सबै वडामा विद्युत पुर्याएका छौं, महामारीको बेलामा रेडियोबाट पढायौंः अध्यक्ष बाेहाेरा
बागमती प्रदेशको सिन्धुली जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो सुनकोशी गाँउपालिका । कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यका रुपमा चर्चित सुनकोशी गाउँपालिका प्राकृतिक रुपमा भित्री मधेशाको समथर भुमिदेखि पहाडी भुभाग पनि रहेको छ । यो गाँउपालिका प्रकृतिक सुन्दरता एवं एतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो गाँउपालिका काठमाडाैंबाट करिब १५० किलेमिटर पूर्वमा रहेको छ । विश्वव्यापी महामारी कोरोना भाइरस सक्रमणबिरुद्ध लड्न के-कस्ता पहल भएको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? रोजगारी अवसर युवालाई कसरी सिर्जना भइरहेको भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष दिपा बाेहोरासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न गाँउपालिकाले के-कस्ता पहलहरु गरेको थियो ? संक्रमण रोक्न गाँउपालिकाले सरोकारवाला पक्षहरुसँग मिलेर विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार (संघीय सरकार) ले बनाएका स्वास्थ्य मापदण्ड बनाएर लागू गरियो । नेपालमा पनि संक्रमण फैलिन लागेपछि हामीले गाँउपालिकाको कार्यक्षेत्रभित्र विभिन्न सूचना प्रकाशन गर्नेलगायतका पहल गरेर जनचेता अभिबृद्धि गरेका थियौं । कोरोना भाइरस विरुद्ध लड्नको लागि गाँउपालिकाले क्वारेन्टिन, आइसोलेसन सेन्टरहरु बनाएका थियौं । तेस्रो मुलुक तथा भारतबाट आउनेहरुको तथ्यांक संकलन गरेर क्वारेनटाइनमा राखेर व्यावस्थापन गरेको थियो । गाँउपालिकामा रहेको सबै स्वास्थ्यकर्मीहरुलाई परिचालन गरका छांै । कोरोना भाइरस नियत्रणको लागि हामीले गाँउपालिकामा रहेका ४९ जाना स्वास्थ्यकर्मीहरु परिचालन गरेका थियौं । गाँउपालिकको क्वारेन्टाइनमा बस्ने लगभग २ सय जना थिए । क्वारेनटिनमा बस्ने ५ जनालाई कोरोना भाइरस संक्रमण पनि भएको थियो । अहिले सबै जना निको भइसकेका छन् । केही संक्रमितलाई भोन्टिलटरमा राख्नु पर्ने अवस्था थियो । गाँउपालिकामा भेन्टिलेटरको अभावले नजिकैको धुलिखोल अस्पताल पठाएका थियौं । गाँउपालिकामा २ वटा आइसोलेसन सेन्टर मात्रै थियो । आइसोलेसनको कमीले गर्दा हामीले नजिकैको जिल्लामा काभ्रेमा रहेको धुलिखेल अस्पताल पठाएका थियौं । कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ? कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । हाम्रो गाँउपालिकामा जम्मा ६ हजार विद्यार्थी तथा ४ सयको हाराहारीमा शिक्षक छन् । गाँउपालिकामा इन्टरनेटको पहुच कमी भएकोले अनलाइन कक्षाहरु संचालन गर्न सकेनौं । तर, कोरोनाको समयमा विद्यार्थी स्कुल जान नपाए पनि रेडियो मार्फत सिकाई प्रक्रियालाई निरन्तरता दियौं । टोलटोलमा पढाउनको लागि शिक्षक परिचालन गर्यौं । शिक्षकहरुले टोल टोलमा गएर विद्यार्थीलाई