सुन तस्करी प्रकरणमा राजधानीस्थित बाजेको सेकुवामा छापा, रेष्टुराँकाे काराेबार राेक्का हाेटल शिल
काठमाडौँ । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौँका विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेष्टुराँ छापा मारेको छ । समितिले सुन तस्करीमा संलग्न रहेका चेतन भण्डारीले सञ्चालन गरेको अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तीसपुतली, कमलपोखरी र गैरीधारास्थित सेकुवा रेष्टुराँमा छापा मारेको हो । जिल्ला अदालत मोरङको अनुमति प्राप्त गरी रेष्टुराँको कारोबार रोक्का र होटल बन्द गराई शिलबन्दी गरिएको समितिले जनाएको छ । सुन तस्करीपछि फरार रहेका भण्डारीलाई यसै प्रकरणमा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको थियो । समितिका अनुसार बाजेको सेकुवा नाममा हाल १० रेष्टुराँ सञ्चालनमा रहेका छन् जसमध्ये पाँच वटा भण्डारी र एउटा उनको सालोको नाममा रहेका छन् । रासस
गृहमन्त्री बादलले अब विद्युत चोरी नियन्त्रण गर्ने (निर्णयसहित)
काठमाडौं । गृह मन्त्रालय र उर्जा मन्त्रालयको सहकार्यमा विजुली चोरी नियन्त्रण हुने भएको छ । गृह मन्त्रालयमा बुधबार बसेको सयुक्त बैठकले विद्युत चुहावट नियन्त्रण गर्ने निर्णय भएको हो । प्राधिकरणको प्रणालीमा चैतसम्ममा २०.०६ प्रतिशत विद्युत चुहावट रहेको छ । आर्थिक वर्ष ०७३÷७४मा चुहावट २२.९ प्रतिशत थियो । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने ,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा बितरण लाइनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । यस्तो छ मन्त्रालयले गरेको संयुक्त निर्णयहरु
हप्ता असुल्ने गुण्डा तथा प्रहरीलाई छोड्दिन –गृहमन्त्री थापा
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताए । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको आज उद्घाटन गर्दै उनले भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास हुन नसक्ने बताए । ‘पार्टी प्यालेस र क्याटरिङ क्षेत्र उद्योग हो, यसको विकास गरेर बेरोजगार युवालाई रोजगार दिनु जरुरी छ’ उनले भने। महासंघका अध्यक्ष अरुणशंकर वैद्यले नेपालमा चार दशकअगाडी स्थापना भएको पार्टी प्यालेस तथा क्याटरिङ हाल नेपालको ४४ जिल्लामा चार हजार हाराहारीमा रहेको जानकारी दिए । महाधिवेशनमा देशभर रहेका व्यवसायीका विभिन्न समस्या तथा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा छलफल हुने जनाइएको छ । महाधिवेशनपछि नयाँ कार्यसमिति चुन्ने महासंघमा हाल देशभर ४२ जिल्लाका २०० महाधिवेशन प्रतिनिधिको सहभागिता छ । रासस