युवाको चाहना तथा सीप अनुसारकै रोजगारी दिन प्रयासरत छौं- नगर प्रमुख विष्ट
बागमती प्रदेश अन्तर्गतको मकवानपुर जिल्लामा पर्ने एउटा सुन्दर नगरपालिका हो ‘थाहा नगरपालिका’ । कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित यो नगरपालिका महाभारत श्रृंखलाको मध्य भागमा रमणिय उपत्यकाको रुपमा रहेको छ । यस नगरक्षेत्रको उच्च भागमा रहेको दामन भ्युटावरबाट सर्वोच्च शिखर सगरमाथा सहित २५ भन्दा बढि हिमश्रृंखलाहरु अवलोकन गर्न सकिन्छ । रमाइलो पदमार्ग, शितोष्ण हावापानी, विभिन्न धार्मिकस्थलहरु, प्रशस्त जैविक विविधताजस्ता सम्पदाहरुले थाहा नगरपालिकालाई विशेष बनाएको छ । त्यसैगरी, यहाँको प्रशस्त उर्वर कृषि भुमी त यस क्षेत्रले पाएको वरदान नै हो भन्दा फरक पर्दैन । यस क्षेत्रबाट वार्षिक २ अर्व बरावरको तरकारी देशका प्रमुख शहरहरुका साथै छिमेकी देश भारतमा समेत निर्यात हुने गरेको छ । मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथले यस नगरलाई करिव बिच भागवाट चिर्दै तराईलाई राजधानी काठमाडौसँग जोडेको छ । नगरपालिकामा ठुला योजना तथा परियोजनाहरु के के रहेका छन्, कोरोनाकाल पछि नगरपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ, महामारीले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, नगरपालिकाले रोजगारीका अवसरहरु कसरी सिर्जना गरिरहेको छ भन्ने लगायतका विषयमा नगर प्रमुख लवशेर विष्टसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्: नगरपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ ? कोरोनाले पक्कै पनि असर पुर्याएको छ । सजगता अपनाउँदा अपनाउँदै पनि कोरोनाका कारण यहाँका २ जनाको ज्यान गयो । महामारीका वेला हामीले २० बेडको क्वारेन्टिन र आइसोलेसन निर्माण गरेका थियौं । हाल भने कोरोनाको त्रास हट्दै गएको भान हुँदैछ । स्थिती पहिलेभन्दा सामान्य बन्दै गएको छ । नगरपालिकामा कस्तो किसिमको योजनालाई प्रथमिकता दिएर काम गरिरहनुभएको छ ? गत साल कोरोनाले विकास निर्माणमा ठुलो असर पुर्याएको थियो । कोरोनाको असर भए पनि सामान्य तरिकाले विकास निर्माणको कामलाई अगाडि बढाएका थियौं । हामीले अहिले भौतिक पूर्वाधार लगायत नागरिकका आवश्यकतासँग सम्बन्धित विकास निर्माणलाई जोड दिएका छौं । सडक, विद्युत, खानेपानी लगायतलाई पनि नगरपालिकाले प्रथमिकतामा राखेको छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? हामी अहिले संघियताको पहिलो अभ्यासमा रहेका छौं । पहिले जनप्रतिनिधि नहुने भएको हुनाले कानुन मिलेको थिएन । के-के अधिकार हाम्रा हुन् , के-के अधिकार प्रदेशका हुन् भन्ने कुराहरु छलफल भइरहेको अवस्था थियो । संविधानले तोकेको कुराहरु पनि कसले कसरी प्रयोग गर्ने भन्ने हुन्थ्यो । हाल स्थानीय तह र प्रदेश सरकारबिच राम्रोसँग समन्वय भैरहेको छ । समन्वय गरेरै विकास निर्माणका कामहरु अघि बढाईरहेका छौं । स्थानीय तहमा काम गर्दा मुख्य रुपमा के-कस्ता समस्याहरु आईपर्ने रहेछन् ? स्थानीय तहमा धेरै नै समस्याहरु रहेका छन् । मुल समस्या भनेकै जुन गतिमा विकास हुनुपर्ने हो, त्यो अनुसारको नहुनु नै हो । खानेपानीमा समस्या छ, त्रिभुवन राजपथ छियाछिया परेको छ । खोलाहरुमा पुल निर्माणदेखि लिएर सिँचाइसम्ममा समस्यै समस्या रहेको छ । हामी त्यस्ता समस्याको पहिचान गर्दै त्यसलाई समाधान गर्नेतर्फ केन्द्रीत रहेका छौं । