हरेक वडामा कृषि विकासका लागि कम्मर कसेका छौं- गाउँपालिका अध्यक्ष लामासँगको कुराकानी
वैतेश्वर गाउँपालिका बागमती प्रदेश अन्तर्गतको दाेलखा जिल्लामा पर्ने सुन्दर एवं रमणीय गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिकका साथै प्राकृतिक रूपले पनि फरक विशेषता बोकेको यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै चर्चित छ । ८ ओटा वडा यस गाउँपालिकाको क्षेत्रफल ८० दशमलव ४१ वर्ग किलोमिटरसम्म फैलिएकोे छ । वि.सं. २०६८ सालको जनगणना अनुसार यस गाउँपालिकामा १९ हजार ८ सय ७६ जना मानिसको बसोबास रहेको पाइन्छ । गाउँपालिकाको पूर्वतर्फ जिरी नगरपालिका, पश्चिममा भिमेश्वर नगरपालिका, उत्तरमा गैरीशंकर गाउँपालिका, दक्षिणमा तामाकोशी गाउँपालिका रहेको यो गाउँपालिका जिरी जाने प्रमुख नाका रहेका छन् । गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष छवि लामासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । वैतेश्वर गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ? गाउँपालिले कृषि विकासको लागि विभिन्न कृषि सहयोगका कार्यक्रमहरू ल्याएको छ । गाउँपालिकामा किवी, आलु, कफी खेति, मौरीपालन पनि हुँदै आएको छ । हामीले गाउँपालिकाको प्रत्येक वडालाई पकेट क्षेत्रको रुपमा छुट्याएका छौं । गाउँपालिकामा कृषि समुहको पनि गठन भएका छन् । गाउँपालिका र प्रदेशको सरकारको सहयोगमा कृषकहरूलाई अनुदान दिने व्यवस्था मिलाएका छौं । गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएर व्यावसायिक खेतिको गर्नको लागि कृषकलाई प्रयत्न गरेका छौं । निर्वाह कृषि प्रणालीलाई व्यावसायिक बनाउनु पर्छ भन्ने जोड दिएका छौं । पशुपालनका क्षेत्रका कार्यक्रमहरू पनि अगाडि सारेका छौं । कृषकहरूलाई गाउँपालिकाले प्लास्टिक टनेलहरू अनुदानक रुपमा पनि दिँदै आएका छौं । कृषकहरूका लागि जमिन जोत्ने साधन हाते ट्रयाक्टर पनि अनुदानमा २ वर्ष अघि गाउँपालिकाले वितरण गरेको थियो । अर्गानिक मलको प्रयोग गर्न र रासायनिक मलको अन्त्य गर्न पनि गाउँपालिकालाई कृषकलाई आग्रह गरेको छ । गाउँपालिकाले थोपा सिँचाई क्षेत्रमा पनि प्रयत्न गर्नुपर्छ भन्ने विषयमा सोचेको छ । कृषिमा विभिन्न शिर्षक रहेका छन् । ति शिर्षक अनुसार पालिकाले बजेट पनि छुट्याउँदै आएको छ । विशेष गरेर हामीले तरकारीको, पशुपालनको, फलफूल आदि खेतिको पकेट क्षेत्रलाई छुट्याएर किसानहरूलाई सहयोग पनि गर्दै आएका छौं । आधुनिक कृषि प्रणालिलाई पनि हामीले विशेष जोड दिएका छौं । पालिका भित्र हामीले तरकारी, फलफूल आदिको विउ पनि कृषलाई वितरण गर्दै आएका छौं । वडा-वडामा अब कृषि विकास हुन पर्छ भनेर हामीले जोड दिइरहेका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ? हाम्रो पालिका बढी ग्रामिण क्षेत्र छ । ग्रामिण क्षेत्रको मानिसहरू प्रायः कृषि पेशामा नै आवद्ध छन् । गाउँपालिकामा करिब ७० प्रतिशत मानिसहरू कृषि पेशामा आवद्ध छन् । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई पुरस्कारको व्यवस्था मिलाएका सकिरहेका छैनौं । तर राम्रो तरकारी उत्पादन गर्ने कृषकहरूलाई कृषिका औजारका सामानहरु वितरण गर्दै आएका छौं । तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ? पालिकामा प्रायः सबै ठाउँमा सडक पुगेको छ । गाउँपालिकाका धेरै सडकहरू २०७२ सालको भुकम्पले तहसनहस् भएका थिए । यस्ता सडकहरुको स्तारोन्ती गर्नको लागि केही समय लाग्यो । टोल टोलमा सडक त पुर्यायौं । गाउँपालिका केही ठाउँमा सडक पिच हुन थालेका छन् । सडकहरूको ग्रबेल गर्ने काम पनि गाउँपालिकामा भइरहेको छ । गाउँपालिकाको सडकहरू बाह्रै महिना सञ्चालन हुने अवस्था छ । हामीले गाउँपालिकाको सबै वडमा बिजुली पुर्याउन पनि सफल भएका छौं । तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन विकासको लागि पनि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपुर्ण मानिन्छ । पालिका भित्रको ठाउँ ठाउँमा गुम्बा मठमन्दिरको निर्माण गरेका छौं । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले हाम्रो गाउँपालिका निक्कै सुन्दर रहेको छ । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के-कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? हाम्रो पालिका पहाडी भूभाग भएको कारण हाल कोरोनाको खासै प्रभाव परेको छैन । हालै हाम्रो पालिकाका नागरिक कोरोनाका कारण त्रसित हुनु पर्ने अवस्था छैन । बाहिरी ठाउँबाट मानिहरु पालिका भित्र कमै मात्रका आउने गर्छन् । तर पनि कोरोना संक्रमणबाट बच्न सुरक्षित मापदण्ड अपनाएकै छौं । कोरोना सम्बन्धी सूचना पनि प्रकाशन गरेका छौं । कोरोनाको मापदण्ड अपनाएर नै विकास निर्माणको कामहरू अगाडि बढाएका छौं । स्वास्थ्य मापदण्डहरू अपनाउन लागि हामीले पालिका सबै नागरिकहरूलाई अपिल गरिरहेका छौं । स्वास्थ्यकर्मीहरूलाई पनि कोरोना भाइरसको सम्बन्धी जनाकारी नागरिकलाई गराउनको लागि आग्रह गरेका छौं । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रूपमा जीवन यापन गरिरहेका छन् । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के-कति पुरा भए अनि कति बाँकी छन् नि ? हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम लगभग ८० प्रतिशत सकिसकेका छौं । केही कामहरू त बाँकी छन् । घरघर, टोलटोलमा कालो पत्रे गर्ने काम बाँकी रहेको छ । तर पनि बाँकी रहेका कामहरू पुरा गर्नको हामी लागि परिरहेका छौं । गाउँपालिकामा रहेका ठूला योजना तथा परियोजनाहरू के-के छन् ? ठुला योजनाको रूपमा त सडक सञ्जाल नै रहेको छ । पालिकामा २७ सय किलोमिटर सडकको स्तारोन्ती गरेका छौं । गाउँपालिकाको भवन पनि सम्पन्नहुन लागेको छ । ३ करोड रुपैयाँ बजेटमा गाउँपालिकाको भवन निर्माण सुरु भएको हो । गाउँपालिकाको भवन, वडा कार्यालय बनाउनको लागि हामीले जग्गा खरिद गरेनाैं जग्गाको लागि नागरिकहरूले नै जग्गा दान दिए । नागरिकहरुले जग्गा दान दिएर नै गाउँपाउँपालिकाको भवन र वडा कार्यलय बनाउन सफल भएका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? शैक्षिक क्षेत्रको विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । हाल कक्षा १ देखि १० मा पढ्ने विद्यार्थीको लागि पनि हामीले डे«सको व्यवस्थापन गरेका छौं । गाउँपालिकाको शैक्षिक गुणस्तरमा विशेष पहल गरिरहेका छौं । आधुनिक विद्यालयका भवनहरू पनि पालिकामा बनिरहेका छन् । आधुनिक शिक्षा प्रणालीलाई पनि हामीले ध्यान दिइरहेका छौं । शिक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामीले प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । बेलाबेलामा विभिन्न क्षेत्रका विज्ञहरूबाट शिक्षकहरूलाई तालिम पनि दिँदै आएका छौं । शैक्षिक क्षेत्रको विकासका लागि हामीले केही बजेट पनि छुट्याउँदै आएका छौं । तपाईं आफ्नो कुन कामबाट बढी सुसी हुनहुन्छ ? पालिकामा विकास निर्माणको कामहरु धेरै भएका छन् । तर पनि भएका विकास निर्माणको काममा त म सन्तुष्ट नै छु । पर्यटन, विकास, सडक, बिजुली जस्ता आदि क्षेत्रबाट म त सुसी नै छु । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? पालिकाका धेरै युवाहरू कृषि पेशामा नै लागेका छन् । युवाको सिप विकास गर्नको लागि विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएका छौं । युवाहरू विदेशमा गएर युवाहरू धेरै दुख गर्छन् । आफ्नै पालिकामा काम गर्नको लागि युवाहरू लाज मान्छन् । काम गर्ने युवाहरूको लागि धेरै ठाउँमा अवश्र छ । युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । युवाहरूले व्यवसायिक कृषि खेतिको पनि सुरुवात गरेका छन् । धेरै युवाहरूलाई विदेशको रहर छ । युवाहरूले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । पालिकाले स्थानीय स्रोत र साधनको परिचान कसरी गरिरहेको छ ? पालिकाको धेरै ठुलो स्रोत त छैन । भएका स्रोतको परिचालन गरी विकास निर्माणको कामहरु अगाडि बढाइरहेको छौं । गाउँपालिकामा १५ शैया बेडको अस्पताल रहेको छ । अस्पतालका २ ओटा एम्बुलेन्स छन् । गाउँपालिकालाई समृद्ध बनाउनको लागि के-कस्ता योजनाहरू अगाडि बढाउनु भएको छ ? गाउँपालिकालाई समृद्ध बनाउनको लागि केही योजनाहरू अगाडि सारेका छौं । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य आदिको विकासको लागि केही कार्यक्रहरु बनाएका छौं । गाउँपालिकालाई समद्ध बनाउनको हामीले विशेष जोड दिइरहेका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । अब १ वर्ष बजेटले पालिकाको सबै सडक पिच गर्ने योजान बनाएको छु । कृषि विकासको धेरै बजेट छुट्याएर कृषिको विकास गर्ने योजना पनि रहेको छ । सडकको सञ्जाल नपुगेको ठाउँमा सिडी बनाउने योजना छ । कच्ची भएको सडकहरूको स्तरोन्नति गर्ने हो । त्यसका लागि जनताको चाहना र आवश्यकता पूरा गर्ने लक्ष्य बनाएको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामीले ध्यान दिइरहेका छौं । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनु हुन्छ ? म के भन्न चाहन्छु भने यातायात सञ्चालन नहुने ठाउँमा सिडी पुर्याएर विचार छ । कृषिमा प्याकेजका कार्यक्रहरु राखि युवालाई रोजगारी दिने योजना रहेको छ । गाउँपालिकालाई समृद्ध बनाउनको लागि नागरिक ठुलो भूमिका रहेको छ । स्थानीय स्रोतको परिचालन गरी विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु ।
घोषणापत्रमा उल्लेख गरेका सबै प्रतिवद्धताहरु पुरा गरिसकेँः अध्यक्ष राई
नेपालको प्रदेश १ अन्तर्गत भोजपुर जिल्लाको दक्षिण–पश्चिम भू–भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो रामप्रसाद राई गाउँपालिका । ८ ओटा वडा रहेको यस गाउँपालिकामा १८ हजार ८ सय ८८ जना मानिसको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका क्षेत्रफल १ सय ५६ दशमलव २५ वर्ग किलोमिटरसम्म रहेको छ । यस स्थानीय तहको नामकरण बि.सं. २००७ सालको प्रजातन्त्रिक योद्धा राम प्रसाद राईको नामबाट नामकरण गरिएको छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष विजय राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । गाउँपालिकामा रहेका ठूला योजना तथा परियोजनाहरू के–के छन् ? गाउँपालिकामा धेरै कृषिका योजनाहरु नै रहेका छन् । कृषिको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । हाम्रो गाउँपालिकामा सडक निर्माणको काम पनि भइरहेको छ । हामीले गाउँपालिकाको प्रत्येक वडामा सडक पुर्याएका छौं । अन्य पालिका र सदरमुकामसम्म सडक जोड्नको लागि कुनै समस्या छैन । करिब करिब गाउँपालिका सडकहरू स्तारोन्ती गरेर बिर्खेमा पनि यातायात सञ्चालन हुने अवस्था छ । गाउँपालिकाका धेरै सडकहरू कच्ची छन् । १, २, ३ र ४ नं. वडाहरुमा करिब करिब बिजुली पुगेको छ । ५ र ६ नं वडामा बिजुली पुगेको छ ।७ नं. वडामा पनि बिजुलीको काम भइरहेको छ । वडा नं. ८ मा पनि बिजुलीका पोलहरू पुर्याउने काम भएको छ । संघीय सरकार, विद्युत प्रविधिकरणले गर्ने र हामीले गर्ने काममा समन्वय नभएपछि समस्या हुँदो रहेछ । गाउँपालिकाको विभिन्न खोलाहरूमा निर्माण भइरहेको पुलका कामहरु पनि अन्तिम चरणमा पुगेको छ । हाम्रो गाउँपालिकामा खानेपानीका योजना पनि रहेको छ । वडा नं ४ मा लिफ्टीङ खानेपानी योजनाको काम सकिएर सञ्चालनमा आएको छ । ५ नं. वडामा पनि खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँकी केही वडामा पनि खानेपानीको योजनाका काम रहेका छन् । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ ? शैक्षिक क्षेत्रको विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । हाल हामीले विद्यालय भवनहरू निर्माण गरी डेक्स, बेन्चको व्यवस्थापन गरेका छौं । गाउँपालिकाको शैक्षिक गुणस्तरमा विशेष पहल गरिरहेका छौं । आधुनिक विद्यालयका भवनहरू पनि केही ठाउँमा बनेका छन् । आधुनिक शिक्षा प्रणालीलाई पनि हामीले ध्यान दिइरहेका छौं । शिक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामीले प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । बेलाबेलामा विभिन्न क्षेत्रका विज्ञहरूबाट शिक्षकहरूलाई तालिम पनि दिँदै आएका छौं । शैक्षिक क्षेत्रको विकासका लागि हामीले केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? गाउँपालिकामा स्वास्थ्य केन्द्रहरु रहेको छ । प्रत्येक वडामा स्वास्थ्यका भवनहरू रहेका छन् । स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकतामा नै राखेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलामा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । स्वास्थ्य सेवालाई सहज बनाउनको लागि बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । पछिल्लो पटक स्थापन गरेको वडाहरुमा पनि ३ जना स्वास्थ्यकर्मीहरु राखेका छौं । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् ? हामीले घोषणापत्रमा लेखेका विषय तथा निर्वाचित हुँदा बोले अनुसारका काम लगभग सकिसकेका छन् । केही कामहरु त बाँकी रहेको छन् तर अबको बाँकी रहेको कार्यकालमा यो काम पनि पुरा गरिसक्छु । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? हालै हाम्रो पालिकाका नागरिक कोरोनाका कारण त्रसित हुनु पर्ने अवस्था छैन । बाहिरी ठाउँबाट मानिहरु पालिका भित्र कमै मात्रका आउने गर्छन् । तर पनि कोरोना संक्रमणबाट बच्न सुरक्षित मापदण्ड अपनाएकै छौं । कोरोना सम्बन्धी सूचना पनि प्रकाशन गरेका छौं । कोरोनाको मापदण्ड अपनाएर नै विकास निर्माणको कामहरू अगाडि बढाएका छौं । स्वास्थ्य मापदण्डहरू अपनाउन लागि हामीले नागरिकहरुलाई पनि आग्रह गरिरहेका छौं । पोहोर गाउँपालिकामा कोरोनाको कारण धेरै नागरिकहरू त्रसित भएका थिए । हामीले पनि कोरोना नियन्त्रणको लागि विभिन्न सुरक्षाका मापदण्ड अपनाएको थियौं । अन्तिम चरण आएर अक्सिजन सहितको अस्थायी कोरोना अस्पताल पनि निर्माण गरी सकेका छौं । क्वारेन्टिनमा र आइसोलेसन कक्षको पनि स्थापना गरेका थियौं । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रूपमा जीवन यापन गरिरहेका छन् । तर पनि नागरिकहरू कोरोना देखि सचेत रहन आग्रह गरेका छौं । गाउँपालिकालाई समृद्ध बनाउनको लागि के–कस्ता योजनाहरू अगाडि बढाउनु भएको छ ? गाउँपालिकालाई समृद्ध बनाउनको लागि केही योजनाहरू अगाडि सारेका छौं । पालिकालाई समृद्ध बनाउनको लागि विकास निर्माणको काम नै गर्नुपर्ने रहेछ । १ नं. वडामा सडक भइसकेपछि २ नं. वडामा बिजुलीको आवश्यक पर्ने नै रहेछ । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य आदिको विकासको लागि केही कार्यक्रम बनाएका छौं । गाउँपालिकामा पुल निर्माणको काम पनि भइरहेको छ । तर पनि ठुला ठुला विकास निर्माणको काम गर्नु प¥यो भने अझै पनि समस्या हुने गरेको छ । तपाईंहरुको गाउँपालिका कृषि उत्पादनको लागि महत्वपूर्ण क्षेत्र हो, कृषि विकासका लागि के–कसरी काम गर्दै आउनु भएको छ ? कृषि विकासको लागि हामीले गाउँपालिकामा कृषिका विभिन्न कार्यक्रहरु गर्दै आएका छौं । कृषिका विभिन्न कार्यक्रमहरू गर्दै आए पनि कार्यन्वयन गार्ना समस्या हुने गरेको छ । हाम्रो पालिका विशेष गरी धान, कोदो, मकौ, आदि उत्पादन हुने गरेको छ । यो बर्षबाट, सुन्तला, एवोगाडो, किवी आदिको खेति पनि पालिकामाहुनथालेको छ । हामीले कृषि विकासका लागिचाहे जस्तो काम गर्न सकिरहेका छैनौं । कृषिका प्रविधिकहरु पढेर भन्दा अनुभवले बढि जानकारी हुनु पर्ने हो । कृषि विकासको लागि हामीले गाउँपालिकामा ब्लक र पकेट क्षेत्रहरू पनि छुट्याएका छौं । वडा नं. ५ र ६ मा सुन्तला पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । आँप र लिची पकेट क्षेत्र भनेर वडा नं. ४ को केही भागलाई छुट्याएका छौं । गाउँपालिकामा प्रविधिक जनशक्ति, र प्रविधिक ज्ञान नभएर समस्या भइरहेको छ । पालिकामा आधुनिक खेतिको सुरुवात भएको छ तर त्यसको पद्धति अन्योलमा परिरहेको छ । पालिकामा सुन्तलाको बिरुवा उत्पादन अनुदानबाट नै सुरुवात भएको छ । एवोगाडो खेति प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुरु भइरहेको छ । मौसम प्रतिकुल भएर सुखा खडेरीले गर्दा केही समस्या पनि आएको छ । गाउँपालिकामा तरकारी खेति राम्रो हुने गरेको छ । पालिकामा कृषि समूहहरू पनि गठन भएका छन् । कृषकहरूलाई व्यावसायिक खेति गर्नको लागि आग्रह पनि गरेका छौं । हामीले कृषिमा अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । यहाँका धेरै नागरिकले कृषि पेशा नै अँगालेका छन् । गाउँपालिकामा पशुपालन गर्ने किसानहरू पनि धेरै रहेका छन् । कृषकहरूले यहाँ गाई, भौँसी, बङ्गुर तथा कुखुरापालन पनि गर्दै आएका छन् । कृषिका विभिन्न कार्यक्रमहरू पनि गाउँपालिकामा सञ्चालन हुँदै आएका छन् । कृषिका योजनाहरू पनि हामीले तयार पारेका छौं । कृषिका योजनाहरु तयार गरी पनि कार्यन्वयन गर्ने समस्या भइरहेको छ । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । कतिपय युवाहरू भने वैदेशिक रोजगारीमा गएका छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । प्रतिशतमै भन्नुपर्दा करिब ८० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । राम्रो कृषि उत्पादन गर्ने किसानलाई पुरस्कार दिने व्यवस्था मिलाएको लागि कार्यक्रम चाहिँ गाउँपालिकामा राखेका छौं । तर यसको कार्यान्वयन हुन सकेको छैन । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? हामी युवाहरूलाई कृषि क्षेत्रमा जोडिनको लागि आग्रह गरेका छौं । केही युवाहरू गाईपालन, बाख्रापालन, कुखुरापालन लगायत गर्दै आएका छन् । बाँझो जमिनको उपयोग भनेर हामीले कार्यक्रम ल्याएका छौं । यसको लागि केही बजेट पनि हामीले छुट्याएका छौं भने कृषि शाखा कृषि विकासको लागि राम्रो काम गर्न पनि आग्रह गरेका छौं । गाउँपालिकामा सर्वसाधारणले के कस्ता समस्या लिएर आउँछन् ? गाउँपालिकाको नगरिकहरु प्रायःजसो खानेपानी, बाटोघाटो, घरनक्सा पास, राहत सहयोग, न्याय निरूपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरू लिएर आउने गरेका छन् । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढी रहेका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । पर्यटन विकासमा लागि जोड दिएका छौं । मुख्य योजना भनेकै जनताको आधारभूत आवश्यकतालाई पुरा गर्ने पनि हो । खानेपानीको उचित व्यवस्था गर्ने, सबै वडामा स्वास्थ्य भवनको निर्माण गर्ने, आधारभूत अस्पतालको निर्माण गर्ने, गुणस्तरीय शिक्षामा जोड दिने, पूर्वाधारको विकासतर्फ कम्मर कसेर अघि बढ्ने मैले योजना बनाएको छु । हामीले केही पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामीले ध्यान दिइरहेका छौं । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनु हुन्छ ? यो भूगोलको परिचालन गर्न भनेको नै नागरिकहरूले हो । गाउँपालिकालाई समृद्ध बनाउनको लागि नागरिको ठुलो भूमिका रहेको छ । स्थानीय स्रोतको परिचालन गरी विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु ।
मेरो कार्यकायको सबैभन्दा ठूलो उपलब्धि कृषि विकास नै हो– अध्यक्ष भुजेलसँगको कुराकानी
बुद्धशान्ति गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्र्तगत झापा जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो । पहाडको चिसो सँगसँगै मधेशको सुरुवाती तापको सम्मिश्रण रहेको यो गाउँपालिकामा अनुकूल वातावरण, प्राकृतिक सुन्दरता तथा धार्मिक सहिष्णुता भएकाले एक उपर्युक्त पर्यटकीय गन्तव्य स्थलको रूपमा पनि लिन सकिन्छ । ७ ओटा वडा रहेको यस गाउँपालिकामा ४२ हजार ५ सय २५ जना मानिसको बसोबास रहेको पाइन्छ । यस गाउँपालिका क्षेत्रफल ७९ दशमलव ७८ वर्ग किलोमिटरसम्म रहेको छ । गाउँपालिकाको पूर्वतर्फ मेचीनगर नगरपालिका, पश्चिममा अर्जुनधारा नगरपालिका, उत्तरमा इलाम जिल्ला र त्यसैगरी दक्षिणमा मेचीनगर र अर्जुनधारा नगरपालिका रहेका छन् । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । तपाईंहरुको गाउँपालिका कृषि उत्पादनको लागि महत्वपूर्ण क्षेत्र हो, कृषि विकासका लागि के–कसरी काम गर्दै आउनु भएको छ ? कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । हाम्रो पालिका विशेष गरी धान खेतिको लागि चिनिने गर्छ । हामी कृषकहरुलाई बिषादी मुक्त तरकारी उत्पादनको लागि आग्रह गरेका छौं । कृषकहरुले प्राङ्गारिक मल प्रयोग गरी अर्गानिक तरकारीको उत्पादन गरिरहेका छन् । गाउँपालिकामाकरिव ९५ प्रतिशत कृषकहरुले प्राङ्गारिक मल प्रयोग गर्ने गरेका छन् । हाम्रो पालिकामा बेमौसमी तरकारी खेति पनि हुने गरेको छ । हामीले कृषकहरूलाई प्लास्टिक टनेल, तरकारीका बिउ, आवश्यक प्राङ्गारिक बिषादी पनि वितरण गर्दै आएका छौं । गाउँपालिकाले खरिद गरेर ल्याएको बिउ प्रभावकारी हुन सकेन । त्यसैले किसानले नै बिउ खरिद गरी किसानलाई बिउको रकम पनि दिँदै आएका छौं । गाउँपालिकामा तरकारी खेति राम्रो हुने गरेको छ । कृषकको आवश्यक पर्ने सामानहरू उपलब्ध गराएका छौं । कृषि विकासको लागि हामीले गाउँपालिकामा ब्लक र पकेट क्षेत्रहरू पनि छुट्याएका छौं । पालिकामा कृषि समूहहरू पनि गठन भएका छन् । हामीले कृषिमा अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । कृषकहरूले व्यवसायिक खेतिको पनि सुरुवात गरेका छन् । यहाँका धेरै नागरिकले कृषि पेशा नै अँगालेका छन् । गाउँपालिकामा पशुपालन गर्ने किसानहरू पनि धेरै रहेका