हुण्डाईले ल्यायो ‘हुण्डाई क्येर’ योजना, गाडी किन्नेलाई १० लाखसम्मको स्वास्थ्य बीमा
काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले हुण्डाई परिवार अन्तर्गत ‘हुण्डाई क्येर’ योजना ल्याएको छ । जस अन्तर्गत हरेक नयाँ हुण्डाई गाडीको खरिदमा १ वर्षको स्वास्थ्य बीमा प्रदान गरिनेछ । यस योजना अन्तर्गत हुण्डाई परिवारको नयाँ ग्राहकले प्रत्येक हुण्डाई गाडीको खरिदमा आफ्नाे नजिकको परिवारको लागि १० लाख रुपैयाँसम्मको बीमा योजना(फेमिली फ्लोटर योजना)प्रदान गरिनेछ । हुण्डाई मोटर्सले निरन्तर रुपमा ग्राहकसगँ नजिक र आत्मियताको सम्बन्ध बनाउँदै आइरहेका छ । यो नयाँ योजनाले नयाँ ग्राहकहरुको लागि हुण्डाई परिवारको साथ जोडिन मद्दत गर्ने कम्पनीको विश्वास छ ।
मंसिर २८ देखि नेपाल मेडिकल एक्स्पो हुँदै, स्वास्थ्य क्षेत्रमा योगदान पुग्ने
काठमाडौं । आगामी मंसिर २८ गतेदेखि भृकुटिमण्डपमा तेस्रो नेपाल मेडिकल तथा ल्याब एक्स्पो २०१८ आयोजना हुँदैछ । नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको हो । आयोजक एस.डि.प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपालका अनुसार उक्त एक्स्पो पुस १ गतेसम्म हुने छ । यो एक्स्पो नेपालको स्वास्थ्य तथा ल्याब क्षेत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदान प्रदान गर्ने प्ल्याटफर्म हो । नेपाल मेडिकल एसोसिएशन, एसोसिएशन अफ इन्डियन मेडिकल डिभाईस इन्डष्ट्री, ईईपिसी, द साइन्टिफिक इक्युपमेन्ट एण्ड फर्निचर एसोसिएशन, नेपाल एसोसिएशन अफ क्लिनीकल केमेस्ट्री तथा जर्मनीको हाईटेक इन्डष्ट्री एसोसिएशन स्पेक्ट्यारिसको सहयोगमा यो एक्सपो हुन लागेको हो । यस अन्तर्राष्ट्रिय एक्स्पोमा मेडिकल एण्ड सर्जिकल इक्युपमेन्ट, डायगनोस्टिक्स, मेडिकल डिस्पोजेबल्स, फर्निचर एण्ड इन्फास्ट्रक्चर, आइ.टी. सर्भिसप्रोभाइडर, मेडिकल वेस्ट म्यानेजमेन्ट, फ्यासिलिटी म्यानेजमेन्ट, कमप्लीट हस्पिटल प्रोडक्ट्स एण्ड सपोर्ट सर्भिसेस, ल्याब,एनालाईटिकल, साइन्टिफिक एण्ड बायोटेक्निकल इन्सट्रुमेन्ट्स एण्ड कन्ज्युमेबल्सको प्रदर्शनी हुनेछ । यसको उद्घाटन नेपालका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गर्नेछन् । यो प्रदर्शनीमा २०० भन्दा बढि कम्पनीहरु र ५०० भन्दा बढि ब्राण्डहरुको उपस्थिती हुने आयोजकले बताएका छन् । यसमा १० मुलुकका अफिसरहरु, डाक्टरहरु, नीति निमार्णकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुनेछन् । नेपालको स्वास्थ्य क्षेत्र तथा ल्याब प्रवधिलाई द्रुतगति दिन यस एक्स्पोले सहयोग पुर्याउने छ । यसका साथसाथै नेपालका कम्पनीहरुलाई नयाँ प्रविधि भित्र्याउन र नेपालमै यस्ता उत्पादन गर्न सक्ने मौका यो एक्स्पोले दिनेछ । आगन्तुकहरुले स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि हेर्न पाउनेछन्, जो विभिन्न अस्पताल, प्याथोलोजी ल्याब, अनुसन्धान केन्द्र, फार्मास्यूटीकल्स, खाद्य उद्योग, विश्वविद्यालय, ल्याबहरु तथा आपुर्तीसंग सम्बन्धित पनि रहनेछन् । एक्सपोका साथसाथै दुईवटा सम्मेलन पनि आयोजना गर्ने एस.डि. प्रोमोले जानकारी दिएको छ । पहिलो सम्मेलन १४ डिसेम्बरमा हुनेछ, जसमा यस उद्योगसँग सम्बन्धित विज्ञहरुले स्वास्थ्य क्षेत्र तथा ल्याब प्रविधिमा भएका विकासका बारेमा छलफल गर्नेछन् । यस सम्मेलनमा सम्बन्धित सरकारी, मेडिकल शिक्षा, संघ संस्थाहरु तथा आयोजकहरुसंग आबद्घ व्यक्तिहरुले स्वास्थ्य क्षेत्रमा दिगो विकासका उपायहरुमाथि छलफल गर्नेछन् । यसैगरी डिसेम्बर १५ मा “अस्पताल व्यवस्थापन”शाीर्षकमा अर्को सम्मेलन गरिनेछ जसमा अस्पताल व्यवस्थापन सम्बन्धि विभिन्न विषयमा प्रयोगात्मक उपायहरुको छलफल तथा उदाहरण दिइनेछ । यो दोस्रो सम्मेलनमा ४०० भन्दा बढि डाक्टरहरुको उपस्थिती रहनेछ । यस इभेन्टले नेपालको स्वास्थ्य तथा ल्याब प्रविधिमा टेवा पुर्याउनेछ । साथै, नेपालका स्वास्थ्य क्षेत्रका कम्पनीहरुलाई विकासशील दिशातर्फ उन्मुख गर्ने र नयाँ सोच तथा अनुसन्धानका फाइदाहरुतर्फ अग्रसर गर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारी
काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीलाई सरुवा गरेको छ। गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका उनलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। उनलाई सरुवा गरिएको निर्णय अझै सार्वजनिक भने गरिएको छैन। अधिकारी यसअघि पनि स्वास्थ्य मन्त्रालयमा दुई वर्ष सहसचिवका रुपमा कार्यरत थिए। स्वास्थ्य मन्त्रालयमा हाल निमित्त सचिवको जिम्मेवारी १२ औं तहका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुलेरले सम्हालिरहेका छन्। सरकारको यो निर्णयसँगै स्वास्थ्यमा पुन प्रशासन समूहका सचिवले नेतृत्व सम्हाल्नेछन्। स्वास्थ्यमा डाक्टर सचिव रहने व्यवस्था छ। सरकारले गत असोज २८ मा डा पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। त्यसको विरोधमा सचिव चौधरीले सरकारविरुद्ध मुद्दा दायर गरेकी थिइन्। सर्वोच्चले उनको सरुवा तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो। सरकारले उक्त आदेशको खारेजीको माग गर्दै अदालतमा निवेदन दर्ता गराएको छ। अदालतले यो विषयमा छलफल गर्न सचिव चौधरीलाई अदालतमा बोलाएको छ।