यसरी बोल्छन् सडक पेटीका भित्ताहरु (फोटोफिचर)
स्वतन्त्रताको प्रतिक पिजँडाबाट उड्दै गरेको परेवाको पेन्टिङ । काठमाडौं । काठमाडौं उपत्यका सडक पेटीहरुमा कोरिएका बिभिन्न आकृतिले वर्तमान समय बोकेको पाउँछौ । शहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरु कलात्मक मात्र छैनन् अर्थपूर्ण पनि छन् । झट्ट हेर्दा अनौठा देखिने यी चित्रहरु सामाजिक सचेतनाका संदेश प्रवाह गर्नको लागि कोरिएका हुन् । यसै विषयमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरुले काठमाडौं उपत्यकाका सडकका भित्ताहरु कोरिएका कलात्मक चित्रहरुको तश्वीर लिएका छन् । सामाजिक राजनीतिक व्यङ्ग्यदेखि कोरोना माहामारीको जनचेतना जगाउनेसम्मका चित्रहरु आजको फोटो फिचरमा । हिन्दु धर्मालम्बीहरुले मान्ने ऋषिको कलात्मक चित्र । एसिड आक्रमण बलात्कारविरुद्ध कोरिएको चित्र । किशोरावश्थाको चित्र । जनवारको अनुहारको चित्र अगाडि बसेको कुकुर । दानवको आकृति चित्र । परम्परागत हात फैलाइरहेको चित्र । फूलै फूलको चित्र । महिला हिंसा दर्शाउने पेन्टिङ । कोरोना माहामारी दर्शाउने मास्क बोकेको चराको चित्र । मुस्कानले भरिएको एउटा आकृति चित्र । राष्ट्रिय झण्डाको चित्र । नोटः भित्तामा कोरिएका चित्रहरु सत्या मिडिया र आर्टुडियो लगायतका संस्थामा आबद्ध कलाकारहरुले बनाएका हुन् ।
तस्विरमा कैद भएका १२ नेवारी बस्ती र तिनका रहन-सहन
ललितपुरको बाँडेगाँउ ।काठमाडौं । बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिदै गएका छन् । यस्तै २०७१ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो । काठमाडौ उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपुरक हुन् । नेपालको इतिहाँसमा नेवारहरुको योगदान अतुलनीय छ । ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । प्रकृति र मानव सृजित विभिन्न हन्डर-ठक्कर खाएर पनि उभिईरहेको उपत्यकाको नेवार बस्तीलाई हामीले तस्विरमा कैद गर्ने कोशिस गरेका छौं । यसैलाई केन्द्रमा राखेर उपत्यकाका खोकना, बुङमती, किर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु,भक्तपुर, पाटनका विभिन्न स्थानमा गएर खिचिएको तस्विरहरु । यी तस्विरहरुमा नेवार समुदायको रहन-सहन, दिनचर्या, कला-संस्कृतिलाई देखाउन खोजिएको छ । ललितपुरको सिद्धिपुरमा सुकुल बुन्दै महिला । यहाँको सुकुल देशभर प्रख्यात छ । च्यासलको लाक्षी रहेको एक फल्चामा बसेका स्थानीयहरु लुभुको परम्परागत नेवारी बस्ती । यो ऐतिहासिक बस्ती भत्काएर सरकारले सडक निर्माण गर्ने तयारी गरिरहेको छ । किर्तिपुरको नेवारी परम्परा झल्कने लहना भोजनालयमा ओखलमा मसला कुटदै । यहाँ नेवारी संस्कृती झल्कने भेषभुषा र परम्परागत सरसामान प्रयोग गरेर पाहुनालाई सत्कार गरिन्छ । किर्तिपुरको परम्परागत झयालबाट हेर्दै महिला । खोकनामा भुकम्पपछि पुरानै ढाचामा पुर्ननिर्माण गरिएको बस्ती । खोकनाका थकाली । टोलका सबैभन्दा बृद्धलाई थकालीको रुपमा मान्ने चलन छ । हरिसिद्धिको फल्चामा बसेका दौतरी बृद्धा । ठेचो हस्तकलाका परम्परागत सरसामान बनाउदै महिलाहरु । भक्तपुरको दरवार परिसर रहेको एक मन्दिरमा चित्र बनाउदै कलाकार । भक्तपुरको एक घरको झयालमा बसेकी महिला
तस्वीरमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्रीको भेट
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्न नयाँदिल्लीस्थित हैदराबाद हाउस आइपुगेका छन् । तीनदिने भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीसँगको भेटवार्ताका लागि हैदराबाद हाउस आइपुगेका हुन् । तस्वीर: