र बैकले बैंकास्योरेन्स नगर्ने कुरा गरेको छ । यसमा केही पनर्बिचार गर्न पाए राम्रो हुन्थ्यो । जीवन बीमा गर्ने कम्पनीहरुबाट बैंकास्योरेन्समा केही समस्या उत्पन्न भएको थियो । लोन एगेन्स्ट लाइफ इन्स्योरेन्स गर्दा भर्दा इन्सेन्टीभको कुराले केही समस्या पारेको थियो । तर एक्चुयल लोन लिँदा भने त्यस्तो असर पर्दैन । राष्ट्र बैकले पनि केही विकृति देखेका कारण बैकास्योरेन्स रोकेको हुनसक्छ । तर यसका लागि समस्याको हागाँ काटिदिएको भए हुन्थ्यो । बैकास्योरेन्स रोक्दा त पूरै जरा नै काटिएको छ । समस्या हाँगामा मात्र रहेको हामीलाई महशुस भएको छ । अहिले कोरोना महामारीपछि कृषि प्रधान देशमा कृषि व्यवसायको कुरा अगाडी आइरहेका छन् । विदेशमा रहेका युवासमेत स्वदेश फर्किरहेको अवस्था छ । कृषि तथा स्वदेशी रोजगारीमा बीमालाई जोडेर अघि बढ्दा आगामी दिनमा राम्रो हुने देखिन्छ । (सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्जीवन बिमक संघका महासचिव क्षेत्रीले विकासन्युजडटकमको ६औं वार्षिकोत्सवको अवरमा आयोजित ‘कोरोना महामारीले वित्तीय क्षेत्रमा पारेको प्रभाव’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा व्यक्त गरको धारणाको सम्पादित अंश)