डोनाल्ड ट्रम्पको नाकमै बामपन्थी सरकार, सुध्रिएला अमेरिका-मेक्सिको सम्बन्ध ?
काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोले नयाँँ राष्ट्रपति पाएको छ । आइतबार भएको मतदानमा बामपन्थी नेता आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले कुल मतको ५३ प्रतिशत मत ल्याउदै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । बिबिसीका अनुसार लोपेजले नजिकका प्रतिद्धन्दी रिकार्डो अनायलाई दोब्बर मतले पराजित गर्दै राष्ट्रपतिमा चुनिएका हुन् । अनायले २२ प्रतिशत मत प्राप्त गरेका थिए । यस्तै अर्का प्रतिद्धन्दी मान्डेले १६.५ प्रतिशत र रोड्रिगेजले ५ प्रतिशत मत प्राप्त गरेका थिए । अमेरिका र मेक्सिको बिचको सम्बन्ध बिग्रिरहेको अवस्थामा बामपंथी नेता लोपेज उदयले दुई देशबिचको सम्बन्ध कस्तो रहन्छ भन्ने कुरा चर्चा हुन थालेको छ । राट्रपतिमा विजयी भएपनि लोपेजले प्रतिक्रिया दिदैं आफु भ्रष्ट्राचार र छिमेकी देशहरुसँगको सम्बन्ध सुमधुर बनाउने बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गर्दै लोपेजले बधाई दिएका छन् । उनले भनेका छन् -‘मलाई विस्वास छ उनले उत्कृष्ट कार्यसम्पादन गर्नेछन् र मेक्सिको-अमेरिका सम्बन्ध थप उचाइमा पुग्नेछ ।’ राट्रपति ट्रम्पले मेक्सिकोको सिमाबाट अमेरिकामा आप्रवासी भित्रिएको भन्दै सिमामा पर्खाल लगाउने चुनावी नारा दिदैं राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
मेसी हारिरहे, तर यो पटक मेसीका लागि रुने आसु मसँग थिएन !
खेमराज श्रेष्ठ काठमाडौं । २०१४ को विश्वकपमा १-० को अन्तरले जर्मनीसँग अर्जेन्टिना पछि परिरहेको थियो । जब मेसीले फ्रि-किक प्रहार गर्न लागेका थिए । मलाई १ प्रतिशत पनि विश्वास थिएन कि त्यो गोल हुन्छ भनेर । जब रेफ्रिले खेल सकिएको अन्तिम सिठ्ठी फुके मैले मेसीलाई नियाली रहेँ । उनले जब आसु खसाल्न थाले मैले पनि रोक्न सकिन । कोपा अमेरीका एक सयौं वर्ष पुगेको अवसरमा भएको फाइनल खेल पेनाल्टीबाट हुने निधो भयो । सबैभन्दा पहिले पेनाल्टी प्रहार गर्न चीलीका अटुरो भिडाल आए । उनले पेनाल्टी आउट हानेपछि अर्जेन्टिनाका मेसी गए । उनी पनि असफल भए । फेरी ट्रफि चीलीले उचाल्यो । यसपटक पनि मेसी नराम्ररी रोए । मेसीको रातो आखाँ देखेर मैले पनि आसु थाम्न सकिनँ । केहि समयपछि सन्यास घोषणा गर्दै यो मेरा लागि होइन भने । उनको सन्यास फिर्ता गर्न अर्जेन्टिनाको राष्ट्रपति समेत लागे अन्तत उनले संन्यास फिर्ता लिदै कठिन रुपमा विश्वकपमा स्थान बनाए । जब रसिया विश्वकपको चहल-पहल शुरु भयो मेरो एउटै सोचाई थियो यो वर्ष मेसीले ट्रफि उचाल्नेछन् । सबै आलोचकको मुख बन्द गर्नेछन् । अन्तिम समयमा नाइजेरियालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो । यो पछि कुनैपनि हालतमा मेसीले विश्वकप जित्छ भन्ने मेरो विश्वास थियो । जब अन्तिम १६ को खेल नजिकिदैं आयो । मैले सपनामै अर्जेन्टिना फ्रान्ससँग २ ० हारेको देखेको थिए । मनमनै यो डर थियो कि बिहानी पख देखेको सपना । तर एक मन सपना न हो भन्ने थियो । दिनभर