स्कुल फर स्किल्सले नेपालमै अन्तराष्ट्रियस्तरको तालिम दिने 

काठमाडौ‌ं । ‘दक्ष नेपाल सक्षम नेपाल’को नारासहित इन्टरनेसनल स्कुल फर स्किल्स (आइएसएस)ले नेपालमा आफ्नो यात्रा सुरु गरेको छ । सोमबार एक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष प‌ंकज जलानले नेपालमा शिक्षा र सिपको दुरी कम गर्ने आइएसएसको स्थापना गरेको जानकारी दिए । ‘कम्पनीले उद्योग सान्दर्भिक पाठ्यक्रम प्रदान गरी कम्पनीका कर्मचारी, कुनै पनि व्यक्तिलाई दक्ष बनाउन अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गर्ने मद्धत गर्नेछ,’ उनले भने । कम्पनीले नेपालमा लेभल ४ सर्टिफिकेट इन आइटी, लेभल ५ डिप्लोमा इन आइटी, लेभल सिक्स प्रोफेसनल ग्याजुएट डिग्री इन आइटीसहितको ब्रिटिश कम्प्युटर सोसाइटीले प्रदान गर्ने तालिम नेपालमा रहेको सेकेण्डरी लेभलभन्दा माथिका विद्यार्थीसहित आइटी तथा आइटीबाहेकका कुनै पनि संस्थामा काम गरिरहेका व्यक्तिहरुको लागि ल्याएको जलानले जानकारी दिए ।  कम्पनीले तालिम दिने विश्वको ४ ठुला संस्था मध्येको केपिएमजीसँगको सहकार्यमा अन्तराष्ट्रिय स्तरको तालिम दिने तयारी गरेको हो । कम्पनीको अनुसार व्यक्तिको दक्षताको आकलन गरी त्यस अनुसार तयारी गरी तालिम दिइने छ । यसका साथै आइएसएसले इजाँच नामक परीक्षा गराउने सफ्टव्येर पनि ल्याएको छ । यसमा एआई प्रविधीको प्रयोग गरीएको र कुनै पनि स्थानबाट यसबाट एकपटक ५० जनाको परीक्षा लिन सकिने कम्पनीले जनाएको छ । साढे १ वर्ष परीक्षण गरीएको यस सफ्टवेयरमार्फत सेन्चुरी बैंकको म्यानेजमेन्ट ट्रेनीको परीक्षाको साथै नेसनल आइसीटी स्कलरसिप पनि गरिसकेको कम्पनीले जनाएको छ ।  

नेपालमै पहिलोपटक शैक्षिक मानसिक स्वास्थ्य सम्बन्धी प्रधानध्यापकहरुको सेमिनर हुँदै

काठमाडौं । नेपालै पहिलोपटक शैक्षिक मानसिक स्वास्थ्य सम्बन्धी विद्यायलयका प्रधानध्यापकहरुको पहिलो सेमिनर हुने भएको छ । मानसिक स्वास्थ्य सम्बन्धी काम गर्दै आएको सम्भाव्य फाउण्डेसनले नेपालमै पहिलोपटक उक्त सेमिनार आयोजना गर्न लागेको हो । मंसिर ३ गते हुने उक्त सेमिनारमा काठमाडौंका ३० वटा विद्यालयका प्रधानध्यापकहरु सहभागी हुँदैछन् । विद्यालय प्रशासनलाई मानसिक स्वास्थ्यको महत्व बारे जानकारी गराउन सेमिनारको मुख्य उदेश्य रहको फाउण्डेसनका कार्यक्रम म्यानेजर केशव श्रीसले बताए । ‘विभिन्न अध्यनले धेरै जसो मानसिक मानिसहरुमा किशोरावस्थाबाट सुरु हुने देखाएको छ । नेपालमा कुल जनसंख्याको ४० प्रतिशत १८ वर्षभन्दा कम उमेरको रहेका छन् र उक्त समूहको ठूलो हिस्साले आफ्नो अधिकांश समय विद्यालयमा बिताउने गरेका छन् । सानै उमेरबाट मानसिक समस्याहरु देखिने भएको कारण यसबारे विद्यालय प्रशासानलाई जानकार गराउन हामीले सेमिनार आयोजना गरेका हौं ,’ श्रीस भन्छन् । । हालैको अध्ययनले नेपालमा ५.२ प्रतिशत किशोरकिशोरी कुनै पनि प्रकारको मानसिक समस्याबाट पीडित हुन सक्ने देखाएको छ । जबकी, ३.९ प्रतिशत किशोरकिशोरीमा आत्महत्या गर्ने सोच रहेको छ । सानै उमेरबाट मनोपरामर्श पाए युवायुवतीहरु भविष्यमा हुन सक्ने मानसिक दुर्घटना रोक्न सकिन् श्रीस बताउँछन् । सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनैपर्छ’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको छ । यस अभियान अन्तर्गत सम्भाव्यले नेपालमै पहिलोपटक दुई सामुदायिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरिसकेको छ । फाउण्डेसनले सिन्धुपाल्चोक तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाउनपाटीस्थित जालपादेवी माध्यमिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरिसकेकाे हो ।

चिनियाँ दुतावासले पाेखराकाे ४ सरकारी विद्यालयमा नि:शुल्क इन्टरनेट जडान गरिदिने

काठमाडाैं । चिनियाँ दुतावासले पोखराका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितीमा विद्यालय सञ्चालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको भन्दै दूतावासले चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको हो । नेपाल–चीन जनमैत्री संघ पोखराको समन्वय तथा चिनियाँ दूतावासको सहयोगमा जनचेतना मावि, जनजागृति मावि, शिशुकल्याण मावि र भविष्य निर्माण माविमा निःशुल्क इन्टरनेट सेवा जडान गर्न लागिएको हो । उक्त चार विद्यालयमा निःशुल्क इन्टरनेट जडान गर्ने सम्बन्धमा मंगलवार चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितीमा सम्झौता भएको छ । सम्झौता कार्यक्रममा बोल्दै चिनियाँ राजदूत यान्छीले इन्टरनेट दूर शिक्षाका लागि महत्वपूर्ण कडी भएकाले त्यसबाट टाढा रहेका सरकारी विद्यालयलाई दुतावासले सहयोग गरेको बताइन् । उनले कोभिडका कारण विद्यालय बन्द भएको र सोहि कारण विद्यार्थी अध्ययनबाट वञ्चित भएकाले वञ्चित विद्यार्थीले पनि पढ्न पाउन् भनेर दुतावासले नेपाली विद्यार्थीलाई इन्टरनेटको पहुँच पुर्याउन सहयोग गर्ने निर्णय गरेअनुसार नै सहयोग गरिएको स्पष्ट पारिन् । उनले नेपाल र चीन एक असल छिमेकी र सुख–दुःखको साथी भएको बताउँदै यसलाई कायम राख्न विद्यार्थीहरुले नेपाल र चीन बीचको इतिहास पढ्नुपर्ने बताइन् । राजदूत यान्छीले भने, ‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले शिक्षामा चुनौति खडा गरेको छ, शिक्षामा बाधा उत्पन्न गरेको छ, यसलाई चिर्नका लागि इन्टरनेटको विकल्प छैन,’ उनले भनिन, ‘त्यही भएर पोखरेली विद्यार्थीलाई सहज होस् भनेर हामीले सहयोग गरेका हौँ ।’ गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले पोखरालाई शिक्षाको हब बनाउन प्रदेश सरकारले योजना अगाडि बढाइरहेको भन्दै यसका लागि चीन सरकारको सहयोग आवश्यक रहेको बताए । उनले यसका लागि चीनले नेपाललाई प्रविधिसहित दक्ष जनशक्तिमा सघाउने अपेक्षा गरेको बताए । शिक्षामन्त्री श्रेष्ठले भने, ‘हामी पनि चीनका विद्यार्थी झैं प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन गर्न चाहन्छौं, विदेशबाट समेत पोखरा आएर अध्ययन गर्ने खालको शिक्षाको हब बनाउन चाहन्छौं, जसले गर्दा यहाँ उत्पादन भएका विदेशी विद्यार्थी आफ्नो देशमा गएर रोजगारी प्राप्त गरोस्,यहाँका विद्यार्थीले यहि रोजगारी पााउन्, स्वरोजगार बन्न सकुन् ।’ सम्झौतामा नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखे र चारवटै विद्यालयका प्रधानाध्यापकले मंगलबार हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार उक्त विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ । चारवटै विद्यालयमा इन्टरनेट जडानका लागि आवश्यक पर्ने अप्टिकल फाईवर केवल जडान, प्रत्येक कक्षामा आवश्यक पर्ने डिभाइस, विद्युत आपूर्ति नभएका बेला पनि इन्टरनेट चलाउनका लागि सोलार इन्भर्टर र एक वर्षका लागि आवश्यक पर्ने इन्टरनेट पोखरा इन्टरनेटबाट निःशुल्क उपलब्ध गराईनेछ । यो कामका लागि करिव २० लाख रुपैयाँ खर्च लाग्ने नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष पालिखेले जानकारी दिए ।