जम्मा गराएर गृहकार्य दिने काम गरेका थिए । हाल गाँउपालिकामा सबै विद्यालयहरुको पठन पाठन सबै संचालन भइसकेको अवस्था छ । पालो पालो गरेर विद्यार्थी बोलाएर अहिले विद्यालय संचालन गरेको छाैं । विद्यालयमा धेरै विद्यार्थी हुने भएकोले र कोरोना भाइरस संक्रमण हुन सक्ने भएकाले विद्यार्थीलाई पालो पालो गरेर पढाइरहेका छाैं । अहिले सिकाई प्रक्रिया संचालन भइरहेको छ । गाँउपालिकाले युवालाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरुलाई रोजगारी दिनको लागि विभिन्न कार्यक्रमहरुको योजना तर्जुमा गरी कार्यान्वयन गरेका छौं । कुनै पनि व्याक्तिले आफ्नै गाउँठाउँमा केही गरेर बस्छु रोजगारी बस्छु भन्छ भने गाँउपालिकाले उसको योजना अनुसारको सुलव व्याजमा ऋण दिने व्यवस्था मिलाएको छ । कुखुरा, बाख्रा पाल्नेहरुलाई २ देखि ४ लाख रुपैयाँसम्म रकम ऋण दिने गरेको छ । यसका लागि राष्ट्रिय वाणिज्य बैंकसँग बिनाधितो सहुलियत व्याजदरमा ऋण उपलव्ध गराउने सम्झौता भएको छ । महिलाहरुको लागि यो ऋण १.७८ प्रतिशत व्याजदर पर्ने छ भने पुरुषलाई २.७८ प्रतिशत छ । कृषि क्षेत्रको विकासका लागि के-कसरी काम गर्दै आउनु भएको छ ? हामीले कृषि र पशुपालन क्षेत्रको विकासका लागि धेरै काम गर्दै आएका छौं । कृषि पाठशालाबाट कृषकहरुलाई उन्नत खेती कसरी गर्ने, व्यावसायिक खेती कसरी गर्ने भन्ने विषयमा तालिम प्रदान गरिन्छ । हामीले अनुदानका विभिन्न कार्यक्रम ल्याएका छौं । सस्तो ब्याज दरमा ऋण उपलब्ध गराउने योजना छ । विशेष गरेर हामीले तरकारीे, पशुपालन, फलफूलको, अलैची, किवीखेती पकेट क्षेत्र छुट्याएर किसानहरुलाई सहयोग गर्ने कार्यक्रम ल्याएका छौं । गाँपालिकाले निःशुल्क विउ विजनहरु वितरण गर्दै आएको छ । रासयनिक मलको अभावले अर्गानिक मलको प्रयोग गर्ने र रासायनिक मलको अन्त्य गर्ने कार्यक्रमहरु गाँउपालिकालले अगाडी बढाइरहेको छ । किसानहरुलाई सुलभ ऋण उलब्ध गराउनको लागि राष्ट्रिय बाणिज्य बैंकसँग सम्झौता गरेका छौं । कृषि र पशुपालनको लागि गाँउपालिकका वार्षक १/१ करोड रुपैयाँ बजेट पनि छुट्टयाएको छ । तपाईंको गाउँपालिकामा सर्वसाधारणहरु प्रायः कस्ता समस्याहरु धेरै लिएर आउने गरेका छन् ? हाम्रो गाँउपालिकाममा सिंचाईको अभाव धेरै छ । यस्ता समस्याहरु आउने गरेका छन् । यस्तै, महिलासँग सम्बन्धित मुद्दा धेरै आउने गरेको छन् । आएका समस्याहरुलाई गाउँपालिकाको स्तरबाट समाधान गर्न सकिने अवस्था भए तत्काल गर्ने र हाम्रो प्रयत्नबाट मात्रै सम्भव भएन भने सम्बन्धित निकायसँग समन्वय गर्ने गराउने काम गरिरहेका छौं । तपाइको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ? मेरो कार्यकालमा गाँउपालिकालाई अरु गाँउपालिकाभन्दा विकसित बनाउने योजना छ । मेरै कार्यकालमा गाउँपालिकाको सबै वडाहरुमा विद्युत पुर्याउन सफल भइएको छ । सबै विद्यालय भवनहरु भुकम्प प्रतिरोधी