सेबोन कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन, ढुंगाना भन्छन्ः मिलेर बजारको विकास गर्नुपर्छ
काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) कर्मचारी युनियनको नयाँ कार्यसमिति- चयन भएको छ । युनियनको छैठौं विशेष अधिवेशन मार्फत राजु बहादुर जि.सि.को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । कार्यसमितिको अन्य पदाधिकारीको रुपमा बरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत रुपमा चयन भएका छन् । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । उक्त कार्यक्रम युनियनका सचिव श्यामु मण्डलले संचालन गरेका थिए । उक्त अधिवेशन असार १८ गते नेपाल धितोपत्र बोर्ड, खुमलटार, ललितपुरमा सम्पन्न भएको थियो । । अधिवेशनको उद्घघाटन सत्र युनियनका अध्यक्ष तोलाकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त उद्घघाटन सत्रमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गरे । उद्घघाटन सत्रको प्रमुख अतिथि बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिए ।
स्वावलम्बन लघुवित्तका नायब महाप्रबन्धक चापागाँईले सम्हाले कार्यभार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नायब महाप्रबन्धक गोबिन्द चापागाँईले आज (असार २१ गते) बाट कार्यभार सम्हालेका छन् । गत असार १५ गते नायब महाप्रबन्धकमा नियुक्त भएका चापागाँईले ६ दिनपछि आफ्नो कार्यभार सम्हालेका हुन् । संस्थाको सञ्चालक समितिको बैठकले उनलाई नायब महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकले चापागाँईलाई एक वर्षको लागि वित्तीय संस्थाको नायब महाप्रबन्धकमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त नायब महाप्रबन्धक चापागाँईले २०७९ असार २१ गतेसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।
राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष रामशरण पुडासैनी लिए शपथ
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनीयताको शपथ लिएका छन् । संचालक समितिका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । बैंक संचालक समितिको आईतबार(असार २० गते) बसेको बैठकले रामशरण पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्ष रामशरण पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिव हुन् । यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्षको पदबाट बैंक संचालक समिति समक्ष राजीनामा दिएका थिए । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।