३ वर्ष अगाडि साइकल पनि नचल्ने बाटाहरु अहिले पिच भएका छन्ः उपाध्यक्ष खत्रीसँगकाे कुराकानी

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो राप्ती सोनारी गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । ९ ओटा वडा रहेको यस गाउँपालिका १० हजार ४१ दशमलब ७३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । गाउँपालिका भित्र ५९ हजार ९ सय ४६ जनाको बसोबास रहेको छ । गाउँपालिकाको पूर्वतर्फ दाङ जिल्ला, पश्चिममा कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिका, उत्तरमा दाङ र सल्यान जिल्ला एवं दक्षिणमा नरैनापुर गाउँपालिका र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्रीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । सर्वप्रथम कृषिबाटै सुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्र तर्फ के–कस्ता कामगरिरहेको छ ? हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशिल भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । हामीले गाउँपालिकामा पशु र कृषिलाई नै प्राथमिकतामा राखेका छौं । कृषिका योजनाहरू पनि हामीले तयार पारेका छौं । भूगोल अनुसारको पकेट क्षेत्र पनि गाउँपालिकामा छुट्याएका छौं । पकेट क्षेत्र अनुसारको कृषिमा बजेट पनि विनियोजन गरेका छौं । धानको विउ पनि विक्री हुँदै छ । कृषकलाई कृषि अनुदान दिने व्यवस्था मिलाएका छौं । कृषि औजारको पनि हामीले कृषकलाई वितरण गर्दै आएका छौं । कृषको आवश्यकता अनुसार कृषिका औजारहरु पनि वितरण गर्दै आएका छौं । किटनाशक औषधी पनि वितरण गर्दै आएका छौं । बेला बेलामा कृषकलाई कृषि सम्बन्धी तालिम पनि दिँदै आएका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा कृषक समुहहरुको गठन भएको छ । कुखुराको अन्डा, दुध, मकै, धानको उन्नत बिउ र घाँसको बिउ आदि उत्पादनमा पनि हाम्रो गाउँपालिका आत्मनिर्भर रहेको छ . गाउँपालिकामा गाई, भैँसी, बङगुर, कुखुराकाफर्महरू पनि सञ्चालनमा आएका छन् । विभिन्न जातका धानको बिउ समेत गाउँपालिकामा उत्पादन हुने गरेको छ । कृषि विकासका लागि गाउँपालिकाले विभिन्न किसिमका कार्यक्रमहरू गर्दै आएका छौं । कृषिको लागि मलको व्यवस्थापन गर्ने काम हामीले गरिरहेका छौं । सिचाई सम्बन्धी काम पनि गाउँपालिकामा भइरहको छ । गाउँपालिकामा रहेका ठूला आयोजना तथा परियोजनाहरू के–के छन् ? गाउँपालिकामा कृषिका आयोजनाका कामहरु नै रहेका छन् । कृषिको लागि बजेट पनि छुट्याएका छौं । धेरै विकास निमाणको कामहरु त सम्पन्न भइसकेको छ तर थप योजना बनाउने तयारीमा छौं । हाम्रो गाउँपालिकामा सडक निर्माणको काम पनि भइरहेको छ । हाम्रो गाउँपालिकामा स्कुलका भवन, वडाका भवन निर्माणको कामहरु पनि भइरहेको छ । हामीले गाउँपालिकाको प्रत्योक वडामा सडक पुर्याएका छौं । सडकको पिच गर्न सुरु गरेको छौं । गाउँपालिकाको प्रत्येक घरमा बिजुली बाल्न पनि सफल भएका छौं । हामी गाउँपालिका भित्रका सबै घरमा खानेपानी पनि पुर्याएका छौं । बेरिङ स्टमबाट पनि खानेपानी निकालेका छन् । खानेपानी सुद्ध गर्नेको लागि फिल्टर पनि वितरण गरेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? शैक्षिक विकासको लागि पनि हामीले धेरै काम गर्दै आएका छौं । शैक्षिक विकासको लागि हामीले ५ करोड ५० लाख रुपैयाँ बजेट छट्याएका छौं । गाउँपालिकामा शैक्षिक क्षेत्रलाई पनि प्रथामिकतामा नै राखेका छौं । बाल विवाह नियन्यत्रणको लागि तालिम पनि सञ्चालन गरेका छौं । गाउँपालिकामा साक्षरता मुक्त घोषणा पनि भइसकेको छ ।  