हिन्दकुश भूकम्पले किन गरेन ठुलो क्षति ?

काठमाडौं, १० कात्तिक । अफगानिस्तानको हिन्दकुशस्थित पहाडी क्षेत्रलाई केन्द्र बिन्दु बनाएर सोमबार गएको ७ दशमलब ५ म्याग्नीच्युडको भूकम्पमा परि २६० जना भन्दा बढिको मृत्यु भएको छ भने दुई हजार भन्दा बढि मानिस घाईते भएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा उद्धार कार्य कठिन रहेकाले हताहती हुनेहरुको संख्या अझै बढ्न सक्नेछ । मृत्यु हुनेहरु मध्ये १२ जना अफगानी स्कुले बालबालिका रहेको बताईएको छ । भूकम्पसँगै भागदौड मच्चिदाँ उनीहरुको मृत्यु भएको स्थानिय उद्धारकर्मी तखारलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । अफगानिस्तानका प्रमुख प्रशासक अब्दल्लाह अब्दुल्लाहले पछिल्ला दशकहरुमा आएको भूकम्प भन्दा ठुलो भूकम्प सोमबार आएको बताएका छन् । भूकम्प पीडितको उद्धार तथा राहत वितरणमा सरकार सबै शक्ति प्रयोग गरेर लागि परेको पनि उनले बताएका छन् । मृत्यु हुनेहरुमध्ये अधिकांश उत्तरी पाकिस्तानमा कम्तिमा २१४ जनाको मृत्यु भएको बताइएको छ । खाईबर प्रान्तमा मात्रै १७९ जनाको मृत्यु भएको छ भने १८०० जना भन्दा बढिका घाईते भएका छन् । पाकिस्तानी सञ्चार मन्त्रीले घडीको सुई सँगै निरन्तर उद्धार र राहतको काम जारी राख्ने घोषणा गरिसकेका छन् । भारत, इरान, अमेरिका लगायतका मुलुकहरुले पाकिस्तानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । जोनाथन वेबः बिबिसी विज्ञान रिपोर्टर विश्वमा बर्षेनी ७ रेक्टर माथीका २० वटा भूकम्प जान्छन् । हिन्दकुश क्षेत्रमा सोमबार गएको भूकम्प ७ दशमलब ५ म्याग्नीच्युडको हो । यो भूकम्पले जमिन भन्दा २०० किलोमिटर तल केन्द्र बिन्दु बनाएकाले पनि ठुलो धनजनको क्षति भएन् । नेपालमा गत बैशाख १२ गते आएको ७ दशमलब ८ म्याग्नीच्युडको भूकम्प जमिन भन्दा जम्मा ८ किलोमिटर तल सेन्टर पारेको थियो । त्यस कारण सो भूकम्पले ९ हजार मानिसको मृत्यु भयो भने पाँच लाख घर पूर्णरुपमा क्षतिग्रस्त बने अनि ८ हजार भन्दा बढि मानिस घाईते भए । सन २००५ कस्मिरमा गएको भूकम्प जमिनबाट २६ किलोमिटर तल सेन्टर पारेको थियो र त्यो ७ दशमलब ६ म्याग्नीच्युड स्केलको थियो । यसले ७५०० जनाको मृत्यु भएको थियो । भूकम्पले अफगानिस्तान, पाकिस्तान, भारत र नेपालमा समेत ठुलो धक्का महशुस गराएको थियो । भारतको राजाधनी दिल्लीबासीहरु भूकम्पको धक्काका कारण सडकमा झरेका थिए ।(एजेन्सीको सहयोगमा)

बिमानस्थलबाट निगम अधिकारीले भने‘मिसन इन्धन बोकेर चीन उडियो’

