कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू, नेपालीलाई के हुन्छ फाइदा ?

पर्सा । भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) आजदेखि लागू भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा कोलकाता पोर्ट ट्रस्टका डेपुटी चियरमेन बालजी अरुण कुमारले कोलकाताबाट नेपालका लागि कन्टेनरमार्फत हुने ढुवानीमा इसीटीएस प्रणाली लागू गरिएको जानकारी दिए । उनले इसीटीएस लागू भएपछि नेपाली आयातकर्ताको समय र खर्च दुवै जोगिने दावी गरे । इसीटीएस प्रणालीले कागजी प्रक्रियालाई न्यून गर्नुका साथै बन्दरगाहमा लाग्ने एजेन्ट खर्चलाई समेत समाप्त गर्ने अरुणकुमारको भनाइ छ । उनले इसीटीएस लागू भएपछि बन्दरगाहको झन्झटिलो भन्सार प्रक्रियाका कारण तिर्दै आएको विलम्ब शुल्कबाट नेपाली आयातकर्ताले राहत पाउने जानकारी दिए । उनले पहिले कोलकाता बन्दरगाहमा एजेन्ट राखी सबै कागजी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेकोमा इसीटीएस प्रणली लागू भएपछि बन्दगाहको कागजी भन्सार प्रक्रिया समाप्त भई वीरगञ्ज सुख्खा बन्दरगाहसम्म मालवस्तु पु¥याउने सबै दायित्व सिपिङ कम्पनीकै हुने बताए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका स्थल यातायात तथा पारवहन समितिका सभापति अशोककुमार टेमानीले इसीटीएस प्रणली लागू भएपछि तेस्रो मुलुकबाट मालवस्तु आयात गर्दा सिपिङ कम्पनीलाई एक पटक सबै कागजात बुझाएपछि पुग्ने र नेपालसम्म सुरक्षित पुर्याउने दायित्वसमेत सिपिङ कम्पनीकै हुने बताए । कोलकाता बन्दरगाहबाट वर्षेनी एक लाख कन्टेनर नेपाल भित्रिने गरेको र सोमध्ये ४० प्रतिशत कन्टेनर रेलबाट आउने गरेको छ । यो प्रविधिबाट बन्दरगाह व्यवस्थापन, भन्सार, वाणिज्य विभाग, कोलकाता महावाणिज्य दूतावास र आयातकर्ताले अनलाइनबाटै कन्टेनरको अवस्थितिबारे बुझ्न सक्ने बताइएको छ । विशाखापट्टनम बन्दरगााहबाट नेपालका लागि रेलबाट हुने कन्टेनर ढुवानीमा इसीटीएस प्रणली पहिलेदेखि लागू गरिएको छ । रासस

उद्यमशिलता विकास र लगानी संरक्षणमा म सक्रिय छु: पुष्पकमल दाहाल

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफु उद्यमशिलता विकासमा निरन्तर लागि परेका बताएका छन् । राजधानीमा आयोजित उद्यमशिलता सम्मेलनको समापन समारोहमा बोल्दै दाहालले लगानीको संरक्षण गर्न आफु तयार रहेको बताएका हुन् । यस्तो छ उद्यमशिलता विकासमा दाहालको विचार ‘हाम्रो अघि रहेको सम्भावनालाई उजागर गरी समस्या र चुनौतिको उपाय निकाले यो कार्यक्रम निकै महत्वपुर्ण छ । उद्योग विकासको लागि नेपाल उद्योग परिसंघ सीएनआइको गतिविधी निकै लोकप्रिय बन्दै आइरको छ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश दिइरहको छ । सरकारले उद्यमीलाई पुर्ण रुपमा सहयोग गर्नुपर्छ । हाम्रो सोचमा दोधार हुनु हुदैन हामीले लामो संघर्षपछि यो वातावरण बनाएका छौं । यो २००७ र २०४६ को जस्तो परिवर्तन होइन । यो पुर्ण परिवतन हो, पहिलोपटक जनतालाई सार्वभौम अधिकार दिएका छौं । देशको तिब्र आर्थिक विकास गर्नका लागि अब यसको प्रयोग गर्नुपर्छ । हामीले समृद्धिको बाटो खोलीसकेका छौं । अधिकारलाई ग्राउण्ड लेवलसम्म नपुर्याइ सफल हुन सक्दैनौं । हामीसँग बलियो सरकार रहेको छ । सरकारको कार्यक्रम धेरै महत्वकाँक्षी लक्ष्य रहेको छ । यो एक ऐतिहासिक सफलता हो । यसलाई सबै राजनितिक परिवर्तनको रुपमा लिन पर्दछ । विकासमा अवरोध पर्ने सानो ऐन परिवर्तन गर्न किन दातबाट पसिना आउँछ । म प्रधानमन्त्री बनेको बेला सातै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने योजना अघि सारेको थिएँ कहाँ रोकियो ? म र ओली जी मिलेर समृद्धिको यात्रालाई गति दिनको लागि लागि परेका छौं । तर कहाँ गाठो पर्यो हामी हेर्दैछौं । हामी निजी क्षेत्रलाई धेरै सहयोग पुग्नेगरी काम गरिरहेका छौं यसको लागि हरबखत प्रयासरत छौं । अहिले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक छ । हामीले हाम्रो उद्योगलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउन लागि परेका छौं । हामीले पहिले पहिले हाम्रो देशको लगानीलाई परिचालन गरी विदेशी लगानीलाई विस्वास दिलाउन सकिन्छ । युवाहरुलाई उद्यममा गतिशिल बनाउनु पर्छ । हामीले छिटो गतिमा प्रगति गरेका देशहरु पनि देखेका छौं । भेनेजुयला विषयमा बोलेकाे विषयले केहि फरक पार्दैन । तपाइहरुको लगानीलाई पुर्ण रुपमा संरक्षण गर्छौ । यसमा ढुक्क हुनुस् ।’