हामीले शिक्षा क्षेत्रमा आएका समस्याहरू समाधान गरेर पनि अगाडि बढिरहेका छौं । पहिलेको तुलनामा त गाउँपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन आएको छ । गाउँपालिकामा केही विद्यालयका भवनहरु निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिइरहेका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि समय–समयमा छलफल पनि गरिरहेका हुन्छौं । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता आयोजनाहरू बनाएको छ ? खेलकुद विकासको लागि खेल मैदानको व्यवस्था गरेका छौं । विद्यालयको तर्फबाट अध्यक्ष कप भनेर गरिएको खेलकुद प्रतियोगिता भएको थियो । खेलकुलको लागि हामीले बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा खेलकुद समितिको पनि गठन गरेका छौं । खेलकुदका औपचारिक कार्यक्रम कसरी अगाडि बढाउने भनेर छलफल गरिरहेका हुन्छौं ।राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता तथा वडागत खेलकुद प्रतियोगिता पनि गाउँपालिकामा हुने गरेको छ ।  गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल, क्रिकेट लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाउँपालिकाका धेरै युवाहरू कृषि पेशामा नै लागेका छन् । युवाहरुले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । काम गर्न चाहने युवाहरू खासै बेरोजगार हुनु परेको छैन । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर पनि छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । हामीले युवालाई सिप विकास तालिम दिँदै आएको छौं । गाउँपालिकामा सर्वसाधारणले के कस्ता समस्या लिएर आउँछन् ? गाउँपालिकाका नागरिकहरु प्रायःजसो खानेपानी, बाटोघाटो, घरनक्सा पास, राहत सहयोग, न्याय निरूपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरू लिएर आउने गरेका छन् । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढी रहेका छौं । तर पनि नागरिको आवश्यकता पुरा गर्न पनि हामी खटिरहेका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? हामीले पालिकास्तरको योजना तयार परेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । पूर्वाधार विकासको कुरामा पनि हामी अगाडि बढिरहेका छौं । पालिकामा हामीले खुल्ला दिशामुक्त घोषणा पनि गरेका छौं । चुनाबको बेलामा भोट माग्दा साइकल पनि न हिडने सडकहरु हाल पिच हुन थालेका छन् ।

कोभिड–१९ को दोस्रो वेबः काम लाग्न सक्छ स्थानीय तहको पोहोरको अनुभव

काठमाडौं । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर नेपालमा फेरि पनि बढ्न थालेको छ । गत वर्षको सुरुदेखि नै नेपालमा संक्रमण बृद्धि हुन थालेको कोरोना भाइरसको दोस्रो वेब नेपालमा सुरु भइसकेको चर्चा गर्न थालिएको छ । गत वर्षको सुरुदेखि नै नेपालमा फैलिएको कोरोना भाइरसले फेरि त्रासदी सिर्जना गरेको छ । संक्रमण दर कम गर्न भन्दै सरकारले २०७६ साल चैत ११ गतेदेखि देशव्यापी लकडाउन सुरु गर्दा सबैको मनमा त्रास थियो । लकडाउनको असर कस्तो होला ? कोभिडबाट कसरी बाच्ने जस्ता प्रश्नहरु सबैको मानको खेलिरहेको थियो । महामारी नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी काम स्थानीय तहहरुले गरेका थिए । प्रायः सबै स्थानीय तहले क्वारेन्टिन र आइसोलेसन कक्ष स्थपना गरेका थिए भने संकास्पद व्यक्तिको निःशुल्क कोरोना परीक्षण गर्ने व्यवस्था पनि मिलाएका थिए । यस्तै, स्थानीय तहहरुले कोरोना कोष छुट्टयाई गरिब परिवार र आर्थिक स्थिति कमजोर भएका परिवारलाई राहत प्याकेज वितरण गरेका थिए । कतिपय स्थानीय