निरज गिरीले पाए धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी निरज गिरीलाई दिइएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना निलम्बित भएसँगै अर्थमन्त्रालयले निमित्तको जिम्मेवारी गिरीलाई दिएको हो । गिरी बोर्डका कार्यकारी निर्देशक समेत हुन् । मन्त्रालयले बोर्डको दैनिक प्रशासनिक कार्य र बोर्ड सञ्चालन गर्न गिरीलाई भदौ २८ गते जिम्मेवारी दिएको हो । यससँगै उनले अर्को निर्णय नभएसम्म बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । सरकारले सवोत्तम सिमेन्टको सेयर खरिद विवादमा तानिएका बोर्ड अध्यक्ष ढुङ्गानालाई गत भदौ १६ गते निलम्बन गरेको थियो । यससँगै उनीमाथि छानविन गर्न समिति गठन गरी हाल छानविन गरिरहेको छ ।

सिद्धार्थ क्यापिटलको सीईओमा चन्दन कार्की

काठमाडौं । सिद्धार्थ क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चन्दन कार्की नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले कार्कीलाई सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ कार्कीले भदौ २७ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

साधना लघुवित्तका सीईओ रेशम न्यौपानेले पाए निरन्तरता

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेले निरन्तरता पाएका छन् । भदौ २४ गते बसको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ न्यौपानेलाई नै निरन्तरता दिने निर्णय गरेको हो । यससँगै सीईओ न्यौपानेले आगामी असोज १ गतेबाट लागू हुनेगरी थप ४ वर्ष अर्थात दोश्रो कार्यकाल सम्हाल्ने छन् । उनी उक्त संस्थामा स्थापना काल देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार समाल्दै आएका छन् । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनश सेयर तथा १.३२ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको छ । वित्तीय संस्थाले ४ वटा प्रदेशका ३० जिल्लाहरुमा ७७ शाखा कार्यालय मार्फत् सेवा दिँदै आएको छ ।