बनाउने, गुणस्तरीय शिक्षाको प्रबन्ध गर्ने योजना मेरो छ । सबै वडाहरुको सडकलाई कालोपत्रे गर्ने योजना पनि बनाएका छौं । र, हामीले जनतासँग गरेको प्रतिवद्धता पूरा गरेरै छाड्ने छौं । कस्तो किसिमको योजानालाई प्रथमिकतामा राखेर काम गरिरहनु भएको छ ? हामीले बिद्युत, खानेपानी, यातायात, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौं । विकास आयोजना र कार्यक्रमहरु छनोट र कार्यान्वयन गर्दा बढीभन्दा बढी जनतालाई कसरी लाभ दिन सकिन्छ भन्ने अवधारणालाई केन्द्रमा राखेर काम गर्छाैं । यस्तै, जनताका जनजिविकासँग सम्बन्धी र दैनिक समस्या समाधान नै हाम्रो पहिलो प्राथमिकता हो, त्यसै अनुसार काम गरिरहेका छौं । हामीले दीर्घकालिन महत्वका योजना र कार्यक्रमलाई पनि केन्द्रमा राखेर योजना तर्जुमा र कार्यान्वयन गरिरहेका छौं । आफ्नो गाँउपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ? हामीले पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरिरहेका छाैं । गाँउपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रमा प्रारम्भिक चरणको काम सकेको छांै । यो गाँउपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । गाँउपालिकाको तलतिर सुनकोशी बगिरहेको छ । माथितिर महाभारत लेक छ । माहाभारतमको एउटा छुटै पहिचान र अस्तित्व छ । पर्यटनको लागि भनेर मात्र बजेट छुट्टयाइएको छैन । तर, पदयात्रा मार्ग बनाउनको लागि वडाहरुलाई नै जिम्मेवारी दिएको छ । पर्यटनको हिसावले महत्वपूर्ण हुने गन्तव्यहरु सुनकोशीमा र्याफटिङ्ग, गाँउपालिका भित्र रहेका विभिन्न धार्मिक क्षेत्र घुम्न पर्यटकहरुले बढि रुचाउने गरेका छन् । यस्ता क्षेत्रको विकास, प्रबद्र्धन र प्रचार प्रसारको लागि गाउँपालिकाले सक्दो र नेतृत्वदायी पहल गरिरहेको छ ।
किसानलाई सुलभ ऋण उपलब्ध गराउन राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेका छौं- मेयर खतिवडा
संखुवासभाको खाँदबारी नगरपालिका प्रदेश नं १ मा पर्ने चर्चित कृषि क्षेत्र हो । यो एक पर्यटकीय क्षेत्रको रुपमा चिनिने नगरपालिकाका रुपमा पनि परिचित छ । यो नगरपालिकामा मनकामना जस्ता विभिन्न धार्मिक क्षेत्र, मठ मन्दिर रहेका छन् । खाँदवारीमा कृषि क्षेत्रमा विकास कसरी भइरहेको छ ? कृषिलाई आधुनिकिकरण गर्नका लागि नगरपालिकाले के-कस्तो भूमिका खेलिरहेको छ ? कृषिसँग सम्बन्धित विषयमा खाँदवारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडासँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेका कुराकानी: खाँदवारी नगरपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ? नगरपालिकाले कृषि विकासका लागि सहयोगका विभिन्न कार्यक्रमहरु ल्याएको छ । कृषि पाठशालाबाट कृषकहरुलाई उन्नत खेती कसरी गर्ने, व्यावसायिक खेती कसरी गर्ने भन्ने विषयमा तालिम प्रदान गरिन्छ । कृषकहरुले घुम्ती तालिम व्यवस्था गर्ने र त्यसबाट