तहहरूले आफ्नो क्षेत्रमा प्रवेश गर्ने नाकाहरूमा हेल्थ डेक्सको पनि स्थापना गरेका थिए । एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न पनि रोकिएको थियो । कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि स्थानीय तहहरुले राम्रो ज्ञान र अनुभव हासिल गरेका छन् । ती स्थानीय तहहरुले महामारी नियन्त्रण र रोकथामको लागि गत वर्ष के कसरी व्यवस्थापन गरेका थिए ? केही गाउँपालिकाहरुले आफ्नो अनुभव सुनाएका छन् । बागमती प्रदेश अन्तरगत रसुवा जिल्लामा पर्ने नौकुण्ड गाउँपालिकाले ५० बेडको क्वारेन्टिन स्थापना गरी व्यवस्थित आइसोलेसन कक्षको पनि स्थापना गरेको थियो । तर, सो पालिकाको आइसोलेसन सेन्टरमा कसैलाई राख्नु परेको थिएन । सो गाउँपालिकाले सबै विद्यालयहरु बन्द गराएको थियो भने विकास निर्माणका कामहरु ठप्प भएका थिए । गाउँपालिका प्रवेश गर्नेहरुलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टिनमा राखिएको अध्यक्ष नुर्वु स्याङ्वो घले बताउछन् । प्रदेश १ अन्तरगत संखुवासभामा पर्ने सभापोखरी गाउँपालिकाले ४० जनासम्म राख्न मिल्ने क्वारेन्टिन स्थापना गरेको थियो भने १४ बेडको आइसोलेसन कक्ष निर्माण गरेका थियो । आपतकालिन अवस्थामा खर्च गर्न मिल्ने गरी ३० लाख रुपैयाँको कोरोना कोष पनि स्थापना गरिएको थियो । विद्यालय, बजार, शैक्षिक संस्था लगायत सबै गतिविधि बन्द गरिएको थियो । विकास निर्माणका काम रोकिएका थिए । संक्रमितको उपचारको लागि आवश्यक जनशक्ति र उपकरणको अभाव भएकोले जिल्ला सदरमुकाम खादबारी पठाइएको अध्यक्ष रतनबहादुर सुब्बा बताउछन् । सो पालिकाबाट सदरमुकाम खादबारी नजिकै पर्छ । बागमती प्रदेश अन्तरगत रामेछाप जिल्लामा पर्ने गोकुलगंगा गाउँपालिकाले ३० बेडको क्वारेन्टिन र ५ बेडको आइसोलेसन कक्ष बनाएको थियो । पालिकाभन्दा बाहिरबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा बसेका व्यक्तिहरुलाई पीसीआर चेक गरेर मात्र घर पठाइएको थियो । सो पालिकामा पनि सबै गतिविधि बन्द गरिएको पालिकाले जानकारी दिएको थियो । बागमती प्रदेश अन्तरगत सिन्धुपाल्चोक जिल्लामा पर्ने बाह्रविसे नगरपालिकाले ८० बेडको क्वारेन्टिन र ५० बेडको आइसोलेसन कक्ष बनाएको थियो । गत वर्ष सो नगरपालिकामा २८ जनालाई आइसोलेसनमा राख्नु परेको थियो । लकडाउन भएको समयमा नगरपालिका भित्रका विद्यालय, बजार, विकास निर्माण लगायतका गतिविधि बन्द भएका थिए । बागमती प्रदेश अन्तरगत ललितपुर जिल्लामा पर्ने बागमती गाउँपालिकाका सर्वसाधारणका साथै केही कर्मचारीहरुलाई पनि कोरोना संक्रमण देखिएको थियो । सो समयमा गाउँपालिकाको हरेक वडामा १० देखि १५ बेडको क्वारेन्टिन बनाएको थियो । बागमती प्रदेश अन्तरगत नुवाकोट जिल्लामा पर्ने शिवपुरी गाउँपालिकाले ८ बेडको आइसोलेसन कक्ष बनाएको थियो । गण्डकी प्रदेश अन्तरगत म्याग्दी जिल्लामा पर्ने धवलागिरी गाउँपालिकाले पनि क्वारेन्टिन तथा आइसोलेसन कक्ष स्थापना गरेको थियो । सो वेला बाहिरी जिल्लाबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको थियो । बागमती प्रदेश अन्तरगत सिन्धुली जिल्लामा पर्ने तीनपाटन गाउँपालिकाले प्रवेश गर्ने नाकाहरुमा हेल्थ डेक्सको स्थापना गरेको थियो । गाँउपालिकले नागरिकलाई राहत प्याकेज पनि वितरण गरेका थियो । गाउँपालिकाले विभिन्न संघ संस्था, विद्यालयमा स्यानिटाइजर, माक्स वितरण गरेको थियो । कोरोनाको समयमा गाउँपालिका भित्रका सबै विद्यालय बन्द भएका थिए । प्राथमिक स्वास्थ्य क्षेत्रलाई तोकेर वडा अनुसारका विद्यालयमा क्वारेन्टिनको स्थापना गरिएको