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ नि ? केन्द्र सरकारबाट राम्रै सहयोग मिलेको छ । नगरपालिकालाई बजेट पनि सोचेअनुसारको नै आउने गरेको छ । हाम्रो नगरपालिकामा ९० करोड रुपैयाँ बराबरको बजेट बन्ने गरेको छ । नगरपालिकाले विकास निर्माण गरेका कामहरु कत्तिको प्रभावकारी भएका छन् ? नगरपालिकाले प्रभावकारी काम गरेको छ । योजना कसरी ल्याउने भन्ने विषयमा बनाइएको मोडल अनुसार वडा अध्यक्ष तथा सदस्यहरु गाउँ-टोलमा गएर पहिचान गर्नुहुन्छ । आजसम्म नगरपालिकामा जे-जति विकास निर्माणका काम भएका छन् सबैमा सबैजना सन्तुष्ट भएको पाएको छु । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसके पछि नगरपालिकामा कस्ता परिवर्तन आएका छन् ? म निर्वाचित हुनु अघि बजेटको आकार सानो थियो । काम गर्ने तरिका पनि छिटो छरितो थिएन । नगरिकको माग पनि राम्रोसँग सम्वोधन हुँदैनथ्यो । म निर्वाचित भएपछि विभिन्न क्षेत्रमा सुधार आएको छ । स्वास्थ्य सेवामा पनि परिवर्तन आएको छ । बजेटको आकार सानै भएपनि विकास निर्माणतर्फ सन्तुष्ट गर्ने ठाउँ रहेको छ । तपाईं निर्वाचित भएको ३ वर्ष पुरा हुँदा नगरपालिका भित्र सम्झन लायक काम के-के छन् नि ? खोलामा पुल निर्माण गरेका छौं, घरघरमा खानेपानी पुर्याउने वातावरण बनाएका छौं, आधुनिक कृषि प्रणालीतर्फ नागरिकलाई अवसर प्रदान गरेका छौं, पर्यटन क्षेत्रमा पनि विकास भएको छ, बसपार्कको निर्माण गरेका छौं, हरेक वडामा सडक कालोपत्रे गर्नका लागि कम्मर कसेका छौं, सडकलाई ग्राबेल गरेर यातायातहरु बर्खामा पनि सञ्चालन हुने वातावरण बनाएका छौं, खेल मैदानको निर्माण भईरहेको छ, भुकम्पले क्षति गरेका विद्यालय पुनः निर्माण गरेका छौं, शिक्षा क्षेत्रमा पनि निक्कै परिवर्तन ल्याएका छौं, वडामा एक-एक वटा स्वास्थ्य केन्द्रको स्थापना गरेका छौं, १५ बेडको अस्पतालका लागि टेन्डर प्रकिया अगाडि बढिरहेको छ । तपाईसँग चुनाव लडेका प्रतिस्पर्धीको साथ कस्तो पाइरहनु भएको छ ? मसँग चुनाव लडेका प्रतिस्पर्धीको राम्रै साथ पाइरहेको छु । चुनाव भनेको निर्वाचित भएर आउने एउटा विधि हो । मैले सबै बाट साथ र सहयोग पाइरहेको छु । नगरपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? हामीले केठेश्वर १७ सय मेट्रिक टनको निर्माण गरेका छौं । यस आर्थिक वर्ष भित्र सम्पन्न गर्ने योजना रहेको छ । कोरोनाले गर्दा पनि यसको काममा ढिलाई भएको छ । ११ करोड ४७ लाख रुपैयाँ बराबरको बजेटमा यो काम अघि बढिरहेको छ । २ ठुला पुल निर्माण गरिरहेका छौं । एउटा पुल ५ करोड रुपैयाँको लागतमा र अर्काे पुल ७ करोड ५० लाख रुपैयाँको लागतमा बनिरहेको छ । खानेपानीको एउटा योजना सम्पन्न भएर घरघरमा धारा पुगिसकेको छ । आफ्नो नगरपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हामीले पर्यटन क्षेत्रको प्रचारप्रसारमा बढि जोड दिएका छौं । गाउँघरका सानातिना उत्पादन तथा लोप हुन लागेका समानहरुको प्रचारप्रसार गरिरहेका छौं । सामाजिक अनि धार्मिक क्षेत्रको पनि प्रचारप्रसार गरिरहेका छौं । दामन भ्यु टावरबाट सगरमाथासहित २५ भन्दा बढि उच्च हिमशिखरहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस बाहेक रमाइला पदमार्गहरु, प्रख्यात सिमभन्ज्याङ्ग लगायतले पर्यटकलाई लोभ्याउने हुनाले पनि हामीले यिनको प्रचारप्रसारमा जोड दिएका छौं । कोरोना भाइरसले शैक्षिक क्षेत्रमा पुर्याएको असर तथा हालको शैक्षिक अवस्था वारे बताइदिनुस् न कोरोनाले सबैभन्दा बढि असर शैक्षिक क्षेत्रमा पुर्याएको छ । नगरपालिकामा निजि र सामुदायिक गरी जम्मा ६२ वटा स्कुलहरु रहेका छन् । लकडाउनको समयमा अनलाइन बाट पढाउन सकिन्छ कि भनेर धेरै प्रयत्न गरेका थियौं । सबैका घरमा इन्टरनेट नहुनाले त्यो सम्भव भएन । रेडियोका माध्यम बाट पनि पढाउन थाल्यौं