इक्रा नेपालबाट सबैभन्दा उच्च रेटिङ प्राप्त गर्दे शिखर इन्स्योरेन्स बन्यो सुरक्षित कम्पनी
काठमाडौं । इक्रा नेपालबाट एए को रेटिङ प्राप्त गर्दै शिखर इन्स्योरेन्स नेपालको सबैभन्दा सुरक्षित कम्पनी बनेको छ । सरकारको लगानी भएका र वैदेशिक लगानी रहेको भन्दा बाहेकका कम्पनीहरूमध्ये सबैभन्दा उच्च रेटिङ प्राप्त गर्दे सुरक्षित कम्पनी बनेको शिखर इन्स्योरेन्सले दाबी गरेको छ । नेपालमा आएका भूकम्प, बाढीपहिरो लगायतका महाविपत्तिमा सबैभन्दा छिटो र सबैभन्दा अधिकमात्रामा पुर्नबीमाको व्यवस्था गरेको, ह्यानोभर रि तथा स्विस रि जस्ता अन्तराष्ट्रिय रुपमै अग्रणी पुर्नबीमाको साथ पाएको लगायतका सबल पक्ष कम्पनीमा रहेको भन्दै इक्रा नेपालबाट सबैभन्दा उच्च रेटिङ प्राप्त गरेको हो । यस्तै आइएसको अन्तराष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एक्लो निर्जीवन बीमा कम्पनीका रुपमा समेत शिखर इन्स्योरेन्स रहेको छ । बीमाका यस्ता सवल पक्षले नेपालको सबै भन्दा सुरक्षित कम्पनी बनेको हो । बीमा प्राधिकरणबाट जारी गरिएको जोखिममा आधारित पँजी सम्बन्धी व्यवस्थाहरू अनुसार समेत उत्कृष्ट सोल्भेन्सी अनुपातसंगै शिखर इन्स्योरेन्सले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउँदै आएको छ । नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको २ सय ५० करोडको न्यूनतम चुक्ता पुँजी कायम भैसकेको अवस्थामा समेत नगद लाभांशको साटो बोनस शेयरको माध्यमबाट चुक्ता पुँजी थप वृद्धि गरी आफ्नो मजबुत वित्तीय अवस्थालाई कायम गर्दै आएको छ । चुक्ता पुँजी थप वृद्धि गरी आफ्नो मजबुत वित्तीय अवस्थालाई कायम गर्दै आएको छ । विगत १० वर्ष देखि निरन्तर रुपमा नेपालको निर्जिवन बीमा क्षेत्रमा सबै भन्दा अधिक बजार हिस्सा ओगट्न सफल रहँदै आएको छ । अन्य बीमा कम्पनीहरु एक आपसमा गाभिएर संयुक्त कारोबार गरेको अवस्थामा समेत शिखर इन्सयोरेन्सले आफ्नो बजार हिस्सा कायमै राख्न सफल रहँदै आएको छ र कम्पनीको अनुभवी व्यवस्थापन पक्षको साथ संगै कम्पनीले आफ्नो जोखिम व्यवस्थापनलाई मजबुत बनाउँदै आइरहेकाले सबैभन्दा सुरक्षित कम्पनी बनेको हो ।
रिलायबल नेपाल लाइफद्वारा घातक रोगबापत् २० लाख दाबी भुक्तानी
काठमाडाै। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले भरतपुर–३ का महेश बानियालाई घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको हो । बानियाले २०७७ साल चैत्रमा हाकिमचोक शाखाबाट १५ वर्षे बीमा योजना खरिद गरेर तीन किस्ता बीमाशुल्क तिरेका थिए । २०८० सालमा स्वास्थ्य परीक्षण गर्दा उनको कलेजोमा समस्या देखिएकोमा उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा लगिएको थियो । त्यहाँ डाक्टरको सल्लाह बमोजिम नै गत १५ गते कलेजो प्रत्यारोपण गरिएको थियो । कम्पनीले हाकिमचोक शाखामै एक कार्यक्रमको आयोजना गरेर बीमित बानियालाई दाबी भुक्तानी दिएको हो । उनलाई शाखा प्रमुख राजकुमार दाहालले चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै बानीयांले यस दुःखद समयमा बीमा कम्पनीले आफुलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुक्तानी तथा प्रक्रियासम्बन्धी हल्ला निराधार सावित भएको बताए । उनले आफुलाई जीबन बीमा गराउनका लागी सहि समयमा नै प्रस्ताव गर्नुहुने बीमा अभिकर्ता सरस्वती गौतमलाई विशेष धन्यवाद दिए । उक्त कार्यक्रममा हाकिमचोक शाखाका बरिष्ठ एजेन्सी म्यानेजरहरु मनोज चौलागांई, बिष्णुकूमारी कुंवर, समिता दराई, तारा कुमाललगायतका अन्य थुप्रै एजेन्सी म्यानेजर, कर्मचारी तथा स्थानियहरुको समेत उपस्थिती रहेको थियो ।
लिबर्टी माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर
काठमाडौं । लिबर्टी माइक्रो इन्स्योरेन्सले विभिन्न पदमा रोजगारीका लागि आवेदन खुला गरेको छ । कम्पनीले बिक्री तथा बजारीकरण (सेल्स एन्ड मार्केटिङ)का लागि आवेदन खुला गरेको हो। कोहलपुर, तुलसीपुर, गुलरिया, लम्की, टीकापुर, महेन्द्रनगर, बुटबल, भैरहवा, धादिङ, नारायणगढ, हेटौंडा, कुश्मा, पुतलीबजार, लहान, जनकपुर, इनरुवा, धरान, बिर्तामोड, दमक, बनेपा र तानसेनका लागि कम्पनीले आवेदन माग गरेको हो । स्नातक पूरा गरेका इच्छुकले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जेठ ३१ भित्र आवेदन दिइसक्नुपर्नेछ । विस्तृत विवरणका लागि कम्पनीमा सम्पर्क गर्न सकिने जनाइएको छ ।