एक वर्षमा आर्थिक समृद्धिको आधार तयारः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो लक्ष्यमा सफल भएको बताएका छन् । आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएका अवसरमा आज देशवासीको नाममा सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको आधारसमेत तयार भएको बताए । प्रधानमन्त्रीले भने, “नेपाल बन्छ, बनाउनै पर्छ । हो, हरेक चिजको आयु हुन्छ, समयको सीमा हुन्छ, मान्छेको ज्ञानको सीमा छ, सामथ्र्यको पनि सीमा हुन्छ तर मैले भन्दै आएको छु इमानको कुनै सीमा हुन्न निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।” सरकारले निष्ठापूर्वक काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पहिलो वर्ष आधार खडा गरेको र आगामी वर्ष उपलब्धिका वर्ष हुने स्पष्ट पारे । पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणपत्रमार्फत आफूहरुले व्यक्त गरेको प्रतिबद्धता पूरा ग¥र्यौं है भन्ने अवस्थामा पुग्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “तपाईं हामीले देख्ने सपना अर्कै हुनेछ ।” जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र आलोचना सरकारका लागि मार्गदर्शक रहेको भन्दै उनले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको वर्तमान सरकारलाई खबरदारी गर्ने जनताको सार्वभौम हकलाई उच्च सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे । आलोचनाका नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सद्भावमाथि प्रहार गर्ने जाग्न थालेका प्रसङ्ग उल्लेख गर्दै जनताको आशामाथि चिसो पानी खन्याउँदै निराशा, हतासा र कुण्ठा प्रवाहित गर्ने तथा समाजमा अस्थिरता सिर्जना गर्ने कुरा भने उचित नहुने प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, “इतिहासले समृद्ध नेपाल निर्माणको अभिभारा प्रधानमन्त्रीका रुपमा मेरो र बहुमत प्राप्त दलका रुपमा नेकपाको काँधमा सुम्पिदिएको छ, तर हामीहरु त निमित्त मात्रै हौँ, यो अभियान हामी सबैको हो । यस यात्रामा हामी सबै सहयात्री हौँ, मुलुक सवल समृद्ध र समुन्त बन्दा हामी सबैको मुहारमा उज्यालो छाउँछ । हामी सबैको शिर उचो हुन्छ ।” निर्वाचनको परिणामबाट राजनीतिक स्थायित्व प्राप्त भएको र त्यो संसद् तथा अन्य निर्वाचित निकायमार्फत अभिव्यक्त भएको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले सरकार आर्थिक स्थायित्वतिर अग्रसर भएको र त्यसमा रहेका चुनौती के के हुन् मात्र नभई कोको हुन् भन्ने पनि राम्रैसँग थाहा भएको बताए । “कतिलाई यही स्थायित्व अभिशाप बनेको हुनसक्छ, राजनीतिक स्थायित्वलाई तेजबोध गर्न कृत्रिम घटना सिर्जना गर्ने र त्यसैका आधारमा सामाजिक अराजकता फैलाउन उद्धत छन् तर समृद्ध नेपाल निर्माणको यस ऐतिहासिक यात्रामा हिँड्दै गरेका बेला इमान र निष्ठाको साहराले अवरोध भत्काउँदै आएका छौँ र तोड्दै जानेछौँ”, प्रधानमन्त्रीले भने । केही मानिसमा विचारधारात्मक आग्रह पूर्वाग्रह देखिएको, जनतालाई सबै हिसाबका सार्वभौम तुल्याउने र सबल बनाउने अभियानबाट ध्यान बराल्न लोकतन्त्र खुम्चिना थाल्यो, अधिनायकबाद आयो भन्ने अफवाह फैलाइएकोप्रति प्रधानमन्त्रीले दुःख व्यक्त गरे । फैलिएको र फैलिँदो परिपूर्ण लोकतन्त्रलाई खुम्चिएको देख्नु, आश्चर्यलाग्दो दृष्टि दोष मात्रै हो भन्दै प्रधानमन्त्री भने, “लोकतन्त्र हाम्रा लागि आदर्श हो, थितियुक्त सुसङ्गत र परिस्कृत व्यवस्था हो, जिविका चलाउने व्यवसाय हैन, यो कसैले कृपा गरेर स्थापना गरिदिएको र हामीले सुविधासाथ भोगचलन गर्न चाहेको व्यवस्था हैन । हाम्रा सचेत सुविचारित र बलिदानीपूर्ण सङ्घर्षले स्थापना गरेको आदर्श हो ।” वर्तमान सरकारको पहिलो वर्षको कार्यभारलाई राज्यको संरचनागत व्यवस्थापन र समृद्धिको आधार वर्षका रुपमा उल्लेख गरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले गत वर्षलाई आगामी पाँच वर्षको मात्रै नभई भविष्यको पनि आधार वर्षका रुपमा लिइएको स्पष्ट पारे । प्रधानमन्त्रीले भने, “आज गरिने काम भविष्यका लागि आधार हो, राजनीतिक स्थिरतालाई मैले समृद्धितर्फको यात्राका लागि एउटा आधार मानेको छु ।” मैदान सम्याउन र जग बसाल्न अवरोध गर्नेले नै खै घर बनाएको भनेर गरिएका प्रश्नलाई अहिले सामना गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । “जग खन्दा तला र छानाको परिकल्पना त गरिन्छ । तर, कसैले जगलाई नै हेरेर खैत चोटा कोठा, खै छाना भन्यो भने कसको के लाग्छ ? अहिले हामीले यस्तै प्रश्नको सामना गरिरहेका छौ”, उनले भने । रासस