के तपाई वर्षभरी नपढेर परीक्षाको समयमा मात्र पढ्नु हुन्छ ? पास हुन अपनाउनुस् यी टिप्स
काठमाडौं। दैनिक १२ -१४ घण्टा पढ्नु स्वास्थ्यको लागि एकदम हानिकारक हुन्छ तर पनि हामी परीक्षाको केही दिन अगाडि सबै कोर्स सिद्दाउनलाई आफुलाई प्रेसर दिँदै लामो समय पढिरहेका हुन्छौं। वर्षभरी आफ्नो पाठ्यक्रमका किताबहरु नपढ्नेहरुको लागि परीक्षा भयानक सपना जस्तो हो। वर्षभरी किताब नपल्टाउने मानिसहरु धेरै हुने गर्छन् र उनीहरु परिक्षाको समय नजिकिँदै गर्दा म्यारथनमा भागे जसरी पढ्न शुरु गर्छन्। यहाँ केही टिप्स तथा सुझावहरू छन् जुन परीक्षाको केही हप्ता अगाडि मात्र आफ्नो किताब खोल्नेहरूलाई उपयुक्त हुनेछ। जसले तपाईंको लामो अध्ययन सत्रहरू सबैभन्दा प्रभावकारी बनाउन सक्छ र तपाईको ध्यान केन्द्रित गर्न मद्दत गर्दछ : १. एक पटकमा ठिक्क मात्रामा मात्र पढ्नुहोस् एकैपटक धेरै मात्रामा पढ्नु भन्दा थोरै थोरै गरेर परीक्षाको लागि तयार गर्नु एकदम प्रभावकारी हुने गर्दछ। यदि तपाईले आफुले पढ्न नभ्याएका पाठहरु हतार हतार गरेर पढ्नु हुन्छ भने तपाईले त्यो थोरै मात्र बुझ्नु हुनेछ जसकारण तपाईलाई परिक्षामा लेख्न समस्या हुने गर्दछ। २. लगातार २ घण्टाभन्दा धेरै नपढ्नुहोस् यदी तपाई लगातार पढ्नुहुन्छ भने २ घण्टा मात्र पढ्नु होस्। २ घण्टाको समयलाई पनि २५-२५ मिनेटमा विभाजन गरी हरेकमा ५ मिनेटको ब्रेक लिनुहोस्। यसरी ब्रेक लिएर पढ्दा तपाईले पढेको कुरा राम्रोसँग सम्झन सक्नु हुनेछ। ३. ‘ब्रेक’ लिएको समयमा परिक्षाको बारेमा नसोच्नु होस् जब तपाई ‘ब्रेक’ मा हुनुहुन्छ, तपाईले आफ्नो दिमाग र मनलाई कुनै पनि परीक्षा सम्बन्धी विचार वा तनावबाट मुक्त राख्नुपर्छ । यदि तपाई ब्रेकको समयमा पनि साथीहरूसँग पढाईको छलफल गर्न वा अध्ययनको योजना गर्नुहुन्छ भने तपाईले आफ्नो दिमागलाई ब्रेक दिनुभएको छैन। यदि तपाईले आफ्नो दिमागलाई ब्रेक दिनु हुँदैन भने तपाईको अध्ययनको अर्को चरण प्रभावकारी हुने छैन। ४. अध्ययन सामाग्रीलाई विभाजन गरेर पढ्नुहोस् पढ्नु पर्ने विषयलाई दुई भागमा विभाजन गर्न सकिन्छ : मुल विषय र विस्तृत बिषय। मुल बिषयमा सिद्दान्त, सूत्रहरू, महत्वपूर्ण रेखाचित्रहरू र ग्राफहरू हुन्छन् भने विस्तृत बिषयमा उदाहरण, कसैको भनाईहरु उल्लेख हुन्छन्। परीक्षामा सोधिएको प्रश्नहरूको लगभग ८० प्रतिशत मुख्य सामाग्रीबाट आउँदछ। यसैले, यदि तपाईं अधूरो पाठ्यक्रम को साथ संघर्ष गर्दै हुनुहुन्छ भने, विभिन्न विषयहरु को मुख्य सामाग्रीमा ध्यान दिनुहोस्। यसबाहेक, पछिल्लो केहि वर्षको सोधिएको प्रश्नहरुको अध्ययन गर्नुहोस् र परीक्षामा धेरै सोधिएका प्रश्नहरुलाई धेरै समय दिनुहोस्। ५. तालिका बनाएर पढ्नुहोस् जहिले पनि कुन बेला के पढ्ने कुन बिषय पढ्ने तालिका बनाउनुहोस्। तालिकामा सबैभन्दा महत्वपूर्ण विषयको लागि धेरै समय छुट्टाउनुहोस् अनि सजिलो बिषयको लागि कम समय छुट्टाउनुहोस्। यसरी तालिका बनाएर पढ्दा तपाईको समयको सही सदुपयोग हुन्छ र तपाईंले पढ्नुपर्ने महत्वपूर्ण विषयलाई पनि पर्याप्त समय मिल्दछ। ६. लेख्ने बानी गर्नुहोस् महत्वपूर्ण अंशहरू हाइलाइट गर्नाले धेरै मद्दत पुर्याउँछ तर जब तपाई कुनै पेपर वा नोटबुकमा पढ्नु भएको महत्वपूर्णकुराहरु लेख्नुहुन्छ भने यसले तपाईलाई बिषयको बारेमा अझ बढि सम्झन मद्दत गर्दछ। ७. स्मरणको लागि