सिटिजन्स बैंकको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त, बैंकिङ क्षेत्रमा १५ वर्षको अनुभव

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बसेको संचालक समितिको ३१६औं बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । श्रेष्ठले सचिव पदमा नियुक्त भएकै दिनबाटै आफ्नो कार्यभार सम्हालेका छन् । कम्पनीले कात्तिक १ गतेदेखि लागू हुनेगरी श्रेष्ठलाई सचिव पदमा नियुक्त गरेको हो । भारतकाे पुनेस्थित रहेकाे एसआईबीएमबाट एमबीए गरेका नवनियुक्त श्रेष्ठमा व्यापार वित्त, क्रेडिट र शाखा सञ्चालनको क्षेत्रमा १५ वर्षको बैंकिङ अनुभव रहेको छ ।

आरविवि मर्चेन्टको सीईओमा बद्रीप्रसाद प्याकुरेल नियुक्त

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मिति बद्रीप्रसाद प्याकुरेललाई नियुक्त गरिएको छ । कात्तिक १ गतेदेखि लागु हुने गरी चार वर्षको लागि प्याकुरेललाई सीईओ नियुक्त गरिएको हो । सीईओ प्याकुरेलले शुक्रबारनै एक समारोहका बीच पदबहाली गरेका छन् । प्याकुरेलकोे अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैंकिङ्ग तथा पूँजीबजारमा १५ वर्ष भन्दा बढीको अनुभव रहेको छ । उनी यसअघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए । सो अवसरमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् आरविवि मर्चेन्ट बैंकिङ्गका सञ्चालक केशबप्रसाद लम्सालले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए । सो समारोहमा रावा बैंकका मूख्य प्रबन्धक एवम् सञ्चालक पवन रेग्मी, रावा बैंकका मूख्य प्रबन्धक एवम् आरविवि मर्चेन्ट बैंकिङ्गका निमित्त प्रमुख कार्यकारी अधिकृत रामकुमार थापा लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । समारोहलाई कम्पनी सचिव खगेन्द्र उप्रेतीले सहजीकरण गरेका थिए । हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैंकको ७७ जिल्लामा रहेका २३८ वटा शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने हुंदा दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने सम्भावना देखिएको नवनियुक्त सीईओ प्याकुरेलले बताए । आरविवि मर्चेन्ट बैंकिङ्गको हाल २० करोड चुक्तापूंजी रहेको छ ।

एनएमबि बैंकको कम्पनी सचिवमा अधिकारी नियुक्त

काठमाडौं । एनएमबि बैंक लिमिटेडको कम्पनी सचिवमा  ध्रुवप्रसाद अधिकारी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको संचालक समितिको ३९२औं बैठकले कम्पनी सचिवमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । बैंठकले कात्तिक १ गतेदेखि लागु हुनेगरी अधिकारीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।