काठमाडौं महानगरलाई सबैभन्दा बढी राजस्व बाँडफाँट, ललितपुर र विराटनगरलाई न्यून
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि नेपाल सरकारले राजस्व बाँडफाँटवापत देशभरका ६ महानगरलाई १ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ दिने भएको छ । जसमा सबैभन्दा बढी काठमाडौं महानगरले ३५ करोड ९४ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । दोस्रोमा पोखरा महानगरपालिलाई ३३ करोड ८ लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै, भरतपुर महानगरले आगामी आवमा राजस्व बाँडफाँटवापत ३१ करोड ९१ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । संघीय सरकारले राजस्व बाँडफाँटबापत वीरगञ्ज महानगरलाई २३ करोड ७८ लाख छुट्याएको छ । सरकारले ललितपुर महानगर र विराटनगर महानगरलाई अरू महानगरको तुलनामा कम बजेट पारेको छ । राजश्व बाँडफाँटबापत ललितपुर महानगरले २० करोड ४३ रुपैयाँ प्राप्त गर्दा विराटनगरले २० करोड ५२ लाख पाउने भएको छ । सरकारले आगामी आवको लागि प्रदेश सरकारलाई राजस्व बाँडफाँटवापत ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै, स्थानीय सरकारलाई ८८ अर्ब ९६ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । वित्तीय समानीकरण अनुदान आगामी आवमा काठमाडौं महानगरले कार्यसम्पादन र मूल्यांकनको आधारमा सरकाबाट हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान ७० करोड ९३ लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै, ललितपुर महानगरले ३९ करोड ७२ लाख, पोखरा महानगरपालिकाले ५० करोड ८६ लाख, विराटनगरले ३४ करोड ३४ लाख र वीरगञ्ज महानगरपालिकाले ३६ करोड ३६ लाख रुपैयाँ अनुदान पाउने भएका छन्। आगामी आर्थिक वर्षका लागि कोशी र मधेशमा बढी राजस्व बाँडफाँट, गण्डकी र सुदूरपश्चिममा न्यून
काठमाडौं महानगरमा तनाव : गुरागाईंलाई प्रवेशमा रोक लगाइएपछि कर्मचारीले फोडे ढोका
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोडेका छन् । महानगर प्रहरीले उनलाई रोकेपछि महानगरका कर्मचारीले तालासहित ढोका पनि फोडेका हुन् । महानगर प्रहरीले गुरागाईंलाई गेटमै रोके पनि कर्मचारीले भित्रसम्म पुर्याएका छन् । गुरागाईंको स्वागतमा उपमेयर सुनिता डंगोल पनि देखिएकी छन् । बालेनले प्रहरीको साथ लिएर उनलाई रोक्ने प्रयास गरेपनि कर्मचारी मिलेर उनलाई भित्र पुर्याएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन, कार्यकक्षमा ताला
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको छ । काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ जाने भएपछि उनको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई रोक्न महानगर प्रहरी समेत परिचालन गरिएको छ । गुरागाईँ बिहीवार महानगरपालिकाको कार्यालयमा काममा फर्कने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो । गुरागाईं २०८१ पुस १४ गतेदेखि मेयर बालेन शाहको निलम्बनमा छन् । १२ तलाको काठमाडौं टावरलाई १९ तला बनाउने स्वीकृति दिएको आरोपमा सोही दिनदेखि गुरागाईं कार्यालयमा उपस्थित हुन पाएका छैनन् ।