तर त्यो पनि प्रभावकारी भएको थिएन । पछिल्लो समयमा विद्यार्थीहरुलाई विद्यालयमै बोलाएर सामाजिक दुरी कयम गराउँदै पठनपाठन सञ्चालन गरिरहेका छौं । हाल नगरपालिकामा कोरोनाको खासै प्रभाव छैन पनि । नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हाम्रो नगरपालिकामा आलुको धेरै उत्पादन हुने गरेको छ । यसमा प्रधानमन्त्री कृषि आधुनिकिकरण पनि लागु भएको छ । कृषि विकासको लागि नगरपालिकामा रहेको कृषि शाखाले पनि काम गरिरहेको छ । हामीले धेरै मात्रामा हाते ट्रयाक्टरहरु वितरण गरेका छौं । टनेल खेतीलाई विकास गर्नुपर्छ भन्ने ठानेर ५० प्रतिशत अनुदानमा टनेल दिएर प्रोत्साहन गरेका छौं । नेपाल सरकार तथा युएनडीपीको सहयोगमा बजार विकास पनि लागु भएको छ । अनुदानमा नगरपालिकाको नगद दिने कार्यक्रम चाहिँ रहेको छैन । नगरपालिकाले युवाहरुका लागि रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? रोजगारी सिर्जना गर्नका लागि हामीसँग कलकारखाना छैनन् । अहिले हामीले विदेश बाट फर्केका तर रोजगारी नभएकाहरुलाई अनलाइन फर्म भर्न लगाएका छौं । युवाहरुको चाहना तथा सीप उनीहरुसँगै सोधेर कामको अवसर मिलाउने वातावरण तयार गरिरहेका छौं । मानिसहरु नगरपालिकामा प्रायः कस्ता समस्या लिएर आउने गर्दछन् ? मानिसहरु विभिन्न किसिमका समस्या लिएर आउने गरेका छन् । सबैभन्दा बढि त सडकको कुरा लिएर आउँछन् । तपाइँको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? नगरिकको मागलाई सकेसम्म सम्वोधन गर्न प्रयासरत छु । म आफ्नो कार्यकालमा जे-जति पूर्वाधार विकासका कामहरु गर्छु, इमान्दारीतापूर्वक गर्नेछु । कमसेकम यहाँका नागरिकले भोलिका दिनमा पनि मलाई इमान्दारपूर्वक काम गर्ने मान्छेका रुपमा सम्झने गरे भने मेरो लागि त्यही नै सबै भन्दा ठुलो सफलता हुनेछ ।
सबै योजना मन्त्रीज्यूको खल्तीमा जाँदा गाउँपालिकामा समस्या भयोः अध्यक्ष मगर
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण धेरै क्षेत्रमाअसर पुर्याएको छ । यसले स्थानीय तहले गर्ने काम, यसका योजना तथा कार्यक्रममा ठूलो बाधा पुगेको छ । बागमती प्रदेश सिन्धुली जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो तीनपाटन । कोरोनाको समयपछि गाँउपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? गाँउपालिकाका ठुला योजना तथा परियोजनाहरु के के छन् ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो ? भन्नेलगायतका विषयमा सो गाँउपालिकाका अध्यक्ष कर्ण बहादुर मगरसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः गाँउपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ ? गाँउपालिकामा कोरोना भाइरसले ठुलो असर पुर्याएको छ । गाँउपालिकामा एक प्रकारको त्रास पनि फैलियो । गाँउपालिकमा प्रवेश गर्ने नाकाहरुमा हेल्थ डेक्सको पनि स्थपना गर्यौं । भारत लगायत देशबाट आएका व्यक्तिलाई कोरोना पोजेटिभ देखिएको छ । हामीले गाँउपालिकमा राहात प्याकेज पनि वितरण गरेका थियौं । हामीले विभिन्न संघ संस्था, विद्यालयमा स्यानिटाइजर,माक्स पठाएका थियौं । कोरोनाको समयमा विद्यालय बन्द गर्यौं । प्राथमिक स्वास्थ्य क्षेत्रलाई तोकेर वडा अनुसारका विद्यालयमा क्वारेन्टिनको स्थापना गरेका थियौं । कोरोनाको समयमा जस्तो अहिले गाँउपालिकमा डर छैन । कोरोनाको समयपछि गाँउपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? गत आर्थिक वर्षको चैतमा हामीले जब लकडाउन सुरु भएपछि हामीसँग रहेको बजेटलाई पनि गाँउसभा बाट तानेर १ करोड ६० लाख रुपैयाँ पैसा बजेटको रुपमा फिर्ता ग¥यौं । कोरोनाको