अजोड इन्स्योरेन्स र ग्रान्डि हस्पिटलबीच उपचार सेवामा छुट दिने सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ग्रान्डि इन्टरनेशनल हस्पिटलबीच नगदरहित उपचार सेवा(क्यासलेस) सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक डा.चक्रराज पाण्डे तथा अजोड इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा ग्रान्डि हस्पिटलबाट क्यासलेस अर्थात नगदरहित उपचार सेवा उपयोग गर्न पाउने छन् । अजोड इन्स्योरेन्सले स्वास्थ्य बीमामा जोड दिएको र भविष्यमा धेरैभन्दा धेरै मानिसमा स्वास्थ्य बीमा बारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उक्त सम्झौता गरेको जनाएको छ । इन्स्योरेन्सको विभिन्न हस्पिटलमा उक्त सम्झौता भइसकेको र बाँकी अस्पतालमा पनि छिटै सम्झौता गर्ने कम्पनीले जनाएको छ ।

सिटामोलका लागि सातघण्टा हिड्नु पर्ने स्थानियमा स्वास्थ्यसंस्थासँगै हर्ष थपियो

काठमाडौं । मार्मा गाउँपालिका–६ जन्नीगाउँमा सिटामोलका लागि दैनिक सात घण्टा उकाली ओराली गर्दै लटिनाथ स्वास्थ्य चौकीसम्म झर्नु पर्ने थियो। सिटामोलको लागि घरबाट स्वास्थ्यचौकी पुग्न ओराली दुई घण्टा र उकाली पाँच घण्टा गर्दा झण्डै सात घण्टा धाउनुपर्ने अवस्था अवस्था रहेको थियो । स्थानीय सरकार गठन भएको डेढवर्षमै मार्मा गाउँपालिकाले गाउँगाउँमा सुविधा पुग्नेगरी सामुदायिक स्वास्थ्य एकाई थपेसँगै दुर्गम गाउँका नागरिकले सहज स्वास्थ्य सेवा पाउन थालेका छन् । स्थानीय सरकारले स्वास्थ्यचौकीबाट टाढा रहेका बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ थपेपछि स्थानीयवासीको स्वास्थ्य चेकजाँच गर्ने गरेको छन् । मार्मा गाउँपालिका–६ को विकट बस्ती जन्नीगाउँ, माङदाङ र छिपान बस्तीका लागि माङदाङमा एकाइ स्थापना गरेपछि समस्या समाधान भएको स्थानीयवासीले जनाएका छन् । गाउँमा सिंहदरबार आएको अनुभूति बल्ल गर्न पाएको भन्दै माङदाङमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले उद्घाटन गरेका छन् । सामुदायिक स्वास्थ्य एकाइसँगै सामुदायिक स्वास्थ्य एकाइमा अहेब श्यामसिंह महता र अनमीको रुपमा कान्ती डडाललाई नियुक्त गरिएको छ । दुर्गम बस्तीका नागरिकलाई आधारभूत स्वास्थ्य समस्याबाट वञ्चित नहोस् भन्नका लागि सो एकाइ स्थापना गरिएको छ । गाउँसभाको निर्णय अनुसार स्वास्थ्य एकाइ स्थापना गरिएको हो । भवन निर्माणका लागि यसवर्ष छ लाख बजेट विनियोजन गरिएको छ । चाँडै सामुदायिक स्वास्थ्य एकाइमा बर्थिङ सेन्टर स्थापनाको प्रक्रिया थालिने बताउँदै गाउँपालिकाले प्रसूति गर्न महिलालाई टाढा हिँड्न नदिने लक्ष्य लिएको जनाएको छ । यसैवर्ष गाउँपालिका–१ ताकुमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरि सकिएको छ । आउँदा जाँदा आठ घण्टा बढी लाग्ने ठाउँका नागरिकको लागि सहजताका लागि स्थापना गरिएको हो । ताकुमा स्थापना गरिएको स्वास्थ्य एकाइको भवन निर्माणका लागि यसवर्ष १३ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले हरेकवर्ष दुर्गम बस्तीमा स्वास्थ्य सेवा पर्याउने लक्ष्य राखेको जनाएको छ । यसैवर्ष गाउँपालिका–६ शेरीमा बर्थिङ सेन्टर स्थापना गरिएको मार्मा गाउँपालिका एकाइ प्रमुख चक्रसिंह धामीले बताएका छन् । मार्मा गाउँपालिका केन्द्र लटिनाथमा रहेको स्वास्थ्यचौकीलाई क्रमशःअस्पतालको रुपमा विकास गर्ने प्रक्रिया अगाडी बढेको छ । सुविधा सम्पन्न भवन निर्माण गरिएकाले डाक्टरको खोजी भइरहेको बताइएको छ । गाउँपालिकाबाटै भए पनि लटिनाथमा डाक्टर व्यवस्थापन गरेर मार्मा र अपी हिमाल गाउँपालिकाका लागि सेवा पुग्ने अध्यक्ष धामीको भनाइ छ । रासस

विश्व एड्स दिवसको अवसर पारेर भोली बिभिन्न ठाउँहरुमा एड्स परीक्षण स्टल राखिदै

काठमाडौं। विश्व एड्स दिवस पारेर नेपालले मंसिर १४ गते शनिबार ” एचआईभीको जाँच गराऔं , आफ्नो अवस्था थाहा पाऔं ” भने भुल नाराका साथ ३१ औं विश्व एड्स दिवस मनाउँदै छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयले शुक्रबार अन्र्तक्रिया कार्यक्रम आयोजना गरि हाल नेपालमा एचआईभी संक्रमणको अवस्थाको बारेमा जानकारी गराएको छ। सन् २०१७ को अन्त्य सम्म संसार भर ३ करोड ६९ लाख व्यक्तिहरुका एचआईभी संक्रमण भएको अनुमान गरिएको छ, भने नेपालमा ३१ हजार २० जनामा एचआईभी संक्रमण भएको अनुमान छ । ती मध्ये पुरुषको सख्या १९ हजार बिस र महिलाको सख्या १२ हजार रहेको छ । नेपालमा वयस्क (१५ देखि ४९को उमेर समुहमा) जनसंख्यामा एचआईभीको व्याप्तता दर ०.१५ रहेको छ । नेपालमा करिब ७६ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ । सातै वटा प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व एड्स दिवस मनाईदै छ । सातै प्रदेशका जिल्लाहरुमा करिब २ लाख बराबरको पेष्ट किट वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसतै भोली काठमाडौंको नयाँ बस पार्क , पुरानो बसपार्क , लगनखेल र भक्तपुरको सूर्यविनायकमा एड्स परीक्षणका लागि स्टल राखिने छ ।