सुख्खा बन्दरगाह निर्माणमा ढिलाइ

नेपागञ्ज । वर्षैंपछि बल्लतल्ल बोलपत्र भएको बाँके जिल्लाको संयुक्त जाँचचौकी (सुख्खा बन्दरगाह) निर्माणको काम अभैm शुरु भएको छैन । झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह क्षेत्रमा नेपालका तर्पmबाट सुरक्षाकर्मीको बसोबास र कार्यालय भवनका लागि ५० लाख रुपैयाँमा ठेक्का भएकामा माउण्टेन कैलाश निर्माण कम्पनीसंँग ठेक्का सम्झौता हुन बाँकी नै रहेकाले निर्माणको काम अघि बढ्न नसकेको हो । सम्झौताका लागि कागजी प्रक्रिया अघि बढिरहेकै अवस्थामा कोभिड—१९ को जोखिमपछि जारी लकडाउनले ठेकेदार कम्पनीसंँग सम्झौता रोकिएको आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालको भनाइ छ । बाँके जिल्लाको नेपाल—भारत सीमा क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणको काम अब कहिलेदेखि शुरु हुन्छ भन्ने निक्र्योल लकडाउनपछिको परिस्थितिले तय गर्ने इञ्जिनीयर भुसालले बताए । भारत र नेपालबीच भएको सम्झौताबमोजिम बाँकेको नेपालगञ्ज उपमहानगरपालिका—१६ जयसपुरमा सुख्खा बन्दरगाह बन्न लागेको हो । बन्दरगाह निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमीन अधिग्रहण गरिसकेको छ । अधिग्रहण गरिएको कुल जग्गामध्ये ६७ बिघामा भारत सरकारले कार्यालय, गोदामलगायत संरचना निर्माण गर्ने र बाँकी २४ बिघा जग्गा बाटाका लागि छुट्याइएको इञ्जिनीयर भुसालको भनाइ। नेपालले सुरक्षाकर्मीका लागि केही संरचना निर्माण गर्ने दुई मुलुकबीचको सम्झौतामा उल्लेख छ । सुख्खा बन्दरगाह निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलव्ध गराउने र अन्य काम भारत सरकारका तर्पmबाट हुने सम्झौता भएको हो । नौ वर्षअघि भएको सम्झौता अनुसार सुख्खा बन्दरगाह निर्माण क्षेत्रमा केही कार्यालय संरचनाबाहेक अन्य पूर्वाधार निर्माणका काम भएको छैन । “भारत सरकारले नै बनाउने सम्झौता भएकाले हामी पर्खिबस्नुबाहेक अरु केही गर्न पनि सक्दैनौँ”, इन्जिनीयर भुसालले भने । अनौपचारिक रुपमा थाहा भएअनुसार भारत सरकारले बन्दरगाह निर्माणका लागि अहिले भारु एक अर्ब ३६ छुट्याएको छ । सो बन्दरगाह निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ । सुख्खा बन्दरगाहमा मालसामान आयातनिर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुनेछन् । नेपालका प्रदेश नं ५ तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योगव्यापार बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयातनिर्यातलाई सहज व्यवस्थापन गर्न सुख्खा बन्दरगाह कासेढुंगा सावित हुने विश्वास गरिएको छ । रासस

