सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त, स्वदेशी र विदेशी बैंकिङमा तीन दशकको अनुभव
काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल कुमार पोखरेल नियुक्त भएका छन । बैंकका सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । हालसम्म उनी बैंकको निमित्त सीईओका रुपमा काम गर्दै आएका थिए । बैंक संचालक समितिको बिहीबार बसेको बैठकले पोखरेललाई चार वर्षको लागि सीईओ नियुक्त बताइएको छ । असार १८ गतेदेखि लागू हुने गरी उनलाई बैंक सञ्चालक समितिकाे बैठकले प्रमुख कार्यकारी नियुक्त गरेको हो । सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पाेखरेल अनुभवी बैंकरका रूपमा परिचित छन् । उनीसँग विदेशी बैंकदेखि नेपाली बैंकहरूमा पनि लामाे समयसम्म काम गरेकाे अनुभव तथा कार्यकाैशलता छ । उनले करिब २० वर्ष तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरे । त्यसपछि उनले एनआइसी एसिया बैंकमा करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि उनले एक वर्ष काम गरेकाे अनुभव छ । उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा पनि काम गरेका छन् । त्यसपछि उनले म्यानमारकै एजीडी बैंकमा काम गरे । त्यसैले पनि उनलाई धेरैले विदेशी बैंकिङ सम्बन्धि राम्रे ज्ञान तथा अनुभव भएकाे बैंकरका रूपमा चिन्छन् । विदेशी बैंकसँग करिब ३ वर्ष काम गरेकाे अनुभव पाेखरेलसँग छ । उनी २०७६ जेठ २ मा सिभिल बैंककाे डेपुटी सीइओमा नियुक्त भएका थिए । यी विभिन्न बैंकमा काम गर्दा उनले हालसम्म तीन दशक बढी समय बैंकिङ क्षेत्रमै बिताइसकेका छन् ।
स्ट्याण्डर्ड चाटर्ड बैंकका कम्पनी सचिव रेग्मीले गरे पदबहाली
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालका नवनियुक्त कम्पनी सचिव माधबप्रसाद रेग्मीले पद बहाली गरेका छन् । नवनियुक्त कम्पनी सचिव रेग्मीले जेठ २५ गतेबाट पदबहाली गरेका हुन् । बैंक सञ्चालक समितिको ४१२औं बैठकले उनलाई बैंकको रिक्त रहेको कम्पनी सचिव पदमा नियुक्त गरेको थियो ।
प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास क्षेष्ठले गरे शपथ ग्रहण
काठमाडौं । प्राइम कमर्शियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज(जेठ २३ गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् । अध्यक्ष क्षेष्ठले अर्को कार्यकालको लागि निरन्तरता पाएका हुन् । गत जेठ १४ गते बसेको बैंक संचालक समितिको बैठकले संचालक समितिको सदस्यको पदावधि कायम रहेसम्म श्रेष्ठलाई नै संचालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो । उक्त समारोहमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बम बहादुर मिश्र, निर्देशक एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको उपस्थिती रहेको थियो । सम्बन्धित समाचार प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पाए निरन्तरता