सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता, ३ बुँदे सहमतिमा के छ ?
काठमाडौँ । सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको थियो । सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरले आज जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलन फिर्ता गरिएको जनाइएको छ । छुट अस्थायी र स्रोत व्यक्ति सट्टा शिक्षक भने उक्त सहमतिमा समावेश छैनन् । मन्त्रालयले ती शिक्षकसँग ‘राहत अनुदान कोटामा नियुक्त र इसिडीका सहयोगी कार्यकर्तालाई निश्चित मादपण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी तोकेबमोजिम आन्तरिक/खुल्ला प्रतियोगितात्मक परीक्षामा एक पटकका लागि उमेरको हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजान आवश्यक प्रबन्ध गर्ने’ सहमति भएको हो । सहमतिमा आन्दोलनका क्रममा भएको दमनप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र उपचारका लागि आवश्यक प्रबन्ध गर्ने पनि उल्लेख छ । ती शिक्षकले यही फागुन २१ गते आन्दोलनका क्रममा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुने गरी विद्यालय बन्दको घोषणासमेत गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबीच यही फागुन ९ गते भएको ३१ बुँदे सहमतिमा ‘हाल कार्यरत राहत शिक्षक, साविक उच्च माध्यमिक तहका शिक्षक, प्राविधिक धारका शिक्षक, विशेष विद्यालयका शिक्षक, बाल कक्षाका शिक्षकको शिक्षक पदलाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी एक वर्षभित्र शिक्षक सेवा आयोगबाट आन्तरिक र खुला प्रतियोगितामार्फत एकपटकका लागि उमेरका हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजानका लागि प्रबन्ध गर्ने’ उल्लेख भइसकेको थियो ।
आईडिपिले सुरु गर्यो कम्प्युटर मार्फत दिनसक्ने आईल्टिएस परिक्षा
काठमाडौं। अन्तराष्ट्रिय शिक्षण सेवा तथा आईल्टिएस परिक्षामा समेत स्वामित्व भएको आईडिपी एजुकेसनले नेपालमा आफ्नो प्रथम कम्प्युटर प्रणालिवाट संचालन गरिने आईल्टिएस परिक्षा सुरु गरेको छ । आईडिपीले कम्प्युटर प्रणालिवाट संचालन गरिने आईल्टिएस परिक्षाको केन्द्र गौशाला स्थित पशुपति भिजन कम्प्लेक्समा खोलेको छ । केन्द्रको उद्घाटन आईडिपीका लागि दक्षिण एसिया, इन्डोनेशिया र मलेशियाका आईल्टिएस अपरेसन डिरेकटर विशाल गुप्ता र – नेपालको लागि कन्ट्रि म्यानेजर अभिषेक श्रेष्ठ संयुक्त रुपमा नेपालको प्रख्यात कन्सलटेन्सीहरुका समिपमा गरेका छन् । यसै सन्दर्भमा हेड अफ आईल्टिएस अपरेसन नेपाल कविर खड्गीले भन्नुभयो – “संसारकै लोकप्रिय आईएल्टीएस अङ्ग्रेजी भाषाको परिक्षा अब उपरान्त परिक्षार्थीहरुले कम्प्युटर मार्फत दिन सक्नेछन् । यस परिक्षा केन्द्रले परिक्षार्थीहरुका सम्पूर्ण सुविधालाई ध्यानमा राखेर उच्चतम परिक्षाको अनुभव दिनेछ भन्नेमा हामी विश्वस्त छौं । ” आईडिपिले कम्प्युटर प्रणालि मार्फत संचालन गरिने आईएलटिएस परिक्षा अस्ट्रेलियामा केहि महिना अगाडि सुरुवात गरेको थियो । यस कम्प्युटर मार्फत दिईने आईएलटिएस परिक्षाको वस्तु र संरचनामा केहि पनि परिवर्तन गरिएको छैन् । साथमा मैखिक अन्तर्वाता ( स्पिकिङ टेस्ट) पहिले झै आईएलटिएसद्धारा प्रमाणित परिक्षकले व्यक्तिगत रुपमा लिने छ । यस कम्प्युटर प्रणालिबाट संचालन गरिने आईएलटिएस परिक्षामा विद्यार्थीले आफ्न उत्तरहरु सम्पादन तथा हाइलाइट पनि गर्नको साथसाथै महत्वपूर्ण प्रश्नहरुको नोट पनि गर्न सक्नेछन्। यस परिक्षा टाईपिङ्गमा दक्ष विद्यार्थीहरुको माझमा लोकप्रिय भएको छ । हालको लागि कापि र कलममा लिईदै आएको आईएलटिएस परिक्षालाई पनि निरन्तरता दिईएको छ । परिक्षार्थीहरुले कम्प्युटर प्रणलीमा आधारीत आईएलटिएस परिक्षाको ज्ञान तथा अनुभव लिन लाई साथसाथै दर्ता गर्नलाई पनि आईडिपी आईएलटिएस नेपालको वेभसाईट www.idpielts.nepal मा लगईन गर्न सक्नेछन् । नेपालको लागि कन्ट्रि म्यानेजर अभिषेक श्रेष्ठले भन्नुभयो – “आईएलटिएस परिक्षालाई अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, आयरल्याण्ड, बेलायत तथा अमेरिका लगायतका संसारभरिका दश हजार भन्दा बढि संस्थाहरुले मान्यता दिएका छन् । यो संसारको एक मात्र परिक्षा हो जुन दुई वटै ढाँचामा – कापि र कलम र कम्प्युटर प्रणालिमा उपल्ब्ध छ । हामीले यस कम्प्युटर आईएलटिएसद्वारा विद्यार्थीहरुलाई आफ्नो परिक्षा जसरी सजिलो हुन्छ त्यसरी नै दिनसक्ने विक्लप दिएका छौं। ” आईडिपीको कम्प्युटर प्रणलीवाट दिईने आईएलटिएस को परिक्षाकेन्द्रहरु विश्व स्तरिय भई परिक्षार्थीहरुको चाहना र सरलतालाई ध्यानमा राखी बनाईएका छन्।
कैलाश विकास बैंकले बिद्यालयलाई दियो कम्प्यूटर तथा फोटोकपी मेसिन
काठमाडौँ । कैलाश विकास बैंकले २० फागुनमा अन्नपूर्ण गाउँपालिका वडा नं. १० घान्दु्रक, कास्कीमा रहेको मेश्रम वराह माध्यामिक विद्यालयलाई २ थान कम्प्यूटर र १ थान फोटोकपी मेसिन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामाग्रीहरु हरुतान्तरण गरेको हो । यस कार्यक्रमबाट यस विद्यालयका पूर्व प्राथमिक देखि कक्षा १२ सम्म अध्ययनरत बिद्यार्थिहरु प्रत्यक्ष रुपले लाभान्वित हुनेछन् । शिक्षक, बिद्यार्थी तथा अभिबावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकको तर्फबाट बुद्धिराज बरालले सूचना प्रविधिको बर्तमान युगमा कम्प्यूटर तथा फोटोकपी मेसिनले विद्यार्थीहरुलाई पठन पाठनमा ठूलो सहयोग मिल्ने तथा विद्यार्थीहरुमा सूचना प्रविधिको पहुंच पु¥याउन सहयोग पूग्ने बताए । उक्त कार्यक्रमको सभापतित्व गरेका बिद्यालय ब्यवस्थापन समितिका का.बा. अध्यक्ष जगतबहादुर गुरुङले यस सहयोगबाट बिद्यालय तथा बिद्यार्थीहरुलाई हौसला मिलेको बताए ।