हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले सम्हाले पदभार, लिए सपथ
काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात असोज १९ गते नै बैंक अध्यक्षको पद बहाली गरेका छन् । श्रेष्ठलाई गत असोज १३ गते बुधबारका दिन बसेको बैंकको ४११औं संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंकको संचालक समितिका सदस्य थिए ।
ग्रामीण विकास लघुवित्तको सञ्चालक समितिमा ६ जना, अध्यक्षमा चण्डी घिमिरे
काठमाडौं । ग्रामीण विकास लघुवित्तमा ६ जनाको सञ्चालक समिति चयन भएको छ । भदौ ५ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाले सञ्चालक समितिमा अध्यक्ष सहित ६ जनालाई चयन गरेको हो । जसमध्ये चण्डी प्रसाद घिमिरेले अध्यक्षको कार्यभार सम्हाल्ने छन् । नेपाल सरकार अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा आएका घिमिरे संस्थापक समूहको तर्फबाट अध्यक्ष पदमा चयन भएका हुन् । त्यसैगरी, सुदिप फुयाल, लेखनाथ भुषाल र शिवहरी दंगाल पनि संस्थापक समूहबाट सञ्चालकमा नियुक्त भएका छन् । जसमध्ये फुयालले नेपाल राष्ट्र बैंक, भुषालले नेपाल बैंक र दंगालले फ्यूचर स्टार डिजाइन एण्ड डेभलपर्स प्रा. ली.का तर्फबाट प्रतिनिधत्व गरिरहेका छन् । साथै, सर्वसाधारण समूहको तर्फबाट भरतराज कोइराला र मनोज कुमार खड्का संस्थाको सञ्चालकमा चयन भएका छन् ।
आरम्भ चौतारी लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिले शर्मालाई सीईओ पदमा नियुक्त गराउने निर्णय गरेको हो । सोही बैठकले नवनियुक्त सीईओ शर्मालाई कम्पनी सचिवमा नियुक्त गरेको छ । यसअघि संस्थाको सीईओ पदमा लक्ष्मण घिमिरे रहेका थिए । संस्थाको सञ्चालक समितिले घिमिरेले दिएको राजिनामालाई स्वीकृत गर्दै नयाँ सीईओमा शर्मालाई नियुक्त गरेको हो ।