छन् । हामी कृषकलाई कृषि औजार वितरण गर्दै आएका छौं । कृषकहरुलाई बेला बेलामा कृषि सम्बन्धी तालिम पनि दिँदै आएका छौं । कृषकहरूले यहाँ गाई, भौँसी, बङ्गुर तथा कुखुराफर्महरू पनि सञ्चालन गर्दै आएका छन् । कृषिका विभिन्न कार्यक्रमहरू पनि गाउँपालिकामा सञ्चालन हुँदै आएका छन् । सिँचाई सम्बन्धी काम पनि गाउँपालिकामा भइरहको छ । कृषिका योजनाहरू पनि हामीले तयार पारेका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । तर पनि पालिकामा रहेको बजारी भेगमा कृषिमा आवद्ध कमै मात्रमा छन् । कतिपय युवाहरू भने वैदेशिक रोजगारीमा गएका छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । प्रतिशतमै भन्नुपर्दा करिब ६० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । यो वर्षबाट राम्रो कृषि उत्पादन गर्ने किसानलाई पुरस्कार दिने व्यवस्था मिलाएका छौं । पहिला हामीले पुरस्कारको व्यवस्था मिलाउन सकेका थिएनौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ ? शैक्षिक क्षेत्रको विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । पहिला शैक्षिक सुधारको लागि गाउँपालिकामा हामीले धेरै काम गर्नुपर्ने भयो । पहिला विद्यालयका भवनहरु थिएनन् । पुराना भवन बाट पानी चुहिने अवस्था थियो । पहिला विद्यार्थीहरु भुइमा बस्नु पर्ने अवस्था थियो । हाल हामीले विद्यालय भवनहरू निर्माण गरी डेक्स, बेन्चको व्यवस्थापन गरेका छौं । गुणस्तरीय शिक्षामा हामी लागि परिरहेका छौं । विद्यालयको व्यवस्थापन भई गुणस्तरीय शिक्षा भएकाले निजि विद्यालयमा भन्दा सरकारी विद्यालयकामा विद्यार्थीहरु संख्या बढि मात्रमा हाल रहेको पाइन्छ । विद्यार्थीको संख्या बढि भएर विद्यालयमा कक्षा कोठा अभाव पनि भएको अवस्था छ । गाउँपालिकामा धेरै विद्यार्थीहरू निजी विद्यालयलाई छाडेर सरकारी विद्यालयमा आइरहेका छन् । हामीलाई यसको व्यवस्थापन गर्न समस्या भइरहेको छ । गाउँपालिकाको शैक्षिक गुणस्तरमा विशेष पहल गरिरहेका छौं । आधुनिक विद्यालयका भवनहरू पनि गाउँपालिकामा बनेका छन् । आधुनिक शिक्षा प्रणालीलाई पनि हामीले ध्यान दिइरहेका छौं । शिक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामीले प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । बेलाबेलामा विभिन्न क्षेत्रका विज्ञहरूबाट शिक्षकहरूलाई तालिम पनि दिँदै आएका छौं । शैक्षिक क्षेत्रको विकासका लागि हामीले केही बजेट पनि छुट्याउँदै आएका छौं । तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ? पालिकामा प्रायः सबै सडकहरू ग्राबेल भएका छन् भने सडक सञ्जाल पनि सबै वडामा पुगेको छ । हाम्रो पालिकामा पूर्वदेखि पश्चिमसम्म खोलाहरू रहेका छन् । नजिकै खोला भएको कारण ग्राबेल गर्नमा खर्च कम हुँदो रहेछ । यस पटक सडक पिच गर्ने भनेर प्रत्येक वडाहरुमा ३० लाख रुपैयाँ बजेट दिएका थियौं । हाल पालिकाको कुनै ठाउँमा पिच भइसेको छ भने कुनै ठाउँमा पिच भइरहेको छ । लगभग गाउँपालिका भित्रका जम्मा ८ किलोमिटर सडक पिच भइसकेको छ । गाउँपालिकाको सडकहरू बाह्रै महिना सञ्चालन हुने अवस्था छ । हामीले गाउँपालिकाको सबै वडमा बिजुली पुर्याउन पनि सफल भएका छौं । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? हालै हाम्रो पालिकाका नागरिक कोरोनाका कारण त्रसित हुनु पर्ने अवस्था छैन । बाहिरी ठाउँबाट मानिहरु पालिका भित्र कमै मात्रका आउने गर्छन् । तर पनि कोरोना संक्रमणबाट बच्न सुरक्षित मापदण्ड अपनाएकै छौं । कोरोना सम्बन्धी सूचनापनि प्रकाशन गरेका छौं । कोरोनाको मापदण्ड अपनाएर नै विकास निर्माणको कामहरू अगाडि बढाएका छौं ।