द ब्रिटिस कलेजले विपन्न विद्यार्थीलाई ‘द ओएचसिटी छात्रवृत्ति’ दिने
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले द ओएचसिटी छात्रवृत्ति कार्यक्रम ल्याएको छ । एकनाम नयाँ विद्यार्थीको सम्पुर्ण खर्च बेहोर्ने गरी कलेजले उक्त छात्रवृत्ति कार्यक्रम ल्याएको हाे । उक्त छात्रवृत्तिले विद्यार्थीको पूर्ण ट्यूशन, विश्वविद्यालय रजिष्ट्रेसन र पढाई अवधिभर परीक्षा शुल्कहरू कभर गर्नेछ कलेजले जानकारी दिएको छ । ओ’हाय परिवारद्वारा प्रदान गरिने यो फेलोसिप ब्रिटिश कलेजमा अन्तराष्ट्रिय शिक्षा लिन चाहने अल्पविपन्न विद्यार्थीलाई मद्दत गर्ने विशेष उद्देश्यका ल्याइएको कलेजले जनाएको छ । कलेजले पढाइरहेकाे स्नातक तहका कोर्सहरु बिबिए, बिएस्सी (हन्स) कम्प्युटिब, बिएस्सी (हन्स) बिजनेश हस्पिटालिटी एण्ड म्यानेजमेन्ट) र ब्राण्ड न्यु कोर्स बिएस्सी (हन्स) साइबर सेक्युरिटी, डिजिटल फरेन्सिक्सका लागि विद्यार्थीले छात्रवृत्ति आवेदन दिन सक्नेछन् । कलेजकाे अनुसार फागुन २ गतेसम्मकाे लागि छात्रवृत्ति आवेदन खुल्ला गरिएकाे छ ।
पुस १ र २ गते छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला हुँदै
काठमाडाैं । ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आईटि सम्बन्धी शैक्षिक मेला हुने भएको छ । पुस १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा युनिभर्सल थट कन्सल्टले आयाेजनामा उक्त मेला हुन लागेको हाे । उक्त शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, बिएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३० शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजकले जानकारी दिएकाे छ । छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेको र कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने यूटीसीका कार्यकारी निर्देशक राजेश बुद्धसैनीले बताए । उक्त शैक्षिक मेलामा पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ वटा, पूर्वाञ्चल विश्वविद्यालयका तीन वटा, काठमाडौं विश्वविद्यालयका दुई वटा, मध्यपश्चिम विश्वविद्यालयका पाँच वटा नेपाली विश्वविद्यालयका कलेज, दुई वटा सीए र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहने छ भने १५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने युटीसीका एडमिनिसट्रेटिभ एण्ड फाइनान्स डाइरेक्टर प्रकाश ढकालले जानकारी दिए ।
द ब्रिटिस कलेजको जब फेयर सम्पन्न, रोजगारीका लागि ४०० भन्दा बढी विद्यार्थीले दिए अन्तर्वार्ता
काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले जब फेयर सम्पन्न गरेको छ । बुधबारबाट थापाथलीस्थित कलेज परिसरमा सुरु भएर्को टीबीसी जब फेयर- २.०’ बिहीबार सम्पन्न भएको हो । जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरि ४१ कम्पनीहरुको सहभागीता रहेको थियो । जब फेयरमा ४०० भन्दा बढी रोजगारीका लागि विद्यार्थीहरुले अन्तक्रिया र अन्तर्वार्ता दिएका थिए । कलेजको पूर्व विद्यार्थीहरुसँगै स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका साथै स्नातोकोत्तर तहको एमएससी आईटी, एमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी भएका थिए । जब फेयरबारे कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले भने, ‘रोजगारी गर्न चाहने सबै इच्छुक विद्यार्थीहरूको लागि रोजगारी खोज्न हामीले मद्दत गर्दै आइरहेका छौं, त्यसैले पनि यो जब फेयरको आयोजनाले हामी हाम्रा विद्यार्थीहरूलाई आवश्यक पर्ने सही रोजगारी वा इन्टर्नशिप खोज्न सम्भव बनाउने कुरामा आशावादी रहेका छौं ।’ त्यस्तै, कलेजका स्टुडेड सर्भिस र इन्टर्नसिप विभागका प्रमुख सुनिल श्रेष्ठले भने, ‘हाम्रा विद्यार्थीहरूले स्नातक गरेपछि सिधै काममा जाने अवसर पाउँछन् भन्ने कुरा सुनिश्चित गर्न र उनीहरूको रोजगारी क्षमता र सीपहरू सुधार गर्न हामीले फ्रोक्स जबसँग साझेदारी गरेका हौं । यस सफल प्रोजेक्टमा हामीसँग सहकार्य गरेकोमा सबै सहभागी कम्पनीहरूलाई धन्यवाद दिन चाहन्छौं ।’ जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका कम्पनीहरुको उपस्थिति थियो। लक्ष्मी इन्टरकन्टिनेन्टल ग्रुप (हुण्डाई), घोराही सिमेन्ट, सम्राट सिमेन्ट, सिजी होल्डिङ, क्लासिक टेक, डिसहोम प्रा. लि, एसएमटेक टेक्नोलोजी, सेफ्वे टेक्नोलोजी, क्लाउड फ्याक्ट्री, जेनेसिस सोलुसन्स, वियोण्ड आइडी, लिप फ्रग टेक्नोलोजी इंक, पेप्सी (वरुण विभरेज), सामसुङ इण्डिया, विशाल ग्रुप (युडीएन), दक्ष नेपाल, आइडीपी, आइएमई ग्रुप, मिडास, दराज, सस्तो डिल, एक्ट ३६०, एफवान सफ्ट (इ-सेवा), युएनडिपी, भिएसओ इन्टरनेशनल, टिच फर नेपाल, अम्बे स्टिल्स, शंकर ग्रुप (जगदम्बा स्टिल्स), सिजी फुड्स, सुजल फुड्स, सिद्वीलक्ष्मी स्टिल्स, जावलाखेल ग्रुप अफ कम्पनी, फ्युलर हिमालयन लिमिटेड, उपाय सिटी कार्गो, किरन सुज, गोल्यान ग्रुप, सिइ कन्स्ट्रक्सन, नेपाल लाइफ इन्स्योरेन्स, वल्र्ड लिंक प्रा. लि लगायतका कम्पनीहरु जब फेयरमा सहभागिता रहेको थियो ।