काठमाडौं, ९ कात्तिक । चीनसँग पेट्रोलियम पदार्थ कारोबार सम्झौता गर्न आठ सदस्यीय नेपाली टोली चिन प्रस्थान गरेको छ । चीनका लागि नेपाली राजदुत डा. महेश मास्के नेतृत्वको टोलीमा आठ सदस्य रहेका छन् । टोलीमा परराष्ट्र, बाणिज्य मन्त्रालय, गुणस्तर बिभाग र नेपाल आयल निगमका अधिककारीहरुको सहभागीता रहेको छ । प्रवक्ता दिपक बरालले दिएको जानकारी अनुसार निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र निर्देशक सुशिल भट्टराई टोलीमा सामेल छन् । परराष्ट्र मन्त्रालयका तर्फबाट सहसचिव झबिन्द्र अर्याल चीन गएका छन् । टोलीले चीनसँग पेट्रोलियम पदार्थको खरिदको सम्झौता गर्नेछ । ‘मिसन इन्धन सहित चीन उड्नै लागेका छौं, चीनसँग वार्ता गरेर इन्धन खरिदको सम्झौता हुनेछ ।’ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट नेपाल आयल निगमका निर्देशक भट्टराईले भने । चीनसँग पेट्रोलियम कारोबार सम्बन्धी सम्पुर्ण अधिकार सहित नेपाली टोली त्यसतर्फ उडेको हो । भारतले मधेशमा जारी आन्दोलनलाई कारण देखाउँदै अघोषित नाका बन्दी र इन्धन आयातमा अवरोध गरेपछि चीनसँग इन्धन खरिदको प्रक्रिया आरम्भ गरिएको हो । उप प्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले भारत भ्रमणका क्रममा इन्धन पाउने सम्भावना नदेखेसँगै सरकारले चीनसँग इन्धन खरिदको प्रक्रिया अघि बढाउने तयारी गरेको थियो । चीनसँग इन्धन खरिद गर्ने प्रक्रिया अघि बढेसँगै नेपालमा पेट्रोलियम पदार्थ बेच्ने भारतीय एकाधिकारको अन्त्य हुनेछ ।

विद्या भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने एमाले निर्णय

काठमाडौं, ९ असोज । नेकपा(एमाले)ले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । अब मुलुकले बुधबार नयाँ राष्ट्रपति पाउनेछ । आधा दर्जन राजनीतिज्ञहरुको चर्चा भएपनि अन्नतः एमाले उपाध्यक्ष विद्या भण्डारी मुलुकको दोश्रो तथा प्रथम महिला राष्ट्रपति बन्ने सम्भावना प्रवल बनेको छ । सत्ता रुढ दलहरुका तर्फबाट भण्डारीले उम्मेदवारी दिनेछिन् । भर्खरै सम्पन्न एमाले स्थायी कमिटी बैठकले  भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेबाटै पुर्व अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल र पुर्व सभामुख सुभाषचन्द्र नेम्बाङको नाम समेत चर्चामा रहेको थियो  तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालल समेत भण्डारीलाई राष्ट्रपति बनाउने पक्षमा उभिएपछि भण्डारीको उम्मेदवारी पक्का भएको हो । रामवरण, खिलराज र केबी गुरुङ पनि रेसमा काँग्रेसले राष्ट्रपतिमा तीन जनाको नाम अघि सारेको छ । उसले पहिलो प्राथमिकतामा वर्तमान राष्ट्रपति डा. रामवरण यादवलाई अघि सारेको छ । सर्व सम्वतः रुपमा डा. यादवलाई पुनः राष्ट्रपति बनाउनु पर्ने काँग्रेसको तर्क छ । उसले निर्वाचन भएर जित्ने अवस्थामा अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई उम्मेदवार बनाउने आन्तरिक तयारी समेत गरेको छ । तर रेग्मी पनि चुनाव लडेर राष्ट्रपति बन्ने सोँचमा नरहेको श्रोतले बतायो । त्यस्तो अवस्थामा काँग्रेसले पुर्व महामन्त्री केबी गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेछ । एकिकृत माओवादीको भागमा परेको उप राष्ट्रपति पदमा भने जनमुक्ती सेनाका पुर्व प्रमुख नन्दकिशोर पुनको नाममा अघि सारिएको छ । काँग्रेस नेतृत्वको विपक्षी गठबन्धनले भने मधेशी मुलुका नेतालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थालेको छ । संबैधानिक व्यवस्था नेपालको संविधानको धारा २९७ को उपधारा ९२० बमोजिम राजनीतिक सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयन हुने व्यवस्था छ । संविधानको धारा २९७ को उपधारा ९३० ले भने बहुमतिय प्रक्रियाद्धारा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने व्यवस्था गरेको छ । व्यवस्थापिका संसद सचिवालयले बहुमतिय प्रक्रियाका लागि कात्तिक १० अर्थात भोली बिहान १० बजेदेखि अपराह्न १ बजेका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ । सहमतिका आधारमा आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा तोकिएको थियो । काँग्रेस र एमाले दुबैले राष्ट्रपतिमा दावी नछाडेपछि निर्वाचन प्रक्रिया निश्चित भएको हो ।