समयमा यसलाई खर्च गरेर बाँकी रहेका योजना चालु अवस्थामा थियो । हामीले यो काम मेशिनको काम कम गर्ने जनतालाई काम बढी दिने योजना पनि छ । यो वर्ष पनि विकास निर्माणको काममा बढीभन्दा बढि गाँउपालिकाका जनतालाई सेवा दिने काम पनि गरिरहेका छौं । अहिले हामीसँग प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत २ करोड रुपैयाँ बजेट आएको छ । गाँउपालिकमा सडक विकासको हिसाबले एकदमै पछि परेको छ । गाँउपालिकामा रहेको सडक पिच गर्नेको लागि २ वर्ष भित्र केन्द्र सरकार मा पुग्ने छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? स्थानीय तह र प्रदेश सरकारबीचको समन्वयमा पहिला देखिनै दुविधा हुँदै आएको छ । सबै योजना सासंद तथा मन्त्रीज्युहरुको खल्तीमा जाँदा गाउँपालिकामा काम गर्न समस्या भइरहेको छ । गाँउपालिकले कार्यान्वयनका लागि पठाएको योजना एउटा पनि परेको छैन । पार्टीगत आस्थाले नै काम गर्ने वातावरण सिर्जना नै भएको छैन । प्रदेशबाट नै कार्यकर्तामुखि बजेट आउने गर्छ । यसले गाउँपालिकाका योजनाहरु अगाडि बढाउन समस्या नै हुन्छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् ? हामीसँग बजेटको अभाव छ । यसलाई कार्यान्वयन गर्दा सबैको चित्त बुझ्दैन । राजनीतिक चिन्तन नै विकासको ठूलो बाधक बनेको छ । कार्यकर्ताको इच्छामा बजेट आएको हुनाले विकास निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकार गाँउपालिकाको मुख्य सरकार हो । सबै स्रोत बजेट आउने भनेको नै केन्द्र सरकारबाट हो । केन्द्र सरकारले स्थानीय सरकारलाई स्वतन्त्र ढङगले छोडेको छ । स्थानीय सरकारनै बलियो हुनु पर्छ भन्ने केन्द्र सरकारको धारणा छ । केन्द्र सरकारले पठाउने राजस्व बाँडफाँड यी सबै बजेटहरु नियोजित ढङगले, जनसंख्याको हिसाबले भुगोलको हिसाबले बजेट विनियोजन गर्दै आएको छ । गाँउपालिकमा केन्द्र सरकारबाट ६४ करोडको रुपैयाको हाराहारीमा वार्षिक बजेट विनियोजित हुने गरेको छ । गाँउपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के छन् ? गाँउपालिकामा हामीले खुद्रा काम गर्ने थालेका छौं । गाँउपालिकमा ठूला सडकको पिच गर्न सक्ने अवस्था छैन । हाम्रो गाँउपालिका जस्तो भुभाग भएको ठाँउमा १ कि.मि पिच गर्ने ३ करोड ५० लाख रुपैयाँमा खर्च हुन्छ । गाँउपालिकामा ११ वटा वडा छन् । सबै ठाउँमा बिजुलि, सडक चाहिएको छ । गाँउपालिकामा राष्ट्रिय स्तरको नेता नजोडिएकोले पनि ठूला मेगा प्रजेक्टहरु पर्ने सकेको छैन । तर प्रदेश सरकारको ४३ करोड रुपैयाँ बराबरको ठेक्का आव्हान गरेर २४ करोड रुपैयाँमा गाँउपालिकाका जानको लागि १४ कि.मि बाटोको पिच गर्ने काम सुरु भएको छ । गाँउपालिकामा कस्तो किसिमको योेजनालाई प्राथमिकता राखेर काम गरिरहनु भएको छ ? गाँउपालिकाले सडकलाई बढी प्राथमिकता राखेको छ । कृषि क्षेत्रलाई पनि बढी प्राथमिकता दिएको छ । कृषि क्षेत्रलाई पकेट क्षेत्रको रुपमा घोषणा गर्ने र यसलाई ठूलो बजेटको रुपमा बढाउने योजना हाम्रो छ । हाल यिनै विषयहरुलाई प्राथमिकता दिइरहेका छौं । आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ? हाम्रो गाँउपालिकामा धेरै पर्यटक आउने सम्भावना कम भएको ठाँउ हो । गाउँपालिमा एउटा ठुङगरी नदी भन्ने छ । यो स्थानलाई पर्यटक स्थल बनाउने मेरो लक्ष्य छ । जमावती गुफालाई धार्मिक र पर्यटकिय क्षेत्र बनाउनको लागि ५० लाख रुपैयाँ राष्ट्रिय योजना आयोगले बजेट छुट्याएको छ । यसको लागि हामीले टेन्डर आव्हान गर्दैै छौं । ठुलो पर्यटक स्थल बनाउन चाहिँ सम्भावना छैन । कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ? कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पुर्याएको छ । शिक्षा क्षेत्रको सामुदायिक विद्यालयप्रति अभिभावको आकर्षण घटेकोे छ । केहि महिना गाँउपालिकामा रहेका विद्यालयहरु बन्द पनि भएका छन् । कोरोनाले गर्दा शिक्षा क्षत्रलाई सुधार गर्ने धेरै समय लाग्छ । गाँउपालिकामा अनलाइन सिस्टमले पनि पठन पाठन गर्यौं । तर अनलाइन सिस्टम पनि प्रभावकारी बनेन । कोरोनाको प्रभाव नपरेका ठाँउमा सामाजिक दूरी कायम गरी पठन–पाठन सञ्चालन गर्यौं । हाल गाँउपालिकामा कोरोनाको प्रभाव छैन । गाँउपालिकामा रहेका सबै विद्यालयको पठन–पाठन निरन्तर रुपमा सञ्चालन भइरहेका छ । गाँउपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषिमा गाँउपालिकाले अनुदान दिने गरेको छ । कृषकहरुलाई ५० प्रतिशत लगानी गर्नुहोस् हामी गाँउपालिकाको तर्फबाट ५० प्रतिशत अनुदान दिन्छौं भनेका छौं । हामीले अहिले साझेदारीमा कृषि सम्बन्धि काम गरेका छौं । किसानहरु पनि अहिले उत्साहित छन् । कृषि विकास बैंकले पनि कृषकहरुलाई ऋण दिइरहेको छ । प्रदेश सरकारले पनि ३ अर्ब पैसा राखेर कृषि विकास बैंक माफर्त ५ लाख र १० लाख रुपैयाँको ऋण दिइरहेको छ । थेरै भएपनि ३ प्रतिशत ब्याजमा पाउने भएपछि कृषकहरु उत्साहित नै छन् । यसकोे लागि हामीले स्थलगत अनुगमन गरेर मात्र दिने व्यवस्था मिलाएका छौं । मुख्य उत्पादनको रुपमा धान खेति नै छ । कृषिको लागि गाँउपालिकमा रहेका कृषकहरुलाई उन्नत जातका मकै, धान आदिको विउ वितरण गर्दै आइरहेको छौं । कृषि क्षेत्रको लागि गाँउपालिकाले २ करोड रुपैयाँ बजेट छुटाएको छ । गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाँउपालिकामा रहेको जति पनि निर्माण काम भइरहेको त्यसमा युवा स्वरोजगारको फारम भरेर त्यहीँ रोजगारदिलाउने पनि गरेका छौं । युवाहरुलाई कृषि क्षेत्रमा अगाडि सारेका छौं । धेरै मात्रामा युवाहरुको कृषि क्षेत्रमा संलग्नता छ । गाँउपालिकामा मानिसहरु प्रायः के कस्ता समस्याहरु लिएर आउने गर्छन् ? गाँउपालिकामा मानिसका धेरै ठूलो समस्या त रहेको हुँदैन । तर, पनि खानेपानी, बिजुलि, सडक पुगेन जस्ता समस्याहरु लिएर आउने गरेका छन् । तपाइँको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ? मेरो कार्यकालमा गाँउपालिकालाई विकसित बनाउने योजना छ । तर हाल हामी गाँउपालिकाको कार्यालय पनि भाडामा रहेको छ । अब बाँकी रहेको कार्यकालमा विद्युत सबै ठाउँमा पुगिसकेको हुनेछ । सबै वडाका वडा भवनहरु भाडामा नभइकन आफ्नै वडा भवनको निर्माण हुनेछ । सबै वडाका स्वास्थ्य भवनको निर्माण हुनेछ । भौतिक संरचनाको निर्माण पनि गर्ने नै छौं । वडा कार्यालयसम्म जाने सडकको ग्राबेल भइसक्छ । बजारको पनि व्यवस्थापन हुन्छ ।
मेरो कार्यकालमा सबैको घर-घरमा सडक पुग्छः अध्यक्ष केदार क्षेत्री
बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो बलेफी । यो गाँउपालिका पर्यटकीय स्थलको रुपमा पनि चर्चित छ । यो गाँउपालिकाभित्र धर्मिक अनुयायीहरु जस्तै हिन्दु, बौद्ध र क्रिस्चियनहरु बसोबास गर्ने गरेका छन् । यहाँको मुख्य भाषा भनेको नेपाली हो । त्यस्तै तामाङ, नेवारी र अरु भाषा पनि बोलिने गर्दछन् । संघीय राजधानी काठमाडौंबाट करिव ७० किलोमिटरको दुरीमा रहेको यो गाउँपालिकामा खास गरेर २ वटा सिमा रेखा, एउटा सुनकोशी नदि रहेको छ भने अर्काे बलेफी नदी रहेको छ । गाँपालिकामा ठूला परियोजनाहरु के के रहेका छन् ? खेलकुदका योजनाहरु के–के रहेका छन् ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो ? गाँउपालिकाले युवालाई रोजगारीको