कम्पोष्ट मल बनाउने तालिम लिन सक्ने छन् । महिला, दलित, पिछडिएको समूहलाई लक्षित गरेर सहयोगका कार्यक्रमहरु पनि ल्याएका छौं । कृषकलाई मल वितरण गर्ने कार्यक्रमहरु ल्याइएको छ । नगरपालिकाले कृषि दरलाई प्राथमिकता दिएर सहकारीमार्फत व्यावसायहरु सञ्चालन गर्नको लागि प्रयत्न गरेका छौं । बाली बीमाहरुलाई पनि प्राथमिकता दिएका छौं । बीमाबाट नोक्सान भएका बालीहरुको क्षतिपूर्ति हुन्छ भन्ने कुरा कृषकलाई बुझाउन कार्यक्रमहरु अगाडी बढी रहेको छ । निर्वाह कृषि प्रणालीलाई व्यावसायिक बनाउनु पर्छ भन्ने कार्यक्रम छन् । पशुपालनका क्षेत्रका कार्यक्रमहरु पनि अगाडि सारेका छौं । नगरपालिकाले उन्नत जातका पशुहरु वितरण गर्ने, जस्तै बाख्रा पालनमा बोयर जातिका बाख्रा ल्याउने, बोयर जातिको बाख्रा र अन्य जातिको बाख्राबीच क्रश गर्ने, उन्नत जातका गाईहरु ढुवानी गरेर ल्याउला ढुवानी अनुदान दिने, भकारो सुधार, गोठ सुधार कार्यक्रमहरु राख्ने नगरपालिकाले गरिरहेको छ । १० लिटर भन्दा बढि दुध उत्पादन गर्ने कृषकहरूलाई प्रति लिटर १ रुपैयाँको दरले प्रोत्साहन उपलब्ध गराउने कार्यक्रमहरु रहेको छ । कृषकहरूलाई नगरपालिकाले प्लास्टिक टनेलहरू ५० प्रतिशत कममा अनुदान दिने गरेको छ । कृषकहरूका लागि जमिन जोत्ने साधन हाते ट्रयाक्टर ५० प्रतिशत अनुदानमा ३ वर्षदेखि नगरपालिकाले दिँदै आएको छ । माछा पालन गर्ने कृषकहरुलाई पोखरी निमार्णका लागि सहयोग गर्दै आएको छ । अर्गानिक मलको प्रयोग गर्ने र रासायनिक मलको अन्त्य गर्ने कार्यक्रमहरु नगरपालिकाले अगाडी बढाई रहेको छ । किसानहरुलाई सुलभ ऋण उपलब्ध गराउनको लागि राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेका छौं । हाल किसानहरुले आफ्ना प्रस्तावना अनुसार ३ लाखदेखि १५ लाख रुपैयाँसम्म बिना धितो ब्याज अनुदानमा ऋण पाउनेछन् । महिलाले ऋण लियो भने १ रुपैयाँ ७४ पैसा मात्र ब्याज तिर्नु पर्नेछ । पुरुषहरूले ऋण लियो भने २ रुपैयाँ ७४ पैसा मात्र पर्ने सम्झौता नगरपालिकाले बैंकसँग गरेको छ । यो ऋण उपलब्ध पनि नगरपालिकाले तत्कालै लागु गर्ने छ । नगरपालिकाले थोपा सिंचाई क्षेत्रमा पनि प्रयत्न गर्नुपर्छ भन्ने विषयमा साेचेकाे छ । नगरपालिकामा कति नगरवासीहरू कृषि पेशामा आवद्ध रहेका छन् ? खाँदवारी नगरपालिकामा बढी ग्रामिण क्षेत्र छ । ग्रामिण क्षेत्रको मानिसहरु प्रायः कृषि पेशामा नै आवद्ध छन् । नगरपालिकामा करिब ७५ प्रतिशत भन्दाबढी मानिसहरु कृषि पेशामा आवद्ध छन् । कृषिका लागि नगरपालिकाले वार्षिक कति बजेट छुट्याउँदै आएको छ ? कृषिमा विभिन्न शीर्षक रहेका छन् । नगरपालिकाले २ करोड रुपैयाँ आर्थिक विकासको क्षेत्रमा बजेट छुट्याएको छ । यसभित्र कृषि, पशुपालन, पर्यटन पर्दछन् । यी शीर्षक अनुसार बजेट छुट्याउने गरेका छौं । कृषिमा अनुदानका कार्यक्रम के-के छन् ? हामीले अनुदानका विभिन्न कार्यक्रम ल्याएका छौं । सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने योजना छ । विशेष गरेर हामीले तरकारीको, पशुपालनको, फलफुलको, मसलाजन्य खेतिको पकेट क्षेत्रलाई छुट्याएर किसानहरुलाई सहयोग गर्ने कार्यक्रम ल्याएका छौं । नगरपालिकामा उत्पादन भएका कृषिका सामान नगरपालिका बाहिर पुर्याउन बेचबिखन गर्ने गर्नु भएको छ कि छैन ? कृषिजन्य सामग्रीहरु नगरपालिकामै खपत हुने गरेको छ । कृषकहरुलाई बढि उत्पादनको लागि हामीले प्रयत्न गरिराखेका छौं । यहाँबाट बाहिर निर्यात हुने भनेको रुद्राक्ष र अलैंची मात्र बाहिर जाने गरेको छ । अरु कृषिजन्य सामानहरु यहि खपत हुने गरेको छ । कृषि पेशाबाट वार्षिक रुपमा एक कृषकले कति जति आम्दानी गर्छ? यकिन भन्न सकिने अवस्था छैन । नगरपालिकामा अलैंची बेच्ने किसान पनि रहेका छन् । उनीहरुले धेरै आम्दानी गर्न सक्छन् । विशेष गरेर रुद्राक्ष बेचेर पनि धेरै अम्दानी गर्न सक्छन् । रुद्राक्षको मूल्य यति नै पर्छ भनेर यकिन भन्न सकिदैन । कहिलेकाहि एउटै रुखमा करोडौं मूल्यको पनि रुद्राक्ष फल्न सक्छ । त्यहि रुखमा एक हजार मुल्यको रुद्राक्षपनि फल्न सक्छ । त्यसैले आम्दानी यकिन भन्न सकिदैन । कृषि क्षेत्रमा नगरपालिकाले के-कस्ता बिउ विजनहरु वितरण गरेको छ ? नगरपालिकाले तरकारीको बिउ, घाँसको बिउ, निःशुल्क वितरण गर्दै आईरहेको छ । कृषकहरुलाई स्थानीय मलको प्रयोग गर्नुपर्छ भन्ने विषयमा नगरपालिकाले जोड दिइरहेको छ । वडा-वडामा अब कृषि पाठशाला सञ्चालन गर्ने नगरपालिको तयारी छ । यो वर्ष सबै वडाहरुको माटो परीक्षण गरिने छ । त्यहाँको माटोमा कुन तत्वको कमि छ ? त्यो ठाउँमा कुन औषधिको प्रयोग गर्दा उचित हुन्छ भन्ने कुराको प्रयत्न गरिरहेको छौं । उखु किसानलाई पनि अगाडि सार्न प्रयत्न गरिरहेका छौं । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई नगरपालिकाले पुरस्कारको व्यवस्था मिलाएको छ कि छैन ? राम्रो कृषि उत्पादन गर्ने कृषकलाई पुरस्कारको व्यवस्था मिलाएका छौं । वर्षमा एक चोटी नगरपालिकाले कृषि मेला गर्ने गरेको छ । राम्रो तरकारी उत्पादन गर्ने र पशुपालनमा क्षेत्रमा राम्रो गर्नेलाई पुरस्कार प्रदान गर्छौं ।
कोरोना संक्रमण विरुद्ध सावधानी अपनाउँदै विकास निमार्णका काम सुरु गरेका छौंः वीरवल राई
प्रदेश नं १ मा पर्ने भोजपुर जिल्लाको षडानन्द नगरपालिका चर्चित पर्यटकीय क्षेत्र हो । यस नगरपालिकामा बालागुरु षडानन्दले निमार्ण गरेका धार्मिक क्षेत्र र मठ, मन्दिर छन् । विक्रम सम्वत १९३२ मा षडानन्द गुरुले स्थापना गरेको स्कुल देशकै नमुना स्कुलका रुपमा लिईन्छ । यस्तै, योगमायाले सति प्रथाका बिरुद्ध आन्दोलन गरेको ठाउँ पनि यहाँ देख्न पाइन्छ । योगमायाले तपस्या गरेको ठाउँ र उनको शालिक पनि देख्न पाइन्छ । यस नगरपालिकामा कोभिडका कारण के–कस्ता असरहरु परे ? नगरपालिकाले कोरोना रोकथाम सम्बन्धी गरेको पहल, विकासका काम, रोजगारी