स्वावलम्बन लघुवित्तद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बौनियाँ, कैलालीले न्यून आय भएका स्थानीय समुदायका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ । शाखा कार्यालयबाट लम्कीचुहा नगरपालिकास्थित श्री लक्ष्मी आधारभूत विद्यालय, कैलालीमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी उक्त विद्यालयमा अध्ययनरत १ कक्षादेखि ४ कक्षासम्मका ८० जना विद्यार्थीलाई स्कूल व्याग, कापी र कलम वितरण गरिएको हो । कार्यक्रमका प्रमुख आतिथि लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईंले वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएको वर्गका छात्रछात्रालाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी शैक्षिक सामग्री वितरण कार्य प्रशंसनीय रहेको बताए । प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले वित्तीय संस्थाले ग्राहक तथा ग्राहक परिवारको हकहितलाई मध्यनजर राख्दै विभिन्न वित्तीय सेवा लगायत सामुदायिक कृयाकलापमा संलग्न रहि घरदैलोमा लघुवित्त सेवा पु¥याउने बताएका छन् । ग्राहकको वित्तीय सचेतना कार्यक्रम अन्तरगत संस्थाले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्दै आएको समेत उनले जानकारी दिए । कार्यक्रममा वित्तीय संस्थाको “एक शाखा एक छात्रवृत्ति योजना” अन्तरगत शाखा कार्यालय बौनियाँमा आबद्ध ग्राहक सदस्यका छोरा महेन्द्र हमाललाई २०७५ सालको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याए वापत प्रमाणपत्र सहित रु.१० हजार नगद छात्रबृत्ति प्रदान गरिएको थिए । इलाका कार्यालय धनगढीका प्रबन्धक जनार्दन ढकालको सभापतित्व तथा शाखा प्रबन्धक कृष्ण खनालको संयोजनमा सम्पन्न कार्यक्रममा शाखा कार्यालयको कार्यक्षेत्र अन्तरगतका केन्द्रबाट सदस्य लगायत अभिभावक, विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी, प्रहरी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी, विभिन्न शाखाका कर्मचारी लगायत स्थानीयको सहभागीता रहेको थियो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ४८ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पूँजी रु.१ अर्ब साथै जारी तथा चुक्ता पूँजी रु.७९ करोड २३ लाख रहेको छ
बुधबार देशभरका शैक्षिक संस्था बन्द
काठमाडौं । बुधबार देशभरका शैक्षिक संस्थाहरु बन्द भएको छ । नेत्र विक्रम चन्द (विप्लप) समुहले बुधबार देशभरका शैक्षिक संस्थाहरु बन्द गरेको हो । काठमाडौं जिल्ला अध्यक्ष डि.बि शाहीले मंगलबार विज्ञप्ती जारी गर्दै आफ्ना कार्यकर्ताहरु गिरफ्तार गरेको विरोधमा बन्द घोषणा गरेको हो । यसको असर बुधबार देशभरका शैक्षिक संस्थामा देखिएको छ ।
बिमानले काठमाडौंमा दुई दिने वर्कशप गर्दै
काठमाडौं । ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट एशोसियसन अफ नेपाल (बिमान)ले दुई दिने ‘बिमान डीडब्लुएन वर्कशप २०२०’ गर्ने भएको छ । संस्थाले आगामी फागुन १६ र १७ गते काठमाडौंको मिनभवन स्थित शुभलक्ष्मी भवनमा उक्त वर्कशप गर्न लागेको हो । शुभलक्ष्मी भवनको चौथो तलामा हुन लागेको उक्त वर्कशपमा वोर्डप्रेस, नेटवोर्किङ् र डिजिटल मार्केटिङ सम्बन्धि प्रशिक्षण गराइने छ । सम्बन्धित विषयका प्रतिष्ठित शिक्षकहरुद्वारा प्रशिक्षण दिइने सो वर्कशपमा ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बिआईएम) पढ्दै गरेका विद्यार्थीहरु सहभागि हुन सक्नेछन् । दुबै दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने उक्त वर्कशपमा नेटवोर्किङ् तथा डिजिटल मार्केटिङ एक/एक दिन र वोर्डप्रेस दुबै दिन हुने कार्यक्रम रहेको छ । तीन घण्टा हुने कार्यक्रममा पहिलो दिन वोर्डप्रेस र नेटवोर्किङ् बारे प्रशिक्षण दिइने छ भने दोश्रो दिन वोर्डप्रेस र डिजिटल मार्केटिङ सम्बन्धि प्रशिक्षण दिइने बिमानका अध्यक्ष सुरज भट्टराई-असराजले जानकारी दिएका छन् । काठमाडौंमा बिआईएम पढिरहेका विद्यार्थी जो वोर्डप्रेस, नेटवोर्किङ् तथा डिजिटल मार्केटिङ मध्ये कुनै एकमा आफ्नो करीयर बनाउन चाहन्छन्, तर यसबारे अझै पनि अनविज्ञ छन्, उनीहरुलाई नै विषेश लक्षित गरी यो कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष भट्टराईले बताए । यसमार्फत उनीहरुलाई उक्त विषयबारे नयाँ नयाँ कुरा सिकानु साथै नबुझेका कन्सेप्ट तथा जिज्ञासाहरुलाई प्रष्ट बनाइदिनु कार्यक्रमको उद्देश्य रहेको उनले जनाए । कार्यक्रममा सहभागि हुनको लागि बिमानको फेसबुक पेजमार्फत तथा संस्थाका कार्यसमितिहरुसँग सम्पर्क गरेर वर्कशपको बारेमा थप जानकारी लिन सक्नेछन् । साथै, उनीहरुले आ-आफ्नो कलेज डिपार्टमेन्टसँग सम्पर्क गरी वर्कशपमा सहभागि हुन सक्ने छन् । त्यस्तै, मूख्य प्रायोजकमा सिद्धार्थ बैंक रहेकाे यस कार्यक्रमको भेन्यू पार्टनरमा मेजेस्टी फाउन्डेशन रहेको छ भने मिडिया पार्टनरमा अनलाईन आर्थिक समाचार पोर्टल विकासन्युज डटकम रहेको छ । बिमानको बारेमाः ‘अ यूनियन फर सोलुसन’ भन्ने मूल नाराका साथ खोलिएको एक गैरनाफामूलक सामाजिक संस्था हो, बिमान। जुन, त्रिभुवन विश्वविद्यालयबाट ‘स्नातकतह सूचना व्यवस्थापन(ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट)’ पढिरहेका विद्यार्थीहरुलाई एकजुट गराउने उद्देश्यले गठन भएको हो । के के छन् उद्देश्य ? -बिआईएम अध्ययन गरिरहेका विद्याथीहरुबीच अझ बलियो सम्बन्ध कायम राख्ने, -‘बिआईएम स्टडी नोटस्’ बाट भैरहेको विद्याथीहरुलाई समयमा पढाई सम्बन्धी सामग्रीहरु उपलब्ध गराउने, -अन्य शैक्षिक एवम् व्यवसायीक संघसंस्थासँग सम्बन्ध राख्ने, -बिआईएम पढिरहेका विद्यार्थीहरलाई इन्टर्न, प्रोजेक्ट तथा अन्य कार्यमा आउन सक्ने समस्यालाई समाधान गरिदिने, -बिआईएम शिक्षाको विकासको लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने, -बिआईएम अध्ययन गरिरहेका विद्याथीहरुलाई प्रविधिसँगसँगै सामाजिक कार्यमा पनि संलग्न गराउने ।