अवसर कसरी सिर्जना गरिरहेको छ भन्नेलगायतका विषयमा सो गाँउपालिकाका अध्यक्ष केदार क्षेत्रीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः गाँउपालिकामा कोरोनाले के–कस्ता असर पुर्याएको छ, अहिले अवस्था कस्तो छ ? गाँउपालिकामा कोरोना भाइरसले ठूलो असर पु¥याएको छ । खासगरी शिक्षा, स्वास्थ्यमा, मानिसको व्यावसाहिक जिन्दगीमा असर पुगेको छ । कोरोनाको समयमा हामीले २ ठाँउमा क्वारेन्टिन व्यवस्था गरेका थियौं । त्यसै, गरेर हाम्रो प्राथामिक स्वास्थ्य केन्द्र व्यावस्थापन गरेका थियौं । २ सय जनालाई गाँउपालिकाको क्वारेन्टिनमा राखेका थियौं । आइसोलेसनमा पनि केहि मानिसहरुलाई राख्नु परेको थियो । कोरोनाको समयमा सोनिटाइजर, माक्सको प्रयोग गर्नु पर्छ भने चेतनाको विकास भएको थिएन । हामीले माइकिङ्ग गरेर जनचेतना बढाउने काम गर्यौं । गाँउपालिकाको तर्फवाट जनतालाई माक्स सोनिटाइजर, साबुन आदिको वितरण पनि ग¥यौं । साबुन पानीले हात धुनु पर्छ भन्ने चेतनाको अभिवृद्धि पनि ग¥यौं । हाल गाँउपालिकामा कोरोनाको प्रभाव छैन । तर पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर माक्स सेनिटाइजरको प्रयोग गरेर मात्र कामहरुलाई अगाडि बढाइरहेका छौं । कोरोनाको समयपछि गाँउपालिकाले विकास निमार्णको कामहरु कसरी अगाडी बढाइरहेको छ ? विकास निर्माणको काममा कोरोनाले असर पु¥याएको छ । कोरोनाले कषिको काम, पशुपालनको काममा प्रभाव परेको छैन । विकास निर्माणको काममा ढिलाई भयो तर यसमा कोरोनाको प्रभाव परेका छैन । कोरोना जस्ता आपत विपत आइपर्यो भने स्वास्थ्य सेवालाई पूर्व तयारी राख्ख्नु पर्छ भन्ने चोतनाको विकास भएको छ । हाल हामी विद्युत, खोनेपानी, सिचाईको कामहरु गरिरहेका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? सुरुमा क्वारेन्टिन जिम्मा स्थानीय तहले लिनुपर्छ भनिएको थियो । आइसोलेसनमा प्रदेश सरकारले हेर्नु पर्ने भनिएको थियो । कोरोनाको समयमा पनि प्रदेश सरकारले राम्रो भुमिका खेलेका थिएन । कोरोना विरुद्ध जनचेतना अभिबृद्धिको लागि प्रचार प्रसार गर्न प्रदेश सरकारले जम्मा १० लाख रुपैयाँ दिएको छ । कोरोनाको मात्र नभइ अरु कामको समन्वय ठिकै छ । प्रदेश सरकारले राखेका योजनाहरु करिव कार्यन्वयनको तहमा आएको छ । संघीय सरकारको विकास बजेट ५० प्रतिशत पनि खर्च हुने गरेको छैन । प्रदेश सरकारको ७५ प्रतिशत खर्च हुने गरेको छ भने स्थानीय सकारको शतप्रतिशत नै खर्च हुने गरेको छ । यो नतिजाले विकास निर्माणको मुल जिम्मा स्थानीय तहलाई दिनुपर्छ भन्ने देखाउँछ । केन्द्र सरकारले नीतिगत कामहरु गर्ने, विकास निर्माणका कुराहरु सबै प्रदेश सरकारलाई दिनु पर्छ । साना योजनाहरु सबै स्थानीय तहलाई दिनु पर्छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् ? खासमा भन्नुपर्दा केन्द्र र प्रदेश सरकारले जे जस्ता कामहरु गर्छ हामीले पनि त्यस्तै काम गर्नुपर्छ । तर, हामीसँग विज्ञताको अभाव छ । कर्मचारीकै अभाव छ । यस्ता समस्याको सामना हामीले गरिरहेका छौं । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट स्थानीय तहमा त्यति ठुलो सहयोग मिलेको छैन । केन्द्र सरकारबाट बजेट पठाउने वाहेक अरु सहयोग मिलेको छैन । केन्द्र सरकारले करिब ४ सय स्थानीय तहमा एकैचोटि ५ देखि १५ बेडको अस्पताल बनाउने घोषणा ग¥यो । गत मंसिर १५ गते सबै अस्पतालको सिलान्यास पनि भयो । मेरो गाँउपालिकमा प्रथमिक स्वास्थ्य केन्द्र छ, जुन गाँउपालिकाको वडा नं १ मा पर्छ । त्यो भवन भुकम्पपछि बस्न अयोग्य थियो । यो भवन निर्माणको लागि म आफै स्वास्थ्य मन्त्रालय ३ पटक पुगिसकेको छु । एउटाले अर्काेलाई पन्साउने र निर्णय नै नगरिदिने समस्या मैले भोगिरहेको छु । केन्द्र सरकारले अस्पताल निर्माणमा १८ करोड बजेटमा जम्मा एक करोड रुपैयाा मात्र पठाएको छ । पैसा नपठाए पनि टेन्डर खुलाउनेदेखि सबै व्यावस्थापन गाँउपालिकाले गर्न सक्छ । केन्द्र सरकारसँग तुरन्तै निर्णय गर्ने जिम्मा लिने अभिकारीको अभाव छ । केन्द्र सरकारबाट सशर्त र निशर्त भनेर दुई खालको बजेट आउने गरेको छ । एउटा शिक्षकको तलब र अर्काे कर्मचारी बजेट भनेर बर्षमा १५ करोड रुपैयाँ बजेट आउने गरेको छ । गाँउपालिकाको विभिन्न ठाँउमा कच्ची बाटोहरु छन् । कच्ची बाटोलाई १२ माहिना सञ्चालन गर्नेको लागि र यसलाई स्तरोन्नति गर्नको लागि धेरै बजेट आवश्यक पर्छ । पैसा भने केन्द्र सरकारबाट १५ कारोड रुपैयाँ मात्र आउने गरेको छ । यस्ता समस्या अन्य क्षेत्रमा पनि छन् । कस्ता किसिमको योजानालाई प्रथमिकता राखेर काम गरिरहनु भएको छ ? गाँउपालिकमा बजेटको आकार हेर्ने हो भने हामीले सडकलाई नै प्रथमिकता दिएका छांै । शिक्षा र स्वास्थ्यलाई पनि प्रथमिकतामा नै राखेका छौं । गाँउपालिकमा रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सकिन्छ कि भन्ने बारेमा पनि हाम्रो प्राथमिकता छ । विशेष गरेर शिक्षाको विकासबिना कुनै पनि प्रकारको चेतनाको विकास हुँदैन भनेर शिक्षालाई विशेष जोड दिएका छौं । खानेपानी र विद्युतमा पनि प्राथमिकता राखेका छौं । कोरोना भाइरसले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । लकडाउनको समयामा नियमित पठन पाठन सञ्चालन गर्ने नसकेकोले हामीले ८ महिना विद्यालय बन्द गर्यौं । लकडाउनको समयमा पनि अध्यापनलाई निरन्तरता दिनको लागि ३ वटा विधि अगाडि बढायौं । गाँउपालिकामा रहेको अधिकांश भुभाग ग्रमीण भेग रहेको छ । अनलाइनबाट पनि हामीले पठनपाठन सञ्चालन गरायौं । बजारमा रहेका विद्यार्थीलाई अनलाइनबाट पढायौं । अनलाइन शिक्षा पनि प्रभावकारी बन्न सकेन । अनलाइन शिक्षा सिमित विद्यार्थीहरुको लागि मात्र भयो । रेडियोबाट पनि शिक्षा सिकाइ प्रक्रिया भएको थियो । रेडियोबाट पनि शिक्षा प्रभावकारी बन्न सकेन । कोरोनाले गर्दा वालवालिकाको मनोविज्ञानमा पनि असर पुर्यायो । अबको समयमा कोरोनको प्रभाव शिक्षा क्षेत्रमा छैन । गाँउपालिकामा रहेको सबै विद्यालयका पठन पाठन सञ्चालन निरन्तर रुपमा अगाडी बढिरहेको छ । गाँउपालिकामा ४ वटा मावि छन् । १ देखि १० सम्म कक्षाहरु सञ्चालन भएक छन् । तर, दरबन्दीको हिसावले हेर्ने हो भने मावि तहमा पढाउने शिक्षक एक जना पनि छैनन् । निमावि तहको शिक्षक र आधारभुत तहको शिक्षकले १० कक्षासम्म पढाउनु पर्ने वाध्यता छ । गाँउपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? गाँउपालिमा रहेको स्थानीय तह करीब करीब २० वर्षपछि गठन भएको हुनाले हाम्रो भैतिक संरचनाहरु थिएनन् । वडा कार्यलय भवन थिएनन् । भवनहरुको निर्माणको लागि धमाधम काम हुँदैछ । एउटा वडा भवन बनाउन मात्रै पनि ७० लाख रुपैयाँसम्म बजेट चाहिन्छ । गाँउपालिकमा जम्मा ८ वटा वडा रहेका छन् । स्वास्थ्य चौकीहरु बनाउन ७० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म आवश्यक पर्छ । केही सडक कालोपत्रे गर्ने काम सुरु गरेका छौं । यसपालि हामीले २ वटा बाटो कालोपत्रे गर्न सुरु गरेका छौं । बलेफीदेखि जलबिरे जाने एउटा सडकको लागि २९ करोड रुपैयाँ केन्द्र सरकारले दिएको छ । यसको टेन्डर भएको ४ महिना पुरा भई सक्यो । तर, यो अझै प्रकियामा नै गएको छैन । आफ्नो गाँउपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ? गाँउपालिका काठमाडौंदेखि करिव ७० किलोमिटरको दुरीमा छ । खासगरेर गाँउपालिकाको २ वटा सिमा रेखा एउटा सुनकोशी नदी छ भने अर्काे बलेफी नदी छ । हाम्रो गाँउपालिकामा काठमाडौंबाट विदाको समयमा गएर शनिबार बसेर आईतबार अफिस भ्याउन सक्छन् । थेरै रकमा धेरै मनोरञ्जन पनि पाउन सकिन्छ । गाँउपालिकामा रहेको भोटेकोशी संसारमा रहेका ‘ह्वाइट रिभर’को नामले चिनिन्छ । संसारको एउटा आकर्षक रुपमा चिनिने यो नदी हाम्रो गाँउपालिकामा नै रहेको छ । यो नदीमा र्याफटिङ्ग हुने गरेको छ । यसलाई पनि हामीले प्रचार प्रसार गरिरहेका छौं । कोभिडको कारण पर्यटन क्षेत्र पनि पछि परेको छ । काठमाडौंमा धेरै जनसंख्या रहेको छ । काठमाडौंवाट नै घुम्नको लागि यो गाँउपालिकामा आउनेको संख्या ठूलो हुन्छ । आन्तरिक पर्यटनको सम्भावना ठूलो छ । भर्खरै खुलेको जुगल हिमाल आरोहण गर्ने बाटो यही गाँउपालिकाको वाटो भएर जानु पर्छ । यसको प्रचार प्रसार गर्ने सक्यौं भने वाह्य पर्यटन पनि धेरै ल्याउन सकिन्छ । यहाँ पुराना मठ मन्दिर, गुम्वा पनि रहेका छन् । यसको पनि हामीले प्रचार प्रसार गरिरहेका छौं । हामीले पर्यटनको लागि होमस्टेको पनि व्यवस्थापन गरेका छौं । १० लाख रुपैयाँमा लगानीमा हामीले होमस्टेको पनि सञ्चालन गरेका छौं । गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाँउपालिकाको मात्र नभई देशको नै मुख्य समस्या भनेको नै बेरोजगारीको हो । शिक्षित जनशक्तिको लागि पनि रोजगारीको पर्याप्त अवसर छैन । यो गाउँपालिकामा जलविद्युत कम्पनीहरु आएका छन् । युवालाई त्यसमा उपयुक्त हुने खालका तालिमहरु दिने गरेका छौं । सिलाई कटाइका तालिम दिने, तालिम मात्र दिने होइन, सिकेको सिपलाई काममा उतार्नको लागि रकमको माग गर्नु भयो भने २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म दिने गरेको छौं । युवाहरुको लागि हामीले विभिन्न सिपयुक्त तालिमहरु प्रदान गरिरहेका छौं । गाँउपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि उत्पादनमा केही समस्या छ । चाहिएको समयमा मल नपाउने, विउ नपाउने समस्या छ । त्यसैले विउ भन्डारण गर्ने व्यवस्था मिलाएका छौं । सहकारीको विकास गरेका छौं । हामीले अनुदान दिने र समयमा मल ल्याउनको लागि प्रयत्न गरेका छौं । यस्तै, वन्यजन्तुको संख्या बढिरहेको छ । वन्यजन्तुले कृषकले उत्पादन गरेको तरकारी नस्ट गरिदिने गरेको छ । पशुपालनको कुरालाई पनि हामीले अगाडी सारेका छौं । युवाले बाख्रा, कुखुरा पालन सुरु गरेका छन् । हामीले बाख्रा पालन गर्नेलाई खोर व्यवस्थापन भनेर २५ हजार रुपैयाँ दिने गरेका छौं । २ वटा भैसी पालन गर्ने कृषकलाई १ वटा भैसी बराबर २० हजार रुपैयाँ अनुदान दिने व्यवस्था मिलाएका छौं । कृषिको लागि ढुवानी खर्च अनुदान दिने गरेका छौं । गाँउपालिकामा मानिसहरु प्रयाः कस्ता समस्याहरु धेरै लिएर आउने गर्दा रहेछन् ? गाँउपालिकामा मानिसहरु धेरै समस्याहरु लिएर आउने गरेका छन् । सेवा प्रवाहमा समस्या रहेको छ । गाँउपालिकामा मानिसले सडक राम्रो चाहियो भन्छन् । मुख्य समस्याको रुपमा बेरोजगारीे समस्या छ । तपाईंको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ? गाँउपालिकामा रहेका नागरिकलाई उन्नति प्रगति गर्ने, समृद्ध बनाउने अभियानमा हामी लागेका छौं । भौतिक पूर्वाधार निर्माण पनि गररिहेको छौं । गाँउपालिकमा रहेका सबै वडामा विद्युत पुगेको छ । सबै घर घरमा सडक पुगोस् भन्ने योजना मेरो रहेको छ । गाँउपालिकमा रहेका हरेक स्वास्थ्यचौकी सञ्चालमा रहेका छन् । मैले धेरै विकास निर्माण गर्न चाहेको छु तर सिमित बजेटको कारण ढिलाई भएको छ ।