स्रष्टाहरुले चन्द्रागिरिबाट उचाले समृद्धिका स्वर, ओलीले सुनाए यस्ताे कविता
काठमाडौं । ३१–२०५ औँ भानु जयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित हिम्वत् खण्ड कला साहित्य सम्मेलन २०७५ समापन भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको बहुउद्देश्यीय हलमा आयोजित एक विशेष कार्यक्रममा सातै प्रदेश एवम् विदेशबाट प्रतिनिधित्व गर्दै आएका स्रष्टाहरुले कविता मार्फत समृद्धिका स्वर उचालेका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले दश हरफको सुन्दर कविता चन्द्रागिरि पर्वतमा अवस्थित भालेश्वर महादेवको मन्दिर परिसरमा सिर्जना गरि कार्यक्रममा बाचन गरेका थिए । कार्यक्रमलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मीक, राजनितिक एवम् ऐतिहासिक महत्व बोकेको यस एकिकृत पर्यटकिय गन्तव्य चन्द्रागिरि पर्वतबाट स्रष्टाहरुले उचालेको समृद्धिको स्वरमा आफ्नो ऐक्यवद्धता जनाएका छन् । उनले नेपालमा औषधिय गुण बोकेकाअ पार जडिबुटी र असंख्य जैविक विविधता विद्यमान रहेकाले समृद्धि सम्भव रहेको कुरा समेत उल्लेख गरेका छन् । उक्त कार्यक्रममा हिमवत् खण्ड अन्र्तगतका २४ राष्ट्रका स्रष्टाहरुको सहभागी रहेको थियो ।
फ्रान्समा यसरी उर्लियो जनसागर (भिडियोसहित)
काठमाडौं । २० वर्षपछि विश्वकपको ट्रफी उचालेको फ्रान्समा जनसागर उर्लिएको छ । फाइनल खेलमा क्रोयोसियालाई ४-२ गोल अन्तरले हराएपछि फ्रान्समा समर्थकहरुले खुशियाली मनाएका छन् । केहि स्थानमा समर्थकहरुले आगोको लप्काहरु फालेको र शहर अस्तव्यस्त बनाएका छन् । गोल डटकममा सार्वजनिक भिडियोमा ठूलो संख्यामा फ्रेन्च समर्थकहरु सडकमा उत्रिएका छन् । उनीहरुलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको देखिन्छ । विषेशगरी पेरिसमा ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन असुल ग्याँस प्रहार गरेका छन्, भने केहि व्यक्तिलाई पक्राउ समेत गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
जाइकाको चार करोड सहयोगमा विद्यालय पुनःनिर्माण
काठमाडौं । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी सहयोग नियोग जाइका मार्फत निर्माण गरिएको तादी गाउँपालिका–२ मैदानस्थित रालुका माध्यमिक विद्यालयको १६ कोठे भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ । तीन वर्षअघिको विनाशकारी भूकम्पले पूर्ण क्षति पु¥याएको विद्यालयको भवन रु तीन करोड ८९ लाख १७ हजार लगानीमा निर्माण गरिएको भूकम्प प्रतिरोधी पक्की भवन र विद्यालयका लागि आवश्यक पर्ने फर्निचरलगायतका सहायता सामग्री गाउँपालिकाको उपाध्यक्ष ईश्वरी उप्रतीले विद्यालय व्यवस्थापन समितिका सदस्य डोलकुमारी थापा ‘जानुका’लाई हस्तान्तरण गरे । भवनको साँचो र निर्माण सम्पन्न प्रमाणपत्र हस्तान्तरण गर्दै उपाध्यक्ष उप्रेतीले भूकम्पले क्षति पुगेको विद्यालयको लागि चाहिने सबै शैक्षिक सामग्रीसहितको संरचनाको निर्माण पूरा भएकाले अब विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीबीचको समन्वयमा गुणस्तरीय शिक्षा प्रवाहमा केन्द्रित हुनुपर्ने सुझाव दिए । कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा०का जिल्ला प्रमुख वैकुण्ठ सुवेदीले भूकम्पले क्षति पुगेका विद्यालय निर्माणको कार्यलाई तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । उनको अनुसार जापान सरकारको ऋण सहयोगमा ‘आपत्कालीन विद्यालय पुर्ननिर्माण’ कार्यक्रममार्फत केन्द्रीय ठेक्का प्रणालीबाट सम्झौता भएको रालुका माविसहित ५७ विद्यालयमध्ये केहीको निर्माण सम्पन्न नजिक र केही ठेक्का प्रणालीमार्फत काम शुरु गर्न लागिएको छ । जाइकामार्फत जिम्मेवारी पाएको डिजाइन एण्ड सुपरीभिजन कन्सल्टेनका जिल्ला अनुगमन इञ्जिनियर गणेश कँडेलका अनुसार जापान सरकारको सहयोगमा निर्माण गर्न लागिएको ५७ मध्ये श्यामसुन्दर र गुलिभर जेभीले निर्माण गरेको रालुका मावि पहिलो भएकाले बाँकी विद्यालयको भवन पनि छिट्टै सम्पन्न हुने गरी कामलाई तीव्र बनाइएको छ । रासस