राजधानीमै मानव खप्पर किनबेच, जडीबुटी पसलबाट १९ हजारमा किनिएको सार्वजनिक

काठमाडौं २६, भदौ । मानव बलि दिए धन र शक्ति आर्जन हुने अन्धविश्वामा ढोंगी तान्त्रिकको पछि लाग्नेहरूले राजधानीमै मानव खप्पर र हाडखोर किनबेच हुने गरेको तथ्य खुलेको छ । स्वयम्भूमा मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट राजधानीमै मानव खप्पर र हाडखोर किनबेच भइरहको समाचार आइतबारको नागरिक दैनिकमा छापिएको छ । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय तान्त्रिक भनिने कानु पहरीसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । प्रहरीका अनुसार पहरीसहित दुई जनाले राजधानीको मित्रपार्कस्थित एक जडीबुटी पसलबाट १९ हजार रुपैयाँमा मानव खप्पर खरिद गरेको बयान दिएका छन्। प्रहरीले घटनामा पहरीका साथबाट मानव खप्पर र खुकुरीसमेत बरामद गरेको छ। उक्त पसल पहिले प्रेस सिवाकोटीले चलाउँदै आएका थिए। पछिल्लो भूकम्पमा सिवाकोटीको निधन भएपछि बुहारी सीताले चलाउँदै आएकी छन्।

नेपालको इन्टरनेट महंगो, विश्वाशिलो नहुँदा २ वटाको सेवा लिनुपर्ने वाध्यता

काठमाडौं २६ भदौ । नेपालमा आधा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी छन्। यी कम्पनीबीच कसले सस्तो शुल्कमा उत्कृष्ट सेवा प्रदान गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको छ । तर, पनि नेपालमा इन्टरनेट सेवा महंगो भएको समाचार आइतबारको आजको अन्नपूर्ण पोष्टमा छापिएको छ। अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालको इन्टरनेट सेवा शुल्क निकै महँगो छ। शुल्क महंगो भए पनि त्यस अनुसारको सेवा उपलव्ध छैन। तोकिएबमोजिम इन्टरनेट सेवा प्रयोगकर्ताले प्रयोग गर्न पाएका छैनन्। नेपालमा इन्टरनेटको अन्तर्राष्ट्रिय गेट वे एउटै मात्र हुनुनै इन्टरनेट शुल्क महंगो हुने प्रमुख कारण हो। एउटै मात्र अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे हुँदा एकाधिकार बजार सिर्जना भएको हो। नेपालमा अहिले भारतको बाटो भएर मात्र इन्टरनेट ल्याउने गरिएको छ।यसका कारण आइएसपीले चाहेर पनि सस्तोमा सेवा दिन सकेका छैनन । आइएसपीले दिएको सेवा विश्वासिलो नभएकै कारण अधिकांश कम्पनी तथा संस्थाले दुईवटा इन्टरनेटको सेवा लिनुपरेको छ । यसको कारण एक त नेपालमा इन्टरनेट महंगो अर्को दोहोरो खर्च भएको पनि उल्लेख छ । विभिन्न कर्पोरेट हाउस, वित्तिय संस्था तथा धेरै समय इन्टरनेटमै काम गर्नुपर्ने कार्यालयले एउटाले काम नगर्दा वा एउटा विग्रदा अर्को सेव प्रयोग गर्न सकिने बताएका छन् ।

अर्थमन्त्री महरा चीनमा, ६ दिने कार्यक्रममा सहभागि हुन सुटुक्क

काठमाडौं २६, भदौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा अचानक चीन गएका छन् । तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी मा भाग लिन शनिबार चीनतर्फ प्रस्थान गरेका छन् । महरा ६ दिने कार्यक्रममा सहभागि हुन सुटुक्क चीन गएको उल्लेख छ । ६ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उहाँ चीन गएको उल्लेख छ । उक्त सम्मेलन यही सेप्टेम्बर १६ तारिखसम्म हुने बताइएको छ । अर्थमन्त्री भएपनि चिनियाँ राष्टपतिको नेपाल भ्रमणको अवस्था बुझ्न गएका महरा पुनः चिन गएको समाचार आइतबारको नेपाल समाचारपत्र दैनिकले बछापेको छ ।