थियो । प्रदेश १ अन्तरगत भोजपुर जिल्लामा पर्ने षडानन्द नगरपालिकाले कोरोना संक्रमण शंका भएका व्यक्तिलाई पीसीआर परीक्षण गरेर आइसोलेसनमा राखेको थियो । बाहिरी जिल्लाबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टिनमा राखेर घर पठाइएको थियो । यस्तै, नगरपालिका प्रवेश गर्दा माक्स, सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको थियो भने लकडाउनको समयमा राहत प्याकेजहरु वितरण भएको थियो । गरिब परिवार र आर्थिकस्थीति कमजोर भएका परिवारलाई नगरपालिकाले एक परिवारलाई १ बोरा चामल, ३ केजी नुन, २ लिटर तेल वितरण गरेको थियो ।

बालशिक्षा पढाउने शिक्षिकाहरुलाई पुरस्कारस्वरुप हरेक वर्ष १० हजार रुपैयाँ दिने गरेका छौं – गाउँपालिका अध्यक्ष सिटौला

आठराई त्रिवेणी गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ जिल्लाको दक्षिण भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । ८८ दशमलव ८३ वर्ग किलोमिटर क्षेत्रफलसम्म फैलिएको यस गाउँपालिकामा १३ हजार ७ सय ८४ जनाको बसोबास रहेको छ । गाउँपालिकाको पूर्वतर्फ याङ्गवारक गाउँपालिका र पाँचथर जिल्ला पश्चिममा मैवाखोला गाउँपालिका, उत्तरमा फुङ्लिङ नगरपालिका एवं दक्षिणमा तेह्रथुम जिल्ला रहेका छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौलासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । सर्वप्रथम कृषिबाटै शुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्र तर्फ के–कस्ता काम गरिरहेको छ ? कृषि विकासका लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । हाम्रो गाउँपालिकामा ५ ओटा वडा रहेका छन् भने वडा अनुसारको पकेट क्षेत्र छुट्याएर कृषि विकासको लागि काम गरिरहेका छौं । गाउँपालिकामा अलैँची, कागती, कफी, किवी आदि उत्पादन हुने गरेको छ । वडा नं १ लाई कफी र सुन्तला पकेट क्षेत्र, २ नं. वडालाई सुन्तला, कागती तथा अलैँची पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । वडा नं ३ लाई कफी, अलैँची तथा सुन्तला पकेट क्षेत्रका रुपमा, ४ नं. वडालाई किवी तथा अलैँची पकेट क्षेत्रका रुपमा छुट्याएका छौं भने वडा नं ५ लाई चाहिँ कफी तथा सुन्तला पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । हामीले यो आर्थिक वर्ष देखि कृषकलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । हामीले सुन्तला, कागती, कफीका बिरुवाहरू पालिकामा उत्पादन गरेर कृषकलाई निःशुल्क वितरण पनि गर्दै आएका छौं । गाउँपालिकाले नै किवीको बिरुवा खरिद गरेर ४ वडाका कृषकलाई वितरण गरेका छौं । आलु उत्पादन गर्ने कृषकलाई पनि हामीले आलुको विउ वितरण गरेका छौं । हामीले किसानको माग अनुसारको बिउ उपलब्ध गराएका छौं । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यावसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ८० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । किसानले यदी अर्काको जग्गा कमाएर ३० मुरी धान उत्पादन गर्छन् भने त्यस्ता किसानलाई नगद पुस्कार दिने व्यवस्था गरेका छौं । तर यो व्यवस्था भने १ र ३ नं वडामा मात्र लागु भएको छ । गाउँपालिकामा रहेका ठूला आयोजना तथा परियोजनाहरू के–के छन् ? हाम्रो गाउँपालिकामा धेरै योजनाहरू सडक निर्माणको नै रहेको छ । ठुलो बजेट पनि सडक निर्माणतर्फ नै छुट्टिएको छ । धेरै नागरिकको माग पनि यही विषयमा नै हुने गरेको छ । गाउँपालिकाको कुल बजेटमध्ये ४० प्रतिशत बजेट सडक निर्माणमा रहेको छ । वित्त व्यवस्थापनमा पनि हामीले केही रकम छुट्याएका छौं । यो