बिम्स्टेक एक, समस्या अनेक (फोटोफिचर)

काठमाडौं । सरकारले सवारी सञ्चालनमा जोर-बिजोर प्रणाली लागू गरेपछि उपत्यकाको विभिन्न स्थानमा सवारी कुर्दै सर्वसाधरणहरु ।

नयाँ जनै फेर्न र ज्ञानको धागो बाध्न पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन आज(आइतबार) बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ र पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेका छन् । “सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ” भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा अहिलेसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरुपुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः, तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् । आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । यसका लागि अघिल्लो दिनदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिउन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्धारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गरिने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ । वैदिक गुरु परम्परानुसार यज्ञोपवीतलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ । आजका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौंको उत्तरपूर्वी भेगस्थित मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाका जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लागेको छ । रासस (तस्विर: प्रकाश देवकोटा)

हप्ताभरिको काठमाडाैंलाई ६ तस्विरमा हेर्दा !

  तस्बिरमा भक्तपुर दरबार क्षेत्र स्थित पाचँ तले मन्दिरको सुन्दरता । दैनिक हजारौ संख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरुले यस क्षेत्रको अवलोकन गर्ने गर्छन् ।   हे राम! कहिले समाधान होला काठमाडाैंको जाम ? (आफ्नो गन्तव्यका लागी साझ ९ बजेसम्म गाडीको पर्खाईमा सर्वसाधारण)   बाघबजार नजिक आकाशे पुल मुनी लागेको मोटर जाम, प्राय सधै जसो उपत्यकाबासीले ट्राफिक जामको समस्या थेग्नु परेको छ ।   मरे पछि लान नमिले पनि बाचुन्जेल त चाहियो नि ! मन्दिरमा दर्शन गर्न आएका श्रदालूले दिएको पैसा गन्दै एक वृद्ध आमा ।   तिजको उपलक्ष्यमा भृकुटिमण्डपमा लागेको तिज मेलामा एैना हेर्दै एक महिला ग्राहक । तिजलाई हिन्दु महिलाहरुले बिशेष पर्वका रुपमा मान्ने गर्छन् र यस पर्वमा विवाहीत महिलाहरु आफ्नो पतिको दृघायुको कामना गर्न व्रत बस्ने गर्छन् भने अविवाहीत महिलाहरु असल बर पाउ भनि व्रत बस्ने गर्छन्।   बौध्दनाथ स्तुपमा परेवाको झुण्ड, यहाँ आउने पर्यटकहरु परेवालाई दाना हालेर रमाउँदै फोटो खिचेर आनन्द लिने गर्छन् ।