एलआइसी नेपालले ल्यायो ‘धनवृष्टी’ जीवन बीमा योजना
काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) एलआइसी जीवन बीमा कम्पनीले ‘धनवृष्टी’नामक जीवन बीमा योजनाको सुरुवात गरेको छ । कम्पनीले जीवन बीमाको साथमा धनवृष्टी ३–३ बर्षमा भन्ने योजनाको सुरुवात गरेको हो । नयाँ वर्षको आगमनमा ल्याइएको सो बीमा योजनालार्ई बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिहीबार सार्वजनिक गरेका हुन् । ‘धन वृष्टी’बीमा योजनामा १३ वर्ष देखी ६० वर्ष सम्मका बिमितले सहभागी हुन सक्ने छन् । सो योजनामा न्यूनतम बीमाङ्क रकम १ लाख कायम गरिएको छ । यस्तै, अधिकतम बीमाङ्क भने बीमा अन्डरराइटीङ नियमानुसार चाहेजति लिन सकिन्छ । यसमा बीमा योजनाको अवधि भने १० वा १५ वर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ बर्षमा बीमाङकको ३३ प्रतिशत रकम फिर्ता हुन्छ । १५ वर्षे अवधिमा हरेक ३ बर्षमा बीमाङकको १५ प्रतिशत रकम फिर्ता हुँदै जान्छ । बीमा परिपक्कतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जन गरिएको रकम समेत एक साथ प्रदान गरिने छ । तर, बीमा अवधिमा नै बिमीतको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम नकाटी पूरै बीमाङ् रकमको साथ आर्जीत रकम इच्छाएको व्यक्तीलाई प्रदान गरिन्छ । यस योजनामा ७५ लाखसम्मको दुर्घटना लााभ र स्थायी अशक्तता लाभ समेत उपलब्ध छन् । २ बर्षको बीमाशुल्क भुक्तानी पश्चात बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्ने छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपि दास भन्छन्-‘यस बीमा सेवाले विभिन्न क्षेत्रका तथा पेशामा आवद्ध रहेका बिमीतलाई सेवा प्रदान गर्नेछ ।’ दासले आफू सानो हुँदाका परिवेश र अहिलेका पुस्ताले भोगेका भिन्नतामा समेत प्रकाश पारेका थिए । उनले दैनिक जोखिम बढ्दो रुपमा रहेका बीमाको अपरिहार्यतामा प्रकाश पारेका थिए ।
४ अर्ब ७५ करोड राख्न नागरिक लगानी कोषले खोज्यो बैंक, बैशाख ३ गतेसम्म प्रस्ताव आह्वान
काठमाडौँ । नागरिक लगानी कोषले ४ अर्ब ७५ करोड रुपैयाँ १ वर्षसम्म राख्नका लागि बैंक खोजी गरेको छ । कोषले शुक्रबार सूचना प्रकाशित गरी कोषमा जम्मा भएको रकम मुद्दति निक्षेपमा लगानी गर्न बैंकको खोजी गरेको जनाएको छ । निक्षेपमा लगानी गर्न नेपाल राष्ट्र बैंकबाट ‘क’ प्लस वर्गमा सूचीकृत बैंकले मात्र आवेदन दिन सक्ने कोषको लगानी महाशाखाले जानएको छ । बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम, ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी बैशाख ३ गते दिउँसो १ बजे भित्र शिलबन्दी प्रस्ताव बुझाउन कोषले आह्वान गरेको छ ।
राजश्व कार्यालय र बैंक शनिबारपनि खुल्ने, आज ५ बजेसम्म
काठमाडौँ । करदाताहरुलाई विवरण तथा राजश्व दाखिला गर्ने सुबिधाका लागि चैत ३० गते शनिबार पनि राजश्व विभाग अन्तरगतका कार्यालय र राजश्व संकलनको अनुमति पाएका बैंकका शाखा खुल्ने भएका छन् । विभागले सूचना प्रकाशित गरी शनिवार पनि कार्यालय खुला रहने जनाएको हो । त्यसैगरी, आज शुक्रबार समेत राजश्व विभाग अन्तरगतका कार्यालय, राजश्व संकलनको अनुमति पाएका बैंकका शाखा तथा काउण्टरहरु र अन्य बैंकहरु समेत ५ बजेसम्म खुला रहने जनाएको छ ।