स्वास्थ्य सेवा विभागमा राज्य मन्त्रीको छड्के, निर्देशक तहकै कर्मचारीद्धारा मनोमानी

काठमाडौं। स्वास्थ्य राज्य मन्त्री डा. सुुरेन्द्र यादवले स्वास्थ्य सेवा विभागमा छड्के गरेका छन् । छड्केका क्रममा विभागका विभिन्न महाशाखाका निर्देशक तहकै कर्मचारीहरुले मनोमानी गरेको पाइएको मन्त्री डा यादवले बताएका छन्। मन्त्री डा यादवका अनुसार नियम अनुशरण नगरेको, हाजिर नगरेको र लापरबाही ढंगले काम गर्ने गरेको, निर्देशक तहकै कर्मचारीहरुले जथाभावी गरेको देखिएको छ । कतिपय फिल्डमा रहेको कतिपय समय अगावै घर गएको पाइएको छ। केही कर्मचारी भने समय अगावै निस्कने गरेको भेटिएकोले उनीहरुमाथि थप छानवीन गर्न लागिएको बताए । राज्यमन्त्री यादवले विद्युतीय हाजिरीमा आएको र गएको समय समेत भेटिने भन्दै त्यसको सबै विवरण आफूले लिएर आएको बताए ।

जनता बैंकले चार जिल्लामा स्वास्थ्य सिविर सञ्चालन गर्ने, कहाँ कहाँ गर्दै छ ?

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले यसै वर्ष विभिन्न चार जिल्लामा स्वास्थ्य सिविर सञ्चालन गर्ने भएको छ । जनता बैंकले नेपाल नेत्रज्योति संघबीच सम्झौता गरी विभिन्न स्थानमा आँखा शिविरका साथै  स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । सम्झौता अनुसार बैंकले यस वर्ष रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । त्यस्तै, देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरि निःशुल्क आँखा शिविर संचालन गर्ने बैंकले जनाएको छ । शिविरमा मोतिबिन्दुको अपरेशन गर्नु पर्ने बिरामीको निःशुल्क अपरेशन गर्नुको साथै आवश्यक औषधी तथा चश्मा वितरण गरिने छ । स्वास्थ्य शिविरमा आँखा उपचारको साथै स्त्री तथा प्रसूति रोगसँग सम्बन्धि बिरामीको परिक्षण गर्नुको साथै आङखस्ने समस्या भएका महिलाहरुको निःशुल्क अपरेशनको समेत व्यवस्था मिलाइने बैंकले जनाएको छ । उक्त सम्झौतामा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा. डा. तिर्थप्रसाद मिश्रले हस्ताक्षर तथा सम्झौता आदान प्रदान गरेका छन् ।

उपचारको भौतिक पूर्वाधार तयार, रोग लाग्न नदिने उपायका विषयमा गम्भीर : मन्त्री घिमिरे

  काठमाडौं । राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको भन्दै प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले जनाएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयले इटहरीमा आयोजना गरेको तीन दिने कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै नयाँ परिवेशमा जनप्रतिनिधि र कर्मचारीबीच केही मतभिन्नता देखिए पनि हट्दै जाने बताएका छन् । मन्त्री घिमिरेले देशमा स्वास्थ्य उपचारको भौतिक पूर्वाधार तयार गरेको तर रोग लाग्न नदिने उपायका विषयमा गम्भीर हुन सकेनौँ भन्दै अब रोग लाग्न नदिने विषयमा स्वास्थ्य क्षेत्रमा लागेका सबै सक्रिय हुनु आवश्यक रहेको जानकारी दिएका छन् । सङ्घीय, प्रादेशिक र स्थानीय तह सबैले देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता रहेको छ । आन्तरिक मामिला मन्त्रालयका सचिव गोपाल पराजुलीले मानव स्वास्थ्यका क्षेत्रमा देखिएको समस्या न्यूनीकरणमा सम्बन्धीत सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने छ । मन्त्रालयका सचिव हरिप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो तीन दिने गोष्ठीमा मन्त्रालयका निर्देशक मोदराज डोटेलले प्रदेश नं १ को स्वास्थ्य अवस्थाको प्रतिवेदन प्रस्तुत गरेका छन् । रासस