छटपटि भैरहेको थियो । साथीहरु आत्तिदै साेध्दै थिए आजको खेल के हाला मैले सान्तोना दिदैं भन्थेँ राम्रो सेट र सम्हालिएर खेले जित्छ । खेल समय नजिकिदैं थियो जब गोल डट कममा अर्जेन्टिनाको खेलाडीको सूचि हेरेँ । अग्युइरो, हिग्योइन र डिबाला बेन्चमा रहेछन् । यसले अर्जेन्टिनालाई ठूलो संकट निम्त्याउने मेरो आकलन थियो । उसो त मुख्य प्रशिक्षक जोर्जे साम्पोलीले खेलाएको खेलमा टिमले एउटै खेल राम्रो खेल्न सकेको थिइन । खेलको दोस्रो हाफमा जब साम्पोलीले रोजोलाई परिवर्तन गरे अब अर्जेन्टिनाले पुर्ण रुपमा हार बेहोर्याे भन्ने मेरो अनुमान थियो । खेलको अन्त्यतिर कठोर हुदैं रेफ्रिले ४ मिनेटको मात्र समय थपे तर १ गोलले खेल फर्किने अवस्थामा थिएन । फेरी एक पटक रेफ्रिले मेसी असफल भयो भन्दै सिठ्ठी बजायो । म केबल टोलाइरहेँ तर यो पटक मसँग मेसीका लागि रुने आसु थिएन किनकी उनीहरु आफ्नो कारणले कपबाट बाहिरिदैं थिए । प्रशिक्षक साम्पोली आफ्नो टोलीलाई उत्तर कोरियाले रकेट परिक्षण गरे जस्तो कहिले कुन त कहिले कुन खेलाडी छनोट गरिरहेक थिए । यो पटक अर्जेन्टिनाको ब्युरोकेसी यति कमजोर भएर रसिया पुग्यो कि क्षमतावान खेलाडी भएर पनि कुनै पनि खेलमा आफ्नो योजना सफल बनाउन सकेन । मेसीका लागि अब पुर्ण रुपमा अन्तर्राष्टिय ट्रफि जित्ने बाटो बन्द भएका छन् । भलै उनले सन्यास लिने हिम्मत गरेका छैनन । कप जित्नका लागि सबै कुराको साथ चाहिन्छ । अर्जेन्टिनाका लागि नियमित गोल किपर रोमेरो घाइते हुनु पहिलो दुर्भाग्य रह्यो । त्यस्तै मिडफिल्डर लान्जिनी पनि घाइतेका सिकार भए । मेसीले प्रतियोगिता अघि कप्तानीबाट राजिनामा दिनुपर्ने मेरो व्यक्तिगत विचार थियो तर उनले त्यसो गरेनन् । पुराना असफलताले निरास बन्ने डरले उनी पटक पटक त्यसलाई विर्सने प्रयास गरिरहेका थिए । जे गरे पनि ४ पटक विश्कप खेलेका मेसीको भागमा विश्वकप परेन । उनलाई हुने हार दैव नटार भने जस्तै भयो । न कराएर हुने न रोएर । खेलले हार्न राम्ररी सिकाउँदो रहेछ । विश्वकप खेलप्रमिहरुको यस्तो चाड हो जहाँ एक वर्षको जित हार वषौसम्म चर्चाको विषय बनिरहन्छ । मिठा होस् या नमिठा अनुभव ।
२०० कपडा उद्योग बन्द हुने खतरामा, ३५ हजार राेजगारी गुम्ने
काठमाडौं । पछिल्लो समय करिब २०० कपडा उद्योगहरु धरासायी हुने जोखिम बढेको छ । सरकारले कपडा उद्याेगलार्इ विगतमा दिदै आएको सुबिधा हटाएको, चाेरी पैठारीबाट कपडाकाे आयात बढेको, विदेशी कपडासँग प्रतिस्पर्धा हुन नसकेको लागयतको कारणाले धरासायी हुने जाेखिम बढेकाे हाे । नेपाल कपडा उद्याेग संघले आइतबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बजेटमार्फत कपडा सरकारले कपडा उद्याेगिले विगतबाट पाउदै अाएकाे सुबिधा हटाएको बताए । साथै अवैधानिक रुपमा आयता बढेको, विदेशबाट आयातित कपडाहरुसँग स्वदेशी कपडा उद्याेगले प्रतिस्पर्धा गर्न नसकेको लागयतको कारणले हाल मुलकमा सञ्चालन भइरहेको करिब २०० संख्यामा रहेकाे कपडा उद्योगहरु धरासायी हुने अवस्थामा पुगेकाे बताए । विगतमा पनि साना ठूला गरी करिब २०० कपडा उद्योग धरासायी भइसकेकाे उनकाे भनाइ छ ।‘पछिल्लाे बजेटअघिसम्म सिन्थेटीक कपडामा सरकारले मूल्यअभिवृद्धि कर १३ प्रतिशत लिन्थ्यो त्यसमा ७० प्रतिशत फिर्ता दिन्थ्यो साथै सुतीको कपडामा खरिद गर्ने क्रममा तिरेको रकमबाट बिक्रीमा उठाएको कर समायोजन गरिन्थ्यो,’ उनले भने ‘ती सबै सुविधालाई सरकारले मोबाईलमा मूल्यअभिवृद्धि कर फिर्ता नदिन अध्यादेश ल्याएसँगै साेही बास्केटमा राखेर कपडा उद्याेगकाे सुविधा समेत कटौती गरेको छ ।’ त्यस्तै उनले मुलुकमा बैधानकि करिब १० र अबैधानिक रुपमा ९० प्रतिशत कपडाको आयात भइरहेको बताए । उनका अनुसार जसबाट सरकारले २० अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमाइरहेको छ । त्यसलाई थोरै मात्रै सुधारे १० अर्ब राजस्व गुम्नबाट जोगाउन सकिने उनकाे भनाइ छ । ‘केही वर्षअघिको अध्ययन अनुसार मुलुकमा अहिले प्रतिव्यक्तीलाई करिब ३० मिटर कपडा आवश्यक पर्ने र त्यसको आधारमा नेपालमा झन्डै ८० करोड मिटर कपडाे खपत छ,’ उनले थपे ‘त्यसमध्ये अहिले स्वदेशी उत्पादन ७ करोड मिटर मात्रै छ ।’ बाँकी अायात हुने र आयातित कपडामा पनि चाेरी पैठारीबाट मात्रै ९० प्रतिशत भित्रिने उनले सुनाए । कार्यक्रममा संघका उपाध्यक्ष जितेन्द्र लोहियाले विगतमा तराई क्षेत्रको औद्योगिक करिडोमा सञ्चालन भएका २०/२५ वटा उद्योग मध्ये अहिले एउटा मात्रै सञ्चालनमा रहेकाे बताए । ०७१ सालपछि कपडा उद्यागीहरुको लागि केही सहज कानून आए पनि फेरी पछिल्लो ०७५/७६ को अध्यादेशमार्फत सकारले उद्योगलाई धरासायीको बाटोतर्फ धकेलिदिएको उनको दुखेसाे छ । ‘अहिले नेपालमा पहिरन लगायताक सम्पूर्ण कपडालाई जोड्ने हो भने प्रत्येक एक जनालाई वर्षमा ६५ मिटर कपडा अवश्यक पर्छ,’ उनले भने ‘त्यो भनेको करिब १ अर्ब ८० करोड मिटर हुन जान्छ । नेपालमा हुने त्यातिका कपडा मध्ये करिब ९० प्रतिशत अायातित, चाेरी पैठारी लगायतकाे माध्यमबाट अाइरहेकाे छ । यसले नेपालबाट मुद्रा बाहिरने मात्रै हाेइन, स्वदेशी उद्याेगलार्इ नै धरासायी बनाएकाे उनकाे दावी छ । उनले चाेरी पैठारीलार्इ मात्रै राेक्ने हाे भने स्वदेशी उद्याेग उँभाे लाग्ने बताए । संघका सल्लाहाकार तथा हिरा टेक्स्टायलका सञ्चालक बद्रीराज श्रेष्ठले मुलुकमा कपडा उद्योग धरासायी हुनुको मुख्य कारण चोरी पैठरी रहेको बताए । ‘हामीले धेरै वर्षअघिदेखि कपडमा हुने चोरी पैठारी रोक्नका लागि पटक–पटक माग गर्दै अयौं,’ उनले भने ‘तर कहिले सरकारले सम्बोधन गर्ने प्रयत्न गरेन ।’ मुलुमा लोडसेडीङ हटेको छ । दशैँमा पटेका पड्काउन निशेष लगाइएकाे छ । तर किन कपडाको चोरी पैठारी हल गर्न सकिएको छैन भन्दै उनले सकारले प्रश्न गरे । सरकारले चाहने हो कपडमा भइरहेकाे चाेरी पैठारी राेक्न सक्ने भएता पनि त्यसप्रति चासो नदिएकाे उनको बुझाइ छ । संघका अनुसार हाल मुलुकभर ६ अर्ब रुपैयाँ बराबर कपडा उद्याेगमा लगानी भएकाे छ । जसबाट ३५ हजार बढी संख्यामा राेजगार प्रदान सृजना भएकाे छ । कपडा उद्याेग धरासायीकाे खतरासँगै कपडा उद्याेगमा अाबद्ध कर्मचारी तथा कामदारहरुको रोजगर जोखिममा पर्ने भएको छ ।