एसआईइसी कन्सलटेन्सीले अस्ट्रेलियाको दुईवटा सरकारी कलेजको सेमिनार गर्दै
काठमाडौं। एसआईइसले अस्ट्रेलियाको दुईवटा सरकारी कलेजको सेमिनार गर्ने भएको छ। नेपाली विद्यार्थीलाई उपयुक्त कोर्सहरु एसआईइसीले उक्त सरकारी कलेज हरु बाट ल्याउन लागेको हो। एसआईइसीले गर्न लागेको सरकारी कलेजको सेमीनारमा कलेजको शुल्क सस्तो रहेको, त्यहाँ पढिसकेपछी विद्यार्थीले विश्वविद्यालय पढ्न जाँदा क्रेडिट पाउन सजिलो हुनेछ। बिद्यार्थले ३ बर्षको ब्याचलर २ बर्ष भित्रमै सकिने सरकारी कलेजको अर्को फाईदा रहेको छ। उक्त कलेजको पढाई विश्वविद्यालय स्तरको रहेको र त्यसका साथै विद्यार्थीले काम पाउन पनि सजिलो रहेको छ। कोर्सहरु उद्योगलाई कस्तो मानिस चाहिन्छ भन्ने कुरालाई आधार बनाएर डिजाइन गरिएको छ। सेमिनारमा क्यानबेरा ईन्स्टीट्युट अफ टेक्नोलोजी, क्यान्बेरा र कङगन ईन्स्टिट्युट अफ टेफ, भिक्टोरिया आउन लागेको हो। क्यानबेरामा डिप्लोमा इन बिल्डिग् डिजाईनिङ,अकाउन्टिङ,चाईल्ड केयर,क्म्युनिटी सरभिस, नर्सिङ, हस्पिटालिटी, सफ्टवेयर डेभलप्मेन्ट, आईटी, ब्याच्लर अफ फरेन्सिक साईन्च र बिजनेस स्टडी रहेको छ। कलेजको फि बर्षको १४ हजार रहेको छ। उक्त कलेज २८ अगस्टमा नेपाल आउँदैछ। त्यसतै कङगन ईन्सिटिट्युट अफ टेफ, भिक्टोरियामा भने डिप्लोमा अफ अटोमेटिभ टेक्नोलोजी, फेसन डिजाईनिङ, हस्पीटालिटी, चाईल्ड केयर,नर्सिङ, आईटी रहेको छ।कलेजको सुल्क बार्षिक१२-१४ हजार डलर रहेको छ। उक्त कलेज १२ सेप्टेम्बरमा नेपाल आउँदैछ।
आरएमडीसीकाे एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न, २८ जना प्रतिनिधीको सहभागिता
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा आयोजित १ दिने अन्तर्क्रिया कार्यक्रमको सम्पन्न भएको छ । वित्तीय पहुँच अभिवृद्घी तथा उद्यमशिलाको विकासमार्फत देशमा आत्मनिर्भरता अभिवृद्धी र गरिबी न्यूनीकरण गर्न आरएमडीसी र सहकारी संस्थाहरुको साझेदारी बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । इटहरीमा आयोजित उक्त कार्यक्रममा नेपालका पुर्वी भागमा रहेकोका विभिन्न सहकारी संस्थाहरु, ग्रामीण उद्यम तथा विप्रेषण (समृद्धी) आयोजनासँग सहकार्य गरिरहेका सहकारी संस्थाहरु र प्लान इन्टरनेशनल तथा सेवक नेपालद्धरा प्रवद्र्धन गरेका विभिन्न सहकारी संस्थाका २८ जना प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमको अध्यक्षता आरएमडीसीका वरिष्ठ प्रबन्धक पृथबहादुर थापाले गरेका थिए भने कार्यक्रमको संचालन इटहरी शाखाका शाखा प्रबन्धक गोबिन्दप्रसाद पौडेलले गरेका थिए । आरएमडीसीले संस्थागत विकास तथा क्षमता अभिवृद्धीका लागी सहयोगी भुमिका निर्वाह गर्दछ भने वित्तीय सुशासन कायम नगर्ने, नितीनियम भन्दा बाहिर जाने सहकारीहरुसँग आरएमडीसी कडा रुपमापनि प्रस्तुत हुने हुँदा बजारमा आरएमडीसी एउटा ब्राण्डको रुपमा रहेको प्रबन्धक थापाले बताए । उनले कसरी आरएमडीसी र सहकारी संस्थाहरुको साझेदारीमा कसरी संस्थाहरुको संस्थागतविकास तथा क्षमता अभिवृद्धी, वित्तीय पहुँच अभिवृद्धी गरी उद्यमशिलताको विकास मार्फत आत्मर्निभर भै गरिबि न्युनीकरण गर्न सकिन्छ भन्ने बारेमा पनि चर्चा गरेका थिए ।
एनसेलले ल्यायो मिदास ईक्लास सेवा
काठमाडौं। एनसेल प्रा.लिले मिदास एजुकेसन प्रा.लिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ल्याएको छ। यो सेवाको सुरुवात सँगै अब एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासका लागि श्रव्य÷दृष्यमा आधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो संग्रहबाट लाभ लिन सक्नेछन् । मिदास ईक्लास मोबाइलफोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो । यहाँ उपलब्ध हुने पाठ्यक्रमहरु श्रव्य/दृश्यमाआधारित र अन्र्तक्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुचीपुर्वक सिक्न सक्छन् । यस सेवामा प्लेगु्रप देखि कक्षादश सम्ममा अध्ययन गर्ने विद्यार्थीहरुका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्रीहरु, गेम्स् तथा अभ्यासहरु रहेको छन् । यहि सोमबार श्रावण २८ गते देखि एनसेलका ग्राहकले यो सेवा प्रयोग गर्न सक्नेछन् । जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले प्रमाणित गरेको शैक्षिक सामग्रीहरु जस्तै विषेश भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठहरु लगायत अन्य शैक्षिक सामग्रीहरु डाउनलोड गर्न सक्नेछन् । गाहकले गुगल प्लेस्टारेबाट यो एप सजिलै डाउनलोड गर्न सक्नेछन् र आफ्नो एनसेलको नम्बरबाट यस एपमा दर्ता गरी एप चलाउन सक्नेछन् । यस एपमार्फत ग्राहकले आफ्नो आवश्यकता अनुसार यस सेवाभित्र रहेका कुनै पनि कक्षाका विद्यार्थीका लागि उपयुक्त योजना सुचारु गर्न सक्नेछन् ।