स्वास्थ्य मापदण्डहरु अपनाउन लागि हामीले नागरिकहरुलाई आग्रह गरिरहेका छौं । पोहोर गाउँपालिकामा कोरोनाको कारण धेरै नागरिकहरू त्रसित भएका थिए । हामीले पनि कोरोना नियन्त्रणको लागि विभिन्न सुरक्षाका मापदण्ड अपनाएको थियौं । हामीले क्वारेन्टिनमा र आइसोलेसन कक्षको पनि स्थापना गरेका थियौं । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रूपमा जीवन यापन गरिरहेका छन् । अहिलेसम्म तपाइँले गाउँपालिकामा गरेको सबैभन्दा ठूलो उपलब्धि केलाई ठान्नु भएको छ ? पालिकाको सबै भन्दा ठुलो उपलब्धि कृषि विकासमा नै भएको छ । यहाँका धेरै नागरिकले कृषि पेशा नै अपनाएका छन् । बाख्रापालनमा हाम्रो पालिका धेरै अगाडि रहेको छ । एउटै कृषकले ५ सयसम्म बाख्रापालनगरेका छन् । यहाँका कृषकहरू सुपारी, नरिवल, चिया,मकै लगायत अन्य खेतिमा पनि संलग्न भएको पाइन्छ । हाल धेरै संख्यामा यहाँका कृषकहरू गाई, कुखुरा, सुँगुर आदि जस्ता पशुपालनमा पनि आकर्षित रहेको र उल्लेखनिया मुनाफा आर्जन गरेको पनि पाइन्छ । तपाईहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन विकासको लागि पनि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपुर्ण मानिन्छ । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले हाम्रो गाउँपालिका निक्कै सुन्दर रहेको छ । हाम्रो पालिकाको वडा नं. ७ मा निर्माण भएको भ्युटावर पनि सञ्चालनमा आएको छ । यस भ्युटावरबाट झापा, मोरङ, सुनसरी तथा भारतको विभिन्न भूभागको मनोहर दृष्यावलोकन गर्न पनि सकिन्छ । गाउँपालिकामा फनपार्कको पनि निर्माण भइरहेको छ । देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् भने विदेशी नगरिकहरुको पनि उपस्थिति रहेको पाइन्छ । गाउँपालिकालाई समृद्ध बनाउनको लागि के–कस्ता योजनाहरू अगाडि बढाउनु भएको छ ? गाउँपालिकालाई समृद्ध बनाउनको लागि केही योजनाहरू अगाडि सारेका छौं । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य आदिको विकासको लागि केही कार्यक्रम बनाएका छौं । गाउँपालिकामा पुल निर्माणको काम पनि भइरहेको छ । तराई र पहाडी भूभागसँग जोडिएको कारण खहरे खोला आउने गरेको छ । साना बजेट पुल निर्माण हुँदैन । पुल निर्माण्को लागि धेरै खर्च हुने गरेको छ । गाउँपालिकामा धेरै ठुलो उद्योग पनि सञ्चालनमाछौन । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? विदेशबाट फर्केका युवाहरूलाई सिप विकासको विभिन्न तालिमहरु पनि दिँदै आएका छौं । युवाहरूले गाडी पनि चलाउँदै आएका छन् । हामी युवाहरूलाई कृषि क्षेत्रमा जोडिनको लागि आग्रह गरेका छौं । केही युवाहरू गाईपालन, बाख्रापालन, कुखुरापालन लगायत गर्दै आएका छन् । महिलाहरूलाई कपडा बुनाई, ब्यूटी पार्लर,सिलाईकटाई आदिको पनि तालिम दिँदै आएका छौं । विदेशबाट फर्केका ३ सय जना युवाहरू रोजगारी मुलक बनेका छन् । सीप सिकेर ३ सय जना युवाहरुलाई रोजगारी मिलेको छ । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । पर्यटन विकासमा लागि जोड दिएका छौं । मुख्य योजना भनेकै जनताको आधारभूत आवश्यकतालाई पुरा गर्ने पनि हो । खानेपानीको उचित व्यवस्था गर्ने, सबै वडामा स्वास्थ्य भवनको निर्माण गर्ने, आधारभूत अस्पतालको निर्माण गर्ने, गुणस्तरीय शिक्षामा जोड दिने, पूर्वाधारको विकासतर्फ कम्मर कसेर अघि बढ्ने मैले योजना बनाएको छु । हामीले केही पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामीले ध्यान दिइरहेका छौं ।