एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन फिर्ता, मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले हालै एभरेष्ट इन्स्योरेन्सको हकप्रद सेयर मूल्यमा गरेको समायोजन फिर्ता लिएको छ । संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गरेको भन्दै लगानीकर्ताबाट दवाव आएपछि नेप्सेले कम्पनीको उक्त निर्णय फिर्ता लिएको हो । सो निर्णय फिर्तासँगै संस्थाको सोमबार(आज)देखि नियमित कारोबार शुरु भएको छ । कारोबार सेयर समायोजन हुनुभन्दा पहिलेको दिनको मूल्यमा शुरु भएको छ । साथै, कम्पनीको सेयर मूल्य समायोजन पछि भएका कारोबारहरु रद्ध भएको नेप्सेले जनाएको छ । इन्स्योरेन्सले गत कात्तिक २८ गते कम्पनीको १०५ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको थियो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६३.४१ रुपैयाँ रहेको थियो । उक्त निर्णय पछि सोमबार खुलेको कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । प्रतिकित्ता १०५० रुपैंयामा कारोबार खुलेको कम्पनीको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ६४३ रुपैयाँमा बिक्री भइरहेको छ । यस अवधिसम्म कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले घटेकाे छ ।

क्यासलेस मोटर वीमा सेवा सुरु, सिप्रदी ट्रेडिङ र शिखर इन्स्योरेन्सबीच सहकार्य

काठमाडौं । नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर ईन्श्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्समा सम्झौता भएको छ । शिखर इन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखर इन्स्योरेन्सको तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सहकार्य सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । नेपालमै पहिलो पटक सञ्चालनमा ल्याउन लागेको यस योजना अन्तर्गत टाटा कम्पनीका जुनसुकै मोडलका गाडीहरु दुर्घटना भएको अवस्थामा ग्राहकले सिधै सिप्रदी ट्रेडिङ्गको आफूलाई पाएक पर्ने सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्नेछन् । ग्राहकहरुलाई सुलभ, छिटो र झन्झटरहित सेवा दिन यस व्यवस्थाले सहयोग पुर्याउने दुवै कम्पनीको दावी छ ।

अजोड इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच सहकार्य गर्दै बैंकास्येरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मंसिर २ गते आइतवार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन । सहमतिसंगै बैंकका ग्राहकहरूले अजेाड इन्सेारेन्स लिले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाएइको छ।