सिर्जना जस्ता विषयमा के कसरी काम भइरहेको छ भन्नेलगायत विषयमा सो षडानन्द नगरपालिकाका मेयर वीरवल राईसँग विकासन्युजका लागि राजीव न्यौपानेले कुराकानी गरेका छन्ः षडानन्दन गरपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ ? कोरोनाले नगरपालिकामा ठूलो असर पु¥याएको छ । कोरोना भाइरस सुरु भएको केही महिना नगरपालिका बन्द भएको थियो । कोरोनाको कारण केही नगरवासीको ज्यान पनि गएको छ । कोरोना संक्रमण शंका भएका व्यक्तिहरुलाई पिसिआर परीक्षण गरेर आइसोलेसनमा राख्ने गरेका छौं । कोरोना भाइरसले नगरपालिकामा हुन लागेका विकास निमार्णका कामहरुमा अबरोध गरेको छ । नगरपालिकामा बाहिरबाट आउने मानिसहरुलाई क्वारेन्टिनमा कसरी राखियो ? कोरोनाको समयमा बाहिरी जिल्लाबाट आउने मानिसहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राखेर घर पठाइएको थियो । तर, हाल क्वारेन्टिनमा राखेको छैनौं । लकडाउन खुल्ला भएपछि बाहिरी जिल्लाबाट आउने मानिसलाई क्वारेन्टिनमा राख्न छाडिएको हो । तर, नगरपालिकामा प्रबेश गर्दा माक्स, सेनिटाइजरको प्रयोग अनिवार्य गर्नु पर्ने नियम लागु गरिएको छ । कोरोनाको लक्षण देखियो भने नगरपालिकाले निःशुल्क पिसिआर टेस्ट गरिदिने व्यवस्था मिलाएका छौं । कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न के कस्ता पहल गर्नुभएको छ ? संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघ संस्थाहरुले कोरोनाको सम्बन्धि मापदण्ड अपनाउनु पर्ने व्यवस्था नगरपालिकाले गरेको छ । कोरोना भाइरस संक्रमण नेपालमा फैलिन लागेपछि हामीले नगरपालिकामा विभिन्न सूचना पनि प्रकाशन गरेका थियौैं । मापदण्ड अपनाएर बजार सञ्चालन गर्नु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने जस्ता मापदण्ड नगरपालिकाले तय गरेको छ । आवागमनका विषयमा पनि संक्रमित भएका व्यक्तिहरुलाई तत्कालै पिसिआर गर्न वातावरण मिलाएका छौं । कोरोना महामारीको बीचमा नगरपालिकाले के–कति विकास निमार्णका कामहरु अगाडी बढाएको छ ? लकडाउनको समयमा विकास निमार्ण कामहरु भएका छैनन् । विकासमा पनि असर पारेको छ । तर, लकडाउनको समयमा विकास निमार्णका काम गर्न नपाए पनि हाल विकास निमार्णका कामहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर विकास निमार्णका काम गरिरहेका छांै । नगरपालिकाले आफ्नो क्षेत्रमा राहतका प्याकेजहरु ल्याएको छ कि ? राहत प्याकेजहरु वितरण भएको छ । गरीब परिवार र आर्थिक स्थीति कमजोर भएका परिवारलाई नगरपालिकाबाट राहत प्याकेज वितरण गरिएको छ । एक परिवारलाई १ बोरा चामल, ३ केजी नुन, २ लिटर तेल वितरण गरेका थियौं । जम्मा १ हजार १ सय ८६ घर नगरबासीलाई राहत वितरण गरिएको छ । कोरोना परीक्षण गर्न स्थानीयस्तरमा ल्यावहरु छैनन्, पिसिआर परीक्षणको व्यवस्था कसरी मिलाउनु भयो ? नगरपालिकामा पिसिआर गर्ने ल्याव छैन । तर, लक्षण देखा परेका व्यक्तिहरुको