प्रधानमन्त्री देउवाले गरे ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को उद्घाटन (फोटोफिचर)
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आजदेखि भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२२’ सुरु भएको छ । पाँचौँ संस्करणका रूपमा रहेको कमर्स मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । मेलामा नेपाल, भारत, पाकिस्तानलगायत अन्य राष्ट्रका उद्योगी व्यवसायीसमेत गरी १५० बढी स्टलहरू रहेका छन् ।
यसरी गर्यो चौधरी ग्रुपले विद्युतीय सवारीको व्यवसायमा प्रवेश (फोटोफिचर)
काठमाडौं । विनोद कुमार चौधरीले लिड गरेको चौधरी ग्रुप पनि अटोमोवाइल विजनेशमा प्रवेश गरेको छ । यसअघि विनोदका भाई अरुण चौधरीको परिवार मात्र अटोमोवाइल विजनेशमा रहेका थिए । विनोदको छोरा निर्माण चौधरीको नेतृत्वमा सिजी मोटर्स कम्पनीले निटा ब्राण्डको विद्युतीय कार बुधबार राजधानीमा सार्वजनिक गर्यो । निटा चिनियाँ अटो ब्राण्ड हो । सिजी मोटर्सका प्रबन्ध निर्देशक चौधरीले अधिकांश सवारी उत्पादकले आइसी इञ्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भए पनि निटा ब्राण्ड पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको र यो कार निकै इफिसियन्ट रहेको बताए । यो कारले एक पटकको फूल चार्जमा ३८० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले बताएको छ । ३७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको निटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस्क ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो । नक्सालस्थित शो रुपमा कार सार्वजनिक गर्ने कार्यक्रममा बन तथा वातावरण मन्त्री रामसहाय यादव, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, हस्यकलाकार जितु नेपाल, सेलिब्रेटि बैंकर्स अनिल शाह लगायतको उपस्थिति थियो ।