बीमा संस्थानको प्रशासकमा झापाका कविप्रसाद पाठक
काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानको प्रशासकमा झापाका कविप्रसाद पाठकलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले शिफारिशको पहिलो नम्बरमा रहेका पाठकलाई प्रशासक बनाएको हो । अर्थ मन्त्रालयले गठन गरेको प्रशासक नियुक्ति तथा शिफारिश समितिले प्रस्ताव आब्हान गर्दा ५ जनाले आवेदन दिएका थिए । व्यवसायीक योजना र अन्तरवार्तापछि समितिले पाठकलगायत ३ जनाको नाम शिफारिश गरेको थियो ।
राष्ट्रिय बीमा संस्थाको प्रशासकमा ३ जनाको नाम शिफारिश
काठमाडौं । राष्ट्रिय बीमा संस्थाको प्रशासकमा ३ जनाको नाम शिफारिश भएको छ । शिफारिश समितिले व्यवसायिक योजना र अन्तरवार्ताका आधारमा क्रमश कविप्रसाद पाठक, झापा, डा. डिल्लीराज अर्याल गुल्मी र बुद्धकाजी श्रेष्ठ काठमाडौंलाई शिफारिश गरेको हो । सरकारले वर्णानुक्रमअनुसार प्रक्रिया अघि बढाए पाठक प्रशासक बन्ने छन् । अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि निर्णय हुने छ । यस्तै लक्ष्मण पोखरेल, गुल्मी र सुरेन्द्र थापा पाल्पा शिफारिशमा परेनन् । प्रशासक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समिलिाई उम्मेदवारले आइतबार संस्थाको व्यवसायिक योजना प्रस्तुत गरेका थिए । सोमबार अन्तरवार्ता लिएको थियो ।
प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा श्रवणकुमार अग्रवाल
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा श्रवणकुमार अग्रवाल नियुक्त भएका छन् । अध्यक्षमा नियुक्त भएकै दिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले अग्रवाललाई सपथ ग्रहण गराएका थिए । कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठक गत जेठ १ गते बसेको थियो । नवनियुक्त अध्यक्ष अग्रवाल राजेश मेटल क्राफ्टका अध्यक्ष हुन् । साथै, उनी मर्वाडी सेवा समितिका प्रिसिडेन्ट हुन् ।