अब स्कूलका विद्यार्थीको पनि बीमा हुने, ७३ लाख विद्यार्थीले लाभ लिन सक्ने
काठमाडौं । अब कक्षा १ देखि १२ कक्षासम्म पढ्ने विद्यार्थीको पनि बीमा गर्न सकिने भएको छ । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले स्कूल तहमा अध्ययन गर्ने विद्यार्थीको लागि आईजीआई बीमा लेख जारी गरेको छ । देशभर स्कूल तहमा करिव ७३ लाख विद्यार्थी रहेकोले उनीहरुलाई लक्षित गरी कम्पनीले नयाँ बीमा लेख बनाएको कम्पनीले जनाएको छ । यस योजनामा निधन भएको अवस्थामा विद्यार्थीलाई १ लाख र अभिभावकको ५ लाख रुपैयाँसम्म दुर्घटना बीमा भुक्तानी हुनेछ । स्थायी अंगभंग भएको विद्यार्थीले ३ लाख र अभिभावकले ५ लाख पाउने छन् । अंगभंग भएको अवस्थामा विद्यार्थीलाई १ लाख र अभिभावकलाई २ लाख ५० हजार भुक्तानी हुनेछ । अस्थायी रुपमा अशक्त भएको दुई महिनासम्म मासिक बढीमा १० हजारको दरले शैक्षिक शुल्क भुक्तानी हुनेछ । ‘हरेक दिन विद्यार्थीहरु दुर्घट्नामा परेको समाचार आउँछ । कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थी ७३ लाख भन्दा बढी छन् । उनीहरुको हित गर्ने उदेश्यले नयाँ बीमा पोलिसी ल्याएको हौ’ बुधबार नयाँ पोलिसी सार्वजनिक गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले भने । यस्तो कार्यक्रमले विद्यार्थी, अभिभावकलाई राहात पुग्नुको साथै स्कूल तहमा बीमाबारे जनचेतना विस्तार गर्न सहयोग पुग्ने उनको विश्वास छ । यस पोलिसी खरिद गर्ने विद्यार्थी विरामी भई उपचार गर्नु परेमा ५० हजार रुपैयाँसम्म र दुर्घटनामा परेको अवस्थामा २५ हजार रुपैयाँसम्म औषधि उपचार खर्च पनि दिने कम्पनीले जनाएको छ ।
कामना सेवा विकास बैंकबाट अजोडका बीमा पाइने
काठमाडौँ । कामना सेवा बिकास बैंक र अजोड इन्स्योरेन्स बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ । सहमती पत्रमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कामना सेवा बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।
आरोहीलाई महालक्ष्मीको १ लाख सहयोग, झण्डा सगरमाथामा फहराउने
काठमाडौँ । तिब्बतको दक्षिणी मोहडाबाट सगरमाथा आरोहणको लागि प्रस्थान गर्न लागेकी महिला सगरमाथा आरोही तथा राष्ट्रिय पर्यटन पत्रकार संघकी कोषाध्यक्ष कल्पना महर्जनलाई महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडले शुभकामना प्रदान गरेको छ । गत वर्ष मात्र नेपालको उत्तरी मोहडाबाट सगरमाथाको सफल आरोहण गरेकी महिला पर्वतारोही कल्पना महर्जनलाई आरोहणमा सहयोग पुर्याउन उक्त कार्यको आधिकारीक व्यवस्थापक इक्सपेरियन्स आउटडोर नेपाल प्रालिसंग एक लाख प्रदान गर्ने गरी सम्झौता समेत भएको छ। ‘शिक्षा मार्फत बाल विवाहको अन्त’को नारा लिएर दोस्रो पटक सगरमाथा आरोहणमा जान थालेकी साहसी महिलालाई प्रोत्साहित गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी लाईफ इन्स्योरेन्स लिले सहयोग गरेको हो। सगरमाथा आरोहणको क्रममा कल्पना महर्जनले सगरमाथाको चुचुरोमा महालक्ष्मी लाईफकोलोगो अंकित झण्डा फहराउने छिन् । सो कार्यको लागिमहालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सहयोग रकमको चेक र लाईफ इन्स्योरेन्सको झण्डा कल्पना महर्जनलाई हस्तान्तरण गरे ।