स्वाव संकलन गरी परीक्षणको लागि धनकुटा लैजाने व्यवस्था मिलाएका छौं । नगरपालिकाले युवाका लागि रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? नगरपालिकाले रोजगारी दिनका लागि भेटेरिनरी र कृषिमा तालिम खुलाएको छ । यस तालिमको लागि नगरपालिकाले कृषिमा १ करोड रुपैंयाँ र भेटेरिनरीमा पनि १ करोड रुपैंयाँ बजेट छुट्याएको छ । नगरपालिकाले १ हजार ४ सय जना युवालाई रोजगारी दिने योजना बनाएको छ । नगरपालिकाले विकासको लागि कुन क्षेत्रलाई बढी प्राथमिकता राखेको छ ? हामीले विद्युत, खानेपानी, यातायात, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौं । कृषिको लागि हामीले मौसम अनुसारका विउविजनहरु वितरण गर्दै आएका छौं । कृृषिको लागि मकैको बिउ, सुन्तलाका विरुवा आदि वितरण गर्दै आएका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? हाम्रो नगरपालिकाले स्थानीय सरकार र प्रदेशबीच समन्वय एकदमै राम्रोसँग गरिरहेको छ । हामीले प्रदेश सरकारलाई सम्वोधन गरेर योजनाका कार्यक्रमहरु अघि बढाई राखेका छौं । स्थानीय तहबाट प्रदेश सरकारसम्म र संघीय सरकारसम्म पु¥याउने दायित्व हाम्रो रहेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–कस्ता आइपर्छन् ? स्थानीय तहमा धेरै समस्याहरु छन् । प्रदेश सरकारको योजना कार्यक्रम भए पनि संघीय सरकारको योजना पनि स्थानीय तहमा हुने भएकाले कार्यक्रमहरुमा समस्या रहेको हुन्छ । स्थानीय तहमा हुने कार्यक्रम स्थानीय सरकारले कार्यान्वयन गर्ने हो । यी कामहरु सुचारु रुपमा सञ्चालन गर्नुपर्ने हुन्छ । तर, यस्ता कामहरुमा चुनौती रहेको छ । कार्यक्रम नहुनु कोरोनाको कारण हो या स्थानीय सरकारको समस्याहो, यो हामीलाई थाहा छैन । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट सोचे अनुसारको सहयोग मिलेको छैन । जनताको चाहना थियो, केन्द्रमा वहुमतको सरकार छ, प्रदेशमा पनि वहुमतको सरकार छ, अब विकास गर्ने विषयमा राम्रो किसिमका कार्यक्रमहरु ल्याउला भन्ने चाहना थियो । जनताको चाहना इच्छा अनुसारको कार्यक्रमहरु ल्याउन केन्द्र सरकारले सकेको छैन । आफ्नो नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार कसरी गरिरहनु भएको छ ? नगरपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक, पर्यटन क्षेत्रमा प्रारम्भिक चरणको काम सकेको छैन । यो नगरपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । नगरपालिकामा बालागुरु षडानन्द गुरुले निमार्ण गर्नुभएको विभिन्न धार्मिक क्षेत्र र मठ, मन्दिर रहेका छन् । योगमायाले तपस्या गरेको ठाँउहरु रहेका छन् । योगमायाले सति प्रथाका विरुद्ध आन्दोलन गरेको इतिहास छ । यहाँ सतिघाट जस्ता सति जाने स्थानहरु छन् । साउने डाँडामा झरना छ । नगरपालिकाले धार्मिक, पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्न विभिन्न कार्यक्रमहरु ल्याएको छ ।