आई लभ मेकअप!!!

काठमाडौं। सुन्धाराको सिभिल मलमा रहेको अन्तर्राष्ट्रिय मेकअप ब्रान्डहरु पाइने एकमात्र प्रिटीक्लिकको स्टोरमा आज लागेको ब्ल्याक फ्राईडे सेलमा मेकअपको सामाग्री छान्दै महिलाहरु। स्टोरलाई भीड थाम्न हम्मे हम्मे परेको थियो। स्टोरले मेकअप सामाग्रीमा ४० प्रतिशत छुट दिएको थियो। तस्विर- डोमी शेर्पा तस्विर- डोमी शेर्पा तस्विर- डोमी शेर्पा तस्विर- डोमी शेर्पा

सबै स्थानिय तहमा हस्तकला प्रशिक्षण केन्द्र खोल्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । बुधबारदेखि १६औँ हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगिता भृकुटीमण्डपमा शुरू भएको छ । मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने ‘नेपाली हस्तकलाको परम्परागत ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्नका लागि सबै स्थानिय तहमा हस्तकाला केन्द्र खोल्न आव्हान गरेका छन् । नेपाली हस्तकलाका सामग्रीले नेपालको निर्यात व्यापारमा महत्वपूर्ण योगदान दिएको बताए । उनले हस्तकला व्यवसायबाट मुलुकमा रोजगारीको अवसर सृजना गर्न र गरीबी हटाउन सकिने विश्वास पनि व्यक्त गरिन् । हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले भने, ‘नेपाली हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको बताए ।’ हस्तकलाको आन्तरिक बजारमा करिब १० अर्ब रुपैयाँ बराबरको खपत रहेको छ भने सोही रकमको हाराहारीमा विदेशमा निर्यात हुने गरेको छ । संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु, चीन, भारत लगायत अन्य मुलुकहरुमा २५ भन्दा बढि बिभिन्न प्रकारका हस्तकला बस्तुहरुको निर्यात भईरहेको छ ।

चितवन घुम्न जाँदै हुनुहुन्छ ? बुझेर जानुस् कुन रिसोर्टमा बस्न कति खर्च लाग्छ ?(फाेटाेफिचर सहित)

चितवन। चितवनको घुम्ने मौसम अहिले सबैभन्दा उपयुक्त हो । बिशेषत: यहाँको सौराहा, नवलपरासी लगायत आसपास क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरु घुम्न जाने गर्दछन् । पर्यटकीय सिजनलाई आधार मानेर चितवनमा के कस्ता रिसोर्टहरु छन् । र, कुन रिसोर्टमा बस्न कति खर्च लाग्छ ? भनेर जानकारी दिने उद्देश्यले यो रिपोर्ट तयार पारिएको हो । कुन रिसोर्टमा कति खर्च लाग्छ ? १. पश्चिम् चितवनको जगतपुरमा रहेको मचान प्याराडाईज भ्यु सुविधा सम्पन्न रिसोर्ट हो । २० वटा डिलक्स रुम रहेको रिसोर्टमा एक रातको ८० डलर खर्च गर्नुपर्ने हुन्छ । विगतदेखि नै संचालनमा रहेको मचानका संचालक प्रकाश श्रेष्ठ हुन् । ८० सिट क्षमताको सभाहल समेत रिसोर्टमा चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको छ । जहाँ जंगल सफारीको समेत सुविधा रहेको छ । २. चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकै रहेको आइल्यान्ड रिसोर्टमा सुईट डिलक्स १२ वटा रुम र स्ट्यान्र्डड १६ वटा गरी २८ रुमहरु रहेका छन् । एकरातको १२५ डलर खर्च गर्नुपर्ने उक्त रिसोर्टमा पनि जंगल सफारी, वर्ड वाच लगायतको सुविधा रहेको छ । ३. चितवनको मोहन खोला नजिक रहेको उक्त रिसोर्ट पनि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमै रहेको छ । रिसोर्टको एक सुइट, ३२ डिलक्स रुमहरु रहेका छन् । रिसोर्टमा पनि जंगल सफारी, बोटिङ तथा वर्ड वाचिङको सुविधा रहेको छ । रिसोर्टको एकरातको १२५ डलर खर्च गर्नुपर्ने हुन्छ । ४. सौराहामा रहेको रोयल पार्क होटल पनि सुविधा सम्पन्न होटल हो । ३४ वटा रुम रहेको होटलमा २ रात दिनको प्याकेज ८० डलर मात्रै रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र नजिक रहेको उक्त होटलमा जाने पर्यटकको लागि पनि जंगल सफारी, वर्ड वाच तथा बोटिङको व्यवस्था रहेको छ । ५. मचान वाइल्डलाईफ रिसोर्ट चितवन राष्ट्रिय निकुञ्ज नजिकै पर्दछ । ३६ वटा स्ट्यान्डर्ड रुम रहेको रिसोर्टमा एकरातको १ सय १० डलर खर्च गर्नुपर्ने हुन्छ । वर्ड वाच, जंगल सफारी, वर्ड वाच लगायतको सुविधा पर्यटकलाई दिने गरेका छन् । ६. चितवनको सफारी नारायणी होटल सुविधा सम्पन्न होटल हो । जसका ३४ वटा रुमहरु रहेका छन् । भने १ सय ४० डलर प्रतिरात खर्च गर्नुपर्ने हुन्छ । होटलले पनि जंगल सफारी, वर्ड वाच र नारयाणीमा बोटिङबाट पर्यटकलाई मनोरञ्जन दिलाउँदै आएको छ । ७. चितवन जंगल लजका ३६ वटा सुविधासम्पन्न रुमहरु रहेका छन् । जम्मा प्रतिरात ६५ डलर खर्च गरे पुग्ने उक्त लजले पर्यटकलाई जंगल सफारी, वर्ड वाच तथा बोटिङको सुविधा दिदैं आएको छ । ८. चितवन प्याराडाईज रिसोर्टका १२ वटा डिलक्स र १२ वटा स्ट्यान्र्डड रुमहरु रहेका छन् । प्रतिरात २५ डलरमै रुम पाइने उक्त रिसोर्टले पनि जंगल सफारी, वर्ड वाचिङ तथा बोटिङको सुविधा दिने गर्दछ । ९. चितवनमा रहेको एडभेन्चर रिसोर्टका ८ वटा डवल रुम र १२ वटा सुविधासम्पन्न सिंगल रुमहरु रहेका छन् । प्रतिरात २५ डलर खर्चमै बस्न पाइने उक्त रिसोर्टले पनि जंगल सफारी, वर्ड वाचिङको सुविधा पर्यटकलाई दिदै आएको छ । १०. रिभर साइड स्प्रिङ रिसोर्ट चितवनको कुरीनटारमा रहेको छ । त्रिशुली किनारमा रहेको उक्त रिसोर्टमा २२ वटा स्ट्यान्ड्रड रुमहरु रहेका छन् । जम्मा ४० डलर प्रतिरात लाग्ने उक्त रिसोर्टमा त्रिशुलीमा र्‍याफ्टिङको मज्जा पर्यटकले लिन पाउँने छन् ।