आर्थिक वर्षमा कोभिड नियन्त्रणको लागि ३० लाख रुपैयाँ बजेट छुट्याएका थियौं । गाउँपालिकाले विपन्न वर्गको घरमा खरको छानो हटाई टिनको छानो पनि निःशुल्क रुपमै लगाइदिँदै आएको छ । विगत २ वर्ष देखि यसो गर्न थालिएको हो । अबको २ वर्ष पछि गाउँपालिकामा कसैको पनि घरमा खरको छानु हुने छैन । टिन लगाउने अवस्था भएपछि मात्र गाउँपालिकाले विपन्नको घरमा टिनको छानु लगाइदिने छ । वृहत् खानेपानी योजना १, २ र ३ नं. वडामा लागु भएको छ । गाउँपालिकाले सानासाना खानेपानीको मुहानलाई संरक्षण गरेर नगरिकलाई खानेपानी वितरण गर्नेे लक्ष्य राखेको छ । सिँचाई र कुलोको काम पनि गाउँपालिकामा अघि बढेको छ । १ र २ नं. वडामा तम्मर खोलाको पानी पुर्याउने तयारीमा छौं । यस योजनामा २० लाख रुपैयाँ बजेट छुट्याई डीपीआर गर्ने काम पनि अगाडि बढाएका छौं । हामी गाउँपालिकाका सबै वडामा बिजुली बाल्न सफल भएका छौं । सडक सञ्जाल पनि सबै वडामा पुगेको छ । हाल गाउँपालिकाका धेरै सडक कच्चि भएपनि त्यसलाई पिच गर्ने लक्ष्य रहेको छ । गाउँपालिकामा २ ओटा पक्कि वडा कार्यलयहरु रहेका छन् भने ३ ओटा पुराना अथवा कच्चि कार्यलयहरु रहेका छन् । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? शैक्षिक विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । शिक्षकहरूलाई हामीले विभिन्न किसिमका तालिमहरू पनि दिँदै आएका छौं । शैक्षिक सुधारका लागि हामीले विशेष जोड दिएका छौं । बालशिक्षा पढाउने शिक्षिकाहरुलाई पुरस्कारस्वरुप वर्षमा १० हजार रुपैयाँ प्रदान गर्ने गरेका छौं । गुणस्तरीय शिक्षाकालागि हामीले नियम बनाएर अगाडि बढेका छौं । विद्यालयका भवनहरू निर्माण भएका छन् । उत्कृष्ट छात्रछात्राहरूलाई छात्रवृत्तिको पनि व्यवस्था मिलाएका छौं । उत्कृष्ट शिक्षकहरुलाई पनि पुरस्कारको व्यवस्था मिलाएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा विद्यालयका प्रधानाध्यापक तथा समितिसँग लगातार छलफल गरिरहेका हुन्छौं । प्राविधिक शिक्षाको लागि पनि विशेष जोड दिएका छौं । हामी यस आर्थिक वर्षको अन्तिम चरणमा आइपुगेका छौं, यस अवधिमा बजेट के कति खर्च भयो ? खर्चअनुसार उपलब्धि प्राप्त भएको छ कि छैन होला ? अहिलेसम्म गाउँपालिकाको ५० प्रतिशत बजेट खर्च भइसकेको छ । विकास निर्माणको काम पनि भइरहेको छ । केही भुक्तानी हुन बाँकि नै छन् । विकास भएअनुसार खर्च पनि भइरहेको छ । हामीले गाउँपालिकामा बजेट विनियोजन गरेजति यो आर्थिक वर्ष भित्र खर्च हुन्छ होला भन्ने अनुमान गरेका छौं । विकास निर्माणको कामहरू प्रभावकारी नै भइरहेको छ । विकास राम्रो भएकाले जनताहरू मसँग खुसी नै छन् जस्तो लाग्छ । विकास निर्माणको काम प्रभावकारी भएर जनताको आवश्यकता पुरा भयो भने त्यो नै मेरो लागि सन्तुष्टि हो । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? हाम्रो गाउँपालिकामा खासै ठुला उद्योग छैनन् । यहाँ गरिने प्रमुख पेशा भनेको खेती किसानी नै हो । केही कृषकहरूले भने कुखुरापालन, बाख्रापालनजस्ता कामहरू पनि गरिरहेका छन् । पालिकामा होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् । स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु यहाँ केही संख्यामा छन् । ठूलो उद्योग सञ्चालनको लागि तयारी गरिरहेका छौं । औद्योगीक ग्रामको लागि ३० रोपनी जग्गा एकजना व्यक्तिले निःशुल्क उपलब्ध पनि गराउनुभएको छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन क्षेत्रको पनि हामीले प्रचारप्रसार गरिरहेका छौं । