जनता बैंकको आयोजनामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । जनता बैंक नेपालको आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र अल्का अस्पताल जावलाखेलको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा मंसिर २७ गते सम्पन्न उक्त शिविरमा विशेष गरी स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो । यस्तै रसुवा जिल्लाको कालिका गाँउपालिकामा मंसिर २६ गते स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो । नौकुण्ड स्वास्थ्य शिविरको उद्घाटन रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश नं. ३ का माननीय सांसदहरु प्रभात लामा र प्रेम लामाले संयुक्त रुपमा गरेका थिए । ८ सय ४६ जनाको स्वास्थ्य परिक्षण गरिएको उक्त शिविरमा ५४ जनाको शिविर स्थलमै मोति बिन्दुको शल्यक्रिया गरिएको थियो । बिरामीहरुलाई आवश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो । स्त्री रोग सम्बन्धि उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि अस्पतालमा रिफर गरिएको छ ।

हिमालयन बैंक र चिरायू अस्पताल बीच सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता

काठमाडौं । हिमालयन बैंक र चिरायू अस्पताल बसुन्धारा, काठमाडौं बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र चिरायू अस्पतालका तर्फबाट संचालक चण्डेश्वरा नन्दराज वैद्यले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने सेवामा १५ % सम्म छुट दिने भएको छ ।

पोखरा फाइनान्सको निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । शनिवार हिमालय आँखा अस्पताल, घारीपाटन पोखराको प्राविधिक सहयोगमा गोरखा, पालु·टारस्थित श्री भवानी मा.वि. को प्रा·णमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको थियो । उक्त शिविरमा करिव २४० व्यक्तिहरुले आँखाको जाँच गराउनुको साथै विशेषज्ञको सल्लाहमा चस्मा तथा औषधि समेत वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिएका छन् ।