अमेरिकाले अनलाइन कक्षा मात्रै हुने विदेशी विद्यार्थीको भिसा रद्द गर्ने
काठमाडाैं । अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूको कक्षा पूर्ण रूपमा अनलाइन हुने भए उनीहरूको भिसा आगामी सेप्टेम्बरदेखि रद्द गरिने बताइएको छ । अमेरिकी अध्यागमन एवम् भन्सार एजेन्सी आईसीईले यो नियम नमान्ने व्यक्तिहरूलाई देशनिकाला पनि गर्न सकिने बताएको छ । कोरोना भाइरस महामारीका कारण थुप्रै अमेरिकी विश्वविद्यालयले कक्षाहरू अनलाइन सञ्चालन गर्न थालेका छन् । यो नियमबाट कति विद्यार्थीलाई असर पर्छ भन्ने स्पष्ट छैन । नेपाली विद्यार्थी कति ? अमेरिकामा सन् २०१९ मा १३ हजारभन्दा बढी नेपाली विद्यार्थी रहेको र त्यहाँ रहेका कुल विदेशी विद्यार्थीहरूको सङ्ख्याको आधारमा नेपाल बाह्रौँ स्थानमा छ । प्रत्येक वर्ष ठूलो सङ्ख्यामा विदेशी विद्यार्थीहरू अध्ययनका लागि अमेरिका जाने र पूरा शुल्क तिर्ने हुँदा ती विश्वविद्यालयको महत्त्वपूर्ण आर्थिक स्रोत हुन् । हार्भर्डले नयाँ शैक्षिक सत्रमा सबै कक्षाहरू अनलाइन गर्ने बताएको छ । आईसीईको स्ट्यूडन्ट एन्ड एक्स्चेन्ज भिजिटर प्रोग्र्यामले यो वर्ष सेप्टेम्बरसम्म सबै कक्षा अनलाइन भए पनि विदेशी विद्यार्थीहरूलाई आवासीय अनुमति कायम राखेको छ । को प्रभावित हुन्छन् ? सोमवारको घोषणामा भने सेप्टेम्बरदेखि अनलाइन कक्षामात्रै लिने विद्यार्थीहरूलाई अध्यागमन नियमानुसार देशबाट हटाइने प्रक्रिया सहितको कारबाही गरिने बताइएको छ । यो नियम एफवन भनिने अध्ययन भिसा र एमवन भनिने व्यावसायिक तालिमका विद्यार्थी भिसा भएकाहरूलाई लागु हुनेछ । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सन् २०१८ मा विदेशी विद्यार्थीहरूले अमेरिकी अर्थतन्त्रमा ४५ अर्ब डलर योगदान गरेका थिए । आईसीईको उक्त निर्णयको धेरैतिरबाट आलोचना भएको छ । (बीबीसीबाट)
उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ प्रारुप जारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप, २०७७‘ स्वीकृत गरी विश्वविद्यद्यालय अनुदान आयोगमार्फत कार्यान्वयनमा ल्याएको छ । उक्त प्रारुपले विश्वविद्यालय तह उच्चशिक्षाका संस्थाहरुका पठनपाठन, अनुसन्धान, परीक्षा र मूल्याङ्कका सम्बन्धमा वैकल्पिक पद्धतिको प्रबन्ध गरेको छ । मन्त्रालयले हालसम्म केन्द्रस्तरमा हुँदै आएको कक्षा ११ को परीक्षा विद्यालयतहमै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने निर्णय पनि गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलका निजी सचिव पुरन केसीले जानकारी दिए । यही असार १९ गतेको मन्त्रीस्तरीय निर्णयबाट सो निर्णय भएको र कार्यान्वयनका लागि सम्बद्ध निकायलाई आग्रह गरिएको छ । कक्षा १२ को बाह्य परीक्षा केन्द्रीय तहमा राष्ट्रिय परीक्षा बोर्डबाट हुने कानुनी व्यवस्था भए पनि हाल पाठ्यक्रममा समयमा परिवर्तन नहुँदा कक्षा ११ को पनि केन्द्रस्तरमै हुँदै आएको छ । कोरोना महामारी र बन्दाबन्दीलाई ध्यानमा राखेर मन्त्रालयले सो निर्णय गरेको हो । यसअघि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को एसईई परीक्षा विद्यालयले वार्षिक परीक्षाका आधारमा सिफारिस गर्ने निर्णय भइसकेको छ । प्राविधिक तथा व्यावसायिक सिकाइ निरन्तरता सम्बन्धमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत सञ्चालनमान रहेका विभिन्न प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रममा अध्ययनरत विद्यार्थीको पठनपाठनमा आएको अवरोध हटाउँदै वैकल्पिक पद्धतिबाट प्रशिक्षण चलाउन वैकल्पिक पद्धतिबाट प्रक्षिक्षण कार्यविधि, २०७७ पनि कार्यान्वनयमा आएको मन्त्रालयले जनाएको छ ।
निजी विद्यालय संचालक आन्दोलनबाट पछाडि हट्याे, अनलाइन कक्षा निरन्तर
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग आइतबार भएको वार्ता सफल भएकाे भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका एनप्याबसनका अध्यक्ष रितु राज सापकाेटाले बताए । हालकाे लागि वार्ता नसकिएसम्मकाे लागि आन्दोलन स्थगित गरिएकाे उनले बताए । विद्यालय सञ्चालकहरूले असार १ गतेबाट हुने विद्यालय भर्नाकाे, अनलाईन शिक्षाकाे शुल्क संकलन गर्न नपाएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । सरकारले विद्यालयका शिक्षक तथा कर्मचारीलाई कसरी तलब दिने विषयमा ध्यान दिँदै एउटा न्युनतम शुल्क ताेकिनुपर्न सापकाेटा बताउँछन् । यसका साथै सहुलियतमा ऋण दिनुपर्न व्यवस्था पनि गरिनुपर्न आफुहरुङ्काे माग रहेकाे उनले बताए । यसका साथै उनीहरुले अनलाईन रेडियाे मार्फत संचालन भईरहेका कक्षा पनि स्थगित गर्न बताएका थिए । तर अब यस मार्फत भईरहेका कक्षाहरु निरन्तरता दिने सापकाेटाले बताए ।