तपाईको चार्टहरु भित्तामा टाँस्नुहोस् तपाईंको कोठाको भित्ता वा दराजको ढोकामा मितिहरू, सूत्रहरू, महत्वपूर्ण विषयको बारेमा चार्ट पेपरमा लेखेर टाँस्नुहोस्। आफ्नो आँखाको अगाडी अध्ययन सामाग्री राख्ने हो भने तपाईलाई यसले अझै सजिलै सिक्न मद्दत गर्नेछ। ८. पढेको कुरा २४ घण्टा भित्र दोर्हाएर पढ्ने बानी गर्नुहोस् यदी तपाई परिक्षाको अगाडी नपढिएका बिषय पढ्दै हुनुहुन्छ २४ घण्टामा दोर्हाएर पढ्नुहोस्। विज्ञान भन्छ, यदी तपाईले पढेको कुरा २४ घण्टा भित्र एकपटक दोर्हाएर पढ्नु हुँदैन भने तपाईले पढ्नुभएकाे ८० प्रतिशत बेकार भएर जान्छ। ९. पढेको कुरा सम्झनलाई राम्रोसँग सुत्नुहोस् धेरै विद्यार्थीहरु पढेको कुरा सम्झनलाई रातभर बसेर दोर्हाएर पढ्ने गर्छन् तर यो एकदमै गलत तरिका हो। पर्याप्त निन्द्रा यस्तो चिज हो जसले तपाईको छोटो समयको सम्झनालाई लामो समयमा परिवर्तन गर्न मद्त गर्दछ। त्यसैले आफुले पढेको कुरा ताजा राख्नलाई ७-८ घण्टा सुत्नुहोस्।
इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकबाटै भुक्तानी गर्न मिल्ने
काठमाडौं । १०औँ इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क ग्लोबल आइएमई बैंकबाटै भुक्तानी गर्न मिल्ने भएको छ । बैंकले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा दिने भएको हो । चैत ८ गतेदेखि चैत १७ गतेसम्म सञ्चालन हुने इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलनका लागि उक्त सेवाको लागि नेपाल सरकार श्रम मन्त्रालय वैदशिक रोजगार विभाग ईपिएस शाखा र ग्लोबल आइएमई बैंकबीच चैत १ गते(आज) सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेशशर्मा ढकाल र ईपिएस शाखाको तर्फबाट निर्देशक कृष्णप्रसाद खनालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सेवाग्राहिले ग्लोबल आइएमई बैंकका १३३ शाखा कार्यालयहरु मध्ये जुनसुकै काउण्टरको परिक्षा शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । त्यस्तै, सेवाग्राहिले बैंकको मोवाईल बैंकिङ्ग एप “ग्लोबल स्मार्ट” तथा अनलाईन बैंकिङ्ग “ग्लोबल अनलाईन”मार्फत लाईनमा नबसी जहाँकहिँबाट सजिलै परीक्षा शुल्क भुक्तानी गर्न सक्नेछन् । १०औँ इपिएस कोरियन भाषा परीक्षा चैत ८ गतेदेखि चैत १७ गतेसम्म सञ्चालन हुँदैछ ।
अनलाइन फाराम नभरेका १००० जना विद्यार्थीले परीक्षा दिन पाउने, विद्यालयलाई भने कारबाही हुने
काठमाडौं। विद्यालयको लापार्वाहीको कारण परिक्षा दिन नपाउने भएका कक्षा ८ का १००० जना विद्यार्थीहरुले परिक्षा दिन पाउने भएका छन्। काठमाडौं महानगरपालिकालेको परिक्षा समितीको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। विद्यालयले लापरवाही गरेको कारणले विद्यार्थीको भविष्य जोखिममा नपार्ने कामपाकि शिक्षा विभाग प्रमुख निर्मला केसीले बताईन्। केसीले विद्यालयलाई भने कारवाही हुने जानकारी दिईन्। बैठकले विद्यालयलाई स्पस्टीकरण माग्ने र त्यसपछी मात्र विद्यालयमा प्रश्नपत्र पठाउने निर्णय गरेको छ। काठमाडौं महानगरपालिकाले कक्षा ८ को परिक्षा गत बर्ष देखी अनलाईन मार्फत भर्ने नियम बनाएको थियो। तर २० वटा विद्यालय ले त्यसलाई लापारवाही गरेको कारण १००० जना विद्यार्थी परिक्षाबाट बन्चित भएका थिए। कामपा शिक्षा विभागले पटक पटक निर्देशन दिँदा पनि विद्यालयहरुले अटेरी गरेका थिए।