फागुन २ गते सातै प्रदेशका उद्योग मन्त्रीको सहभागितामा उद्योग शिखर सम्मेलन हुने
काठमाडौँ । नेपाल उद्योग परिसंघको आयोजनामा फागुन २ गते उद्योग शिखर सम्मेलन हुने भएको छ । सातै प्रदेशका उद्योग मन्त्रीहरुको उपस्थीतीमा याक एन्ड यति होटलमा सम्मेलन सन्चालन हुने भएको हो । नेपाल उद्योग परिसंघ अध्यक्ष हरिभक्त शर्माले भने ‘छिमेकी देशहरुमा उद्योगको विकास भैरहेको बेला नेपालमा उद्योगको राम्रोसँग विकास हुन सकेको छैन ।’ यो शिखर सम्मेलनले नेपालमा कस्ता उद्योगको सभावना छ भन्ने बारेमा छलफल हुने बताए । हामीले सातै प्रदेशका उद्योग मन्त्रीहरुको उपस्थितिमा कुन प्रदेशमा कस्ता उद्योगहरु सन्चालन गर्न सकिन्छ र उद्योगको विकासका लागि के के आवश्यता छ भन्ने विषयमा पनि छलफल हुने बताए । सो सम्मेलनमाको उद्घाटन राष्ट्रपती विद्यादेवी भण्डारीले र सम्बोधन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गर्ने छन् । कार्यक्रममा ४ सयको उपस्थति रहने आयोजकले अनुमान गरेको छ । सो सम्मेलनमा विदेशी लगानीकर्ता सहभागिता हुनेछ ।
काभ्रेको नागिडाडामा आन्तरिक विमानस्थल नबनाउन संसदीय समितिको प्रतिवेदन
काठमाडौं । काभ्रेको नागिडाडामा आन्तरिक विमानस्थल नबनाउन संसदीय समितिले प्रतिवेदन पेस गरेको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितीले गठन गरेको उपसमितीले विमानस्थल आवश्यक नरहेको निस्कर्ष निकालेको हो । पुर्वप्रधानमन्त्री माधव नेपालको नेतृत्वमा रहेको उपसमितीले विमानस्थल आवश्यक नरहेको प्रतिवेदन समितीमा पेस गरेको छ । समितिले उपसमितीको प्रतिवेदन स्वीकार गर्दै विमानस्थल नबनाउन निर्देशन दिने तयारी गरेको छ । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक विमानस्थल अलग गर्न नाडिडाडामा विमानस्थल बनाउने तयारी गरेको थियो । नागिडाडामा सामान्यभन्दा धेरै खर्च लाग्ने भएपछि यो आयोजना विवादमा तानिएको हो । याे पनि हेर्नुहाेस् नागिडाडा आन्तरिक विमानस्थलकाे काम सुस्त, क्षेत्र निर्धारण नै हुन सकेन नागिडाडामा विमानस्थल: ६० हेक्टर जमिन लाग्ने, ३५ प्रतिशत किन्नुपर्ने २५ करोडले धान्ला ? नागीडाँडामा विमानस्थल: ४० मिटर खार्नुपर्ने, २० लाख क्युबिक मिटर माटो अन्तर्राष्ट्रिय विमानस्थल ल्याइने
चीनमा एक विमान कम्पनीको ८४० विमानबाट एकै दिन १८०० उडान, ३ लाख यात्रुलाई सेवा
काठमाडौं । चीनको एक विमान कम्पनीले एकै दिन ३ लाख जना यात्रुलाई सेवा दिएको छ । चिनियाँ पर्व, ‘स्प्रिङ फेस्टिभल’ को चहलपहल शुरू हुँदैगर्दा चीनको प्रसिद्ध विमान कम्पनी ‘चाइना साउदर्न एअरलाइन’ले एकै दिनमा तीन लाख नागरिकलाई सेवा दिएको हो । वसन्त ऋतुलाई स्वागत गर्ने पर्व, ‘स्प्रिङ फेस्टिभल’ लाई उल्लासमय पार्न विदेशमा रहेका तथा स्वदेमा रहने अधिकांश चिनियाँ घर फर्कने गर्छन् । चाइना साउदर्नले सोमबार एक हजार आठ सय उडान भरेको र यसबाट तीन लाख नागरिकलाई सेवा दिएको कम्पनीले बताएको हो । क्वानझाओमा मुख्य कार्यालय रहेको उक्त विमानकम्पनीले आफ्ना ८४० विमानमार्फत विश्वकै तेस्रो र एसियाकै सवैभन्दा धेरै उडान भर्ने गर्छ । विमान कम्पनीले यात्रुहरूको यात्रा अनुभव तथा विमान कम्पनीको दक्षतालाई समयसापेक्ष बनाउन विभिन्न डिजिटल प्रविधिको प्रयोग गर्ने गरेको साथै यसले चीनको फैलँदो नागरिक उडड्यन सेवाको मागलाई समयसापेक्ष सम्बोधन गरेको कम्पनीको दावी छ । चाड अवधिभर अर्थात जनवरी २१ देखि मार्च १ सम्म विमानमार्फत सात करोड ३० लाख चिनियाँहरूले यात्रा गर्ने अनुमान गरिएको चीनको नागरिक उड्ययन प्रशासनले बताएको छ । यो गत बर्षको तुलनामा १२ प्रतिशतको वृद्धि हो ।