कोभिड– १९ : विशाल महादेव मूर्ति निर्माण कार्य प्रभावित

पोखरा । पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधिन विशाल महादेवको मूर्ति निर्माण कार्य प्रभावित भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका फैलिएसँगै निर्माणको काम बन्द भएको हो । पुम्दीकोटलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ पुम्दीकोटमा विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन समितिको सक्रियतामा १०८ फिटको विशाल महादेव मूर्तिसहितका संरचनाको निर्माण कार्य अघि बढाइएको थियो । कूल ४० करोड रुपैयाँको लागतमा विशाल मूर्तिसहितका संरचना निर्माण अभियान तीव्र गतिका साथ अघि बढीरहेका अवस्थामा विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङक्रमण भित्रन नदिन गरिएको लकडाउनले सम्पूर्ण काम ठप्प भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । निर्माण कार्यले गति लिइरहेका अवस्थामा एकाएक काम रोकिएको जानकारी दिदै उनले हालसम्म ३५ प्रतिशत काम सम्पन्न भैसकेको बताए । “आगामी बैशाख महिना भित्र विशाल मूर्ति राखीसक्ने समितिको योजना प्रभावित भएको छ,” उनले भने, “यसबीचमा निर्माणाधिन शिवलिङगको काम, मार्बल छाप्ने काम सक्ने लक्ष्य राखेका थियौं सबै रोकिए ।” सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यका रुपमा सूचिकृत गरेको यो ठाउँबाट पोखरा उपत्यकासहित माछापुच्छे, अन्नपूर्ण लगायतका हिमाली दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ । विशाल मूर्ति वरिपरि १०८ शिवलिङ्ग, परिसरमा १०८ स्वर्गद्वारी सिँढी, रुङ्गटा बैकुण्ठ हल, गुरु महाराज आश्रम, स्मृति पार्क, मार्वल, मूर्ति जडान, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थललगायत संरचना निर्माण गर्ने समितिको लक्ष्य अनुरुप केही काम सकिएको र केही निर्माणकै क्रममा रहेको समितिले जनाएको छ । रासस

वाग्मती सरकारको आगामी बजेटको तयारीसम्बन्धी गृहकार्य शुरु

काठमाडौं । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारले आगामी वर्ष ल्याउन लागिएको बजेटमा जनमुखी व्यावहारिक र कषि र उद्योगको उत्पादनलाई कार्यान्वयन गर्नेतर्फ उच्च प्राथमिकता दिने बताए । मन्त्री ढुङ्गेलले वाग्मती सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेटको तर्जुमा गर्न यहाँ प्रदेश नीति योजना आयोगका पदाधिकारी, अर्थविज्ञसँग बजेट तर्जुमाको लागि छलफल र बजेटको मस्यौदा तयारको लागि गृहकार्य भइरहेको जानकारी दिए । आगामी आर्थिक वर्षको लागि प्रस्तुत हुने बजेटमा राष्ट्रिय गौरवको आयोजनालाई प्रदेशको १३ जिल्लामा समानुपातिक ढङ्गले वितरण गर्न ऊर्जा उत्पादन, कृषि सडक खानेपानी, स्वास्थ्योपचार केन्द्रलगायत सर्वसाधारण जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने योजनालाई स्थलगतरुपमा सबल तुल्याउन समीक्षा गरिने पनि बताए । उनले सरकारले चालु आर्थिक वर्षमा ल्याइएको पूँजीगत बजेटमा कूल पूँजीगत बजेटमा १४ प्रतिशत मात्रै खर्च भएकामा कुन कुन कारणले खर्च हुन नसकेको हो भन्नेबारे समीक्षा गरिने र आगामी वर्ष सञ्चालन हुने योजनालाई कार्यान्वयनतर्फ सुदृढ तुल्याउने उपाएको अवलम्बन गरिनेतर्फ पनि विज्ञको सुझाव प्रस्तुत हुने जानकारी दिए । मन्त्री ढुङ्गेलले सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत चालु आवमा प्राथमिकतामा राखिएको हेटौंडाबाट–काठमाडौं सुरुङमार्गको निर्माणलाई उच्च प्राथमिकताको साथ कार्यान्वयन गर्नेतर्फ थप सुझाव समावेश गरिने भने । उनले प्रदेशअन्तर्गतका ११९ स्थानीय तहबाट आएका सुझाव र प्रदेशसभाका सदस्यले सिफारिस गरेका राष्ट्रिय महत्वका आयोजना र योजनालाई क्रमशः समावेश गर्नेतर्फ अध्ययन भइरहेको पनि उल्लेख गरे ।