सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटीबीच स्वास्थ्य–उपचार सम्बन्धी सम्झौता

कठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल मेडिसिटीबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महा प्रबन्धक विजय रिमालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका ग्राकहरुलाई नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ्ग सेवाको अतिरीक्त नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुटका दिने जनाएको छ ।

एभरेष्ट र अल्काबीच नगद रहित सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र अल्का हस्पिटलबीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अल्का हस्पिटलका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र एभरेष्ट इन्स्योरेन्सका सहायक महाप्रबन्धक मनोजसिंह भण्डारीले हस्ताक्षर गरे । सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट एभरेष्ट हेल्थ केयर स्वास्थ्य बीमालेख लिएका ग्राहकहरुले अल्का हस्पिटलमा भर्ना भई उपचार गराउँदा उक्त हस्पिटलबाट नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन् र उपचार पूर्व नगद जुटाउने झन्झटबाट मुक्त हुने छन् ।

एनसीसी बैंक र ब्लु क्रस अस्पतालबीच शुल्क सहुलियत सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ब्लु क्रस अस्पताल तर्फवाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले ब्लु क्रस अस्पतालका सेवाहरूमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।