मेडिकल कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न माग राख्दै माइतीघरमा विद्यार्थीहरुको प्रदर्शन (फोटोफिचर सहित)
काठमाडौं। चिकित्सक शिक्षा संघर्ष समितिले मंगलबार मेडिकल कलेजले लिदै आएको अवैध शुल्कको विरोधमा प्रदर्शन गरेको छ। मेडिकल कलेजहरुले लिएको अवैध शुल्कको विरोध गर्दै चिकित्सक शिक्षा संघर्ष समितिले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। समितिले मेडिकल कलेजको गुण्डागर्दीको विरोध गर्दै चिकित्सक सुरक्षाको माग पनि राखेका छन्। उनीहरूले सरकारलाई मेडिकल कलेजलाई कारबाही नगरी चुपचाप बसी मेडिकल माफियाहरुलाई साथ दिँदै उनीहरुको गूण्डागर्दी प्रति गम्भिर नभएको आरोप लगाएकाे छ। तोकेको निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलिकाविरुद्ध चिकित्सा शिक्षा संघर्ष समितिले विरोध जनाउँदै आएको छ।
तराईका बजारमा छठ पर्वका सामाग्री बिक्री बढ्यो(फोटो फिचर)
काठमाडौँ । तराईवासीहरुको महान् चाड छठ पर्व शुरु भएको छ । छठ पर्वको शुरु भएसँगै यो पर्वका लागि आवश्यक केरा, ढकी लगायतका सामाग्रीहरुको स्थानीय हटियाहरुमा बिक्री शुरु भएको छ । छठ पर्वलाई चाहिने सामाग्री खरिदका लागि स्थानीयवासीहरुको भीड हटियाहरुमा बढ्न थालेको छ । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सुनसरी जिल्लामा देखिएको छठ सामाग्री, हेरौँ केही तस्विर । तस्विरः रासस
झिलिमिली बत्तिले सिंगारिए कर्पोरेट हाउस, हेरौँ १२ तस्विर(फोटो फिचर)
काठमाडौँ । नेपालीहरुको महान् पर्व तिहारको माहौल शुरु भइसकेको छ । तिहार पर्व ५ दिनसम्म मनाइन्छ । काग तिहार, कुकुर तिहार, गाई तिहार(लक्ष्मी पूजा/दीपावली), गोरु तिहार(म्हः पूजा) र भाइटीका गरी पाँच दिनसम्म यो पर्व मनाइन्छ । यस वर्षको तिहारका पाँच दिन अर्थात यमपञ्चक कात्तिक ८ गतेबाट शुरु हुँदैछ । यसवर्ष कात्तिक १२ गते भाइटीका परेको छ, नेवार समुदायले १३ गते टीका लगाउने भएका छन् । अहिले तिहार पर्वले बजारमा भीड बढेको छ । तिहार पर्वलाई झिलिमिलि बत्तिको पर्व अर्