मंगलबारदेखि भृकुटी मण्डपमा १४ औं नाडा अटो शो (फोटो फिचर)

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटी मण्डपमा १४ औं नाडा अटो शो शुरु हुँदैछ । उक्त नाडा अटो शोमा ९५ वटा ब्राण्डका १ सय ६० स्टल रहने छ । भदौ १० गतेदेखि १५ गतेसम्म संचालन हुने गाडीहरूको उक्त कुम्भ मेला ७० हजारले अवलोकन गर्ने आयोजक नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले जानकारी दिएको छ । नाडा अटो शोः २१ प्रकारका नयाँ सवारी साधन सार्वजनिक हुने, मूल्य कति ?  हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दो, पुग्नै लाग्यो २ खर्ब सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा  

कृष्ण जन्मअष्टमीमा नवतनधाममा भक्तजनको घुईँचो(फोटो फिचर)

काठमाडौ । भक्तपुर स्थित नवतनधाम मन्दिरमा शुक्रबार तामझामका साथ कृष्ण जन्मअष्टमी मनाइएको छ । कृष्ण अष्टमीको अवसर पारेर करिब ५० हजार संख्याका भक्तजनहरुले मन्दिर दर्शन गरेका हुन् । शुक्रबार बिहान ४ बजेदेखी रातको १२ बजेसम्म गर्न मन्दिर दर्शन गरेको मन्दिर संचालक समितिका सदस्य राजकुमार रिजालले जानकारी दिए ।

पुल्चोक मार्गको हिलाम्मे सडक(फोटो फिचर)

काठमाडौं। यो दृश्य हो ललितपुरको पुल्चोक मार्गको । सेन्ट मेरिज स्कुल यही  छ। हिउँदमा धुलामे र बर्खामा हिलाम्मे यो सडकको विशेषता हो । हजारौं विद्यार्थी र आम नागरिकको आवतजावत गर्ने यो सडकको मर्मत तथा स्तरउन्नती गर्न न नागरिक न त स्थानिय सरकारले नै चाँसो देखाएको छ। यो एकदिन मात्रा देखिने दृश्य होइन । यो करिब १ बर्ष देखी हरेक दिन धोबिघाट र पुल्चोककोको भित्री यात्रा गर्ने हरेक व्यक्तीले देख्ने दृश्य हो । पानी परेको दिनको भोली पल्ट यो बाटो हिँडन हरेकलाई सकस पर्छ। पानी परेको दिन झन् सवारीसाधन आवतजावतको त झनै कुरै नगरौं।सेन्ट मेरिजका विद्यार्थीहरु हरेक दिन एक भवनबाट अर्को भवनमा जान यस मार्गको प्रयोग गर्छन् । तर यस बिषयमा खासै चाँसो देखाएको देखिन्न ।