संखुवासभाको गुफापोखरी हिउँले ढाकेर सेताम्मे [फोटोफिचर]

काठमाडौं। तीन वटा जिल्ला संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगम स्थल गुफापोखरी हिउँले भरिएको छ। नेपालको स्विजरल्यान्डको रुपमा परिचित गुफापोखरीमा हिउँ परेपछी हिउँ खेल्न आउने मानिसहरुको संख्या बढ्दो छ। यहाँ शुक्रबार बिहान ११ बजेको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ। गुफापोखरी नेपालको संखुवासभा जिल्ला, नुनढाकी गाविसमा अवस्थित पर्यटकीय महत्वको स्थान हो। लालीगुराँसको राजधानी भनेर चिनिने धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गमस्थल तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा २९०० मिटरको उचाइमा गुफापोखरी रहेको छ। तस्विर – छिरिङ लामा भोटे   तस्विर – छिरिङ लामा भोटे   तस्विर – छिरिङ लामा भोटे   तस्विर – छिरिङ लामा भोटे   तस्विर – छिरिङ लामा भोटे   तस्विर – छिरिङ लामा भोटे   तस्विर – छिरिङ लामा भोटे   तस्विर – छिरिङ लामा भोटे  

गौतमबुद्ध विमानस्थलको काम हुँदैछ धमाधम(फोटोफिचर)

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चर्चा गरिएको गौतमबुद्ध विमानस्थलको काम धमाधम भैरहेको छ । सन् २०१९ को अन्त्यसम्म पूर्ण क्षमतामा उडान गर्ने गरी विमानस्थलको काम भैरहेको छ । हाल विमानस्थलको धावन मार्ग, कन्ट्रोल रुम र अन्य प्राविधिक काम भैरहेको छ । photo/CAAN