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । गाउँपालिका भित्र धेरै ठुला पर्यटकीय क्षेत्र त छैन तरपनि हामीले प्रत्येक वडालाई पर्यटकीय क्षेत्र भनेर छुट्याएका छौं । वडा नं. ५ मा रहेको माछापोखरी धार्मिक हिसाबले महत्वपुर्ण रहेको छ । यस ठाउँलाई पर्यटकीय क्षेत्रको रूपमा घोषणा गरी केही बजेट पनि विनियोजन गरेका छौं । १ नं वडामा बिगुत पोखरीलाई पनि पर्यटकीय क्षेत्र बनाउनको लागि हामीले मठ मन्दिरको निर्माण गरिरहेका छौं । मठमन्दिरको संरक्षण गर्नेकाम पनि भइरहेको छ । होमस्टेहरू पनि गाउँपालिकामा सञ्चालन भइरहेका छन् भने होमस्टेको पनि उचित व्यवस्थापनतर्फ जोड दिइरहेका छौं । कोरोनाको समय पछि वाह्य पर्यटनको आकर्षण कायमै रहेको छ भने आन्तरिक पर्यटकहरू पनि गाउँपालिकामा छिटपुट रुपमा आउने गरेका छन् । स्वास्थ्य क्षेत्रको विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? गाउँपालिकाको सबै वडामा स्वास्थ्यचौकीहरू छन् । सबै वडाका स्वास्थ्यचौकीहरुमा आवश्यकतानुसारको औषधीहरु व्यवस्था गरेका छौं । गाउँपालिकामा आवश्यकतानुसार स्वास्थ्य भवनहरू पनि बनाइएका छन् । कोभिड नियन्त्रण अस्पताल निर्माणको पनि काम सुरु भएको छ । स्वास्थ्यकर्मीहरुले नागरिकलाई स्वास्थ्यसम्बन्धी जानकारी पनि दिइरहनुभएको छ । गाउँपालिकामा ल्याबको पनि स्थापना भएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलामा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । गाउँपालिकामा २ ओटा प्रजनन् केन्द्रहरु पनि रहेका छन् । २ नं. वडामा पनि प्रजनन् केन्द्रको स्थापना गरिरहेका छौं । स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं । हाम्रो पालिकामा स्वास्थ्यचौकीका भवनहरू कतै बनिसकेका छन् भने कतै बन्ने क्रममा छन् । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता आयोजनाहरू बनाएको छ ? खेलकुद विकासको लागि खेल मैदानको व्यवस्था गरेका छौं । खेलाडीहरूलाई प्रशिक्षण दिने काम पनि भएको छ । खेलकुदको लागि हामीले बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा खेलकुद समितिको पनि गठन गरेका छौं । खेलकुदका औपचारिक कार्यक्रम कसरी अगाडि बढाउने भनेर छलफल गरिरहेका हुन्छौं । गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल, क्रिकेट लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पनि गाउँपालिकामा आयोजना हुने गरेको छ । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाउँपालिकाका धेरै युवाहरू कृषि पेशामा नै लागेका छन् । युवाहरूको सिप विकासको लागि तालिम पनि दिँदै आएका छौं । युवाहरूले सिप विकास गरे भने पालिका भित्रनै रोजगारी पाउन सक्छन् । पशुपालनको लागि व्यक्तिगत पशु फार्महरु पनि गाउँपालिकामा दर्ता भएका छन् । काम गर्न चाहने युवाहरू खासै बेरोजगार हुनुपरेको छैन । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई सामान्य अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकामा सर्वसाधारणहरु के कस्ता समस्या लिएर आउने गरेका छन् ? यहाँका नगरिकहरु प्रायःजसो खानेपानी, बाटोघाटो, बेरोजगारीको समस्या, घरनक्सा पास, राहत सहयोग, न्याय निरूपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरू लिएर आउने गरेका छन् । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढिरहेका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्याकाल धेरै रहेको छैन । हामीले घोषणा पत्र र निर्वाचित हुँदा बोलेको कुराको काम पनि लगभग सकिसकेका छौं । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं ।