व्यस्त शहरमा मस्त गोधुली साँझ (फोटोफिचर)
राजधानीको विजुलीबजार । काठमाडौं । भीडभाड, भागदौड अनि व्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीको सायदै होला । किनभने जहिल्यै र जताततै कामै कामको चाप हरेक राजधानीवासीको जीवनमा हुन्छ । त्यही कामको चापले नै होला एक शहरीयाले अर्को शहरीयालाई चिन्दैन र वास्ता गर्दैन पनि । तर यही ब्यस्त शहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ । साँझपख कौसीमा टहलिने मात्र हो भनेपनि गोधुली साँझको भरपुर मज्जा लिन सकिन्छ । नागदह । भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेशा व्यवसायीहरुको विश्राम लिने बेला, बालबालिकाहरु खेल्दै र रमाउँदै गल्लीहरुमा हसिलो अनुहार देखिने बेला, मठ–मन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझमा रमाउँदाको मज्जा नै बेग्लै हुन्छ । यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ । जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छ । नीलो आकाशमा रातो अनि पहेलो रङ्ग भरिन्छ । भैसेपाटीबाट देखिएको दक्षिण अाकाश । चराचुरुङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ, सडक छेउका बस्ती बाहेक । आजभोलि सूर्यास्तसँगै राजधानीका गोधुली साँझहरु रंगीन छन् । सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने राजधानीवासीले फुर्सद निकालेर कौसीमा बस्ने मौका निकाल्न हो भने भरपुर आनन्द लिन सकिन्छ । ठेचोबाट । हल्का बादल भएको बखत दक्षिणी क्ष्तििज पहेँलो अनि रातो हुन्छ । बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ । पछिल्लो समय निरन्तरको झरिका कारण प्रदूषण हटेको छ । शहरका अग्ला भूभाग भक्तपुर,कपनजस्ता ठाँउबाट साँझको सूर्यास्त हेर्न लालयित बन्छन् हरेक नयनहरु । दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर देखिन्छ । वागमती र सूर्यास्त । बानेश्वर । नगरकोट । ललितपुरको चापागाँउबाट देखिएको सूर्यास्तको बेलाको आकाश ।
धान दिवसमा जे देखियो (फोटोफिचर)
हिलोमा डोरी तान्ने प्रतियोगितामा भाग लिँदै विदेशी रोपाइँ महोत्सवमा रमाउँदै विदेशी पोखरा-२५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा रमाउँदै विदेशी पर्यटकहरु। पोखरा-२५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा हिलोमा बल खेल्दै बालक। हिलोमा बल खेल्दै बालकहरु संखुवासभाको खांदबारी नगरपालिका-८ मा बुधबार धान दिवसको अवसर पारेर धान रोपाइँ गरिँदै धानको बिउ दिँदै एमाले अध्यक्ष ओली मेसिनबाट धान रोप्दै एमालेका अध्यक्ष ओली भक्तपुर सूर्यविनायक नगरपालिकाको सिरूटारमा बुधबार अखिल नेपाल किसान महासंघ,उपत्यका समन्वय समितिद्वारा आयोजित १९ ओैँ राष्ट्रिय राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्वसमा सहभागीहरु। ललितपुरको इमाडोलमा आधुनिक प्रविधिबाट धान रोप्नको लागि ट्र्याक्टरले खेत जोत्दै किसान । धानको विउसँग रमाउँदै बालिका संखुवासभाको खांदबारी नगरपालिका-८ मा बुधबार धान दिवसको अवसर पारेर धान रोपाइँ गरिँदै । कृषि ज्ञान केन्द्र कैलालीको आयोजनामा धनगढीको देवहरिया गाउँमा बुधबार आयोजित राष्ट्रिय धान दिवस समारोहमा सुदूरपश्चिमका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरी (बीचमा)लगायतलाई धानको बेर्ना पोखरा पर्यटन परिषद्को आयोजना, देवीस्थान सेवा समाज पोखरा–२५ हेमजाको स्थानीय आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित १७औं असारे रोपाइँ महोत्सवको उद्घाटन समारोहका सहभागी । विराटनगर महानगरपालिकाद्वारा १९औंं राष्ट्रिय धान दिवस–२०७९ को उपलक्ष्यमा विराटनगर–१८ स्थित चार लेन सडक नावाघाट टोलमा बुधबार धान रोप्दै महानगरपालिकाका प्रमुख नागेश कोइराला । धनगढीको देवहरिया गाउँमा बुधबार आयोजित राष्ट्रिय धान दिवस कार्यक्रम तथा रोपाइँ महोत्सवमा धान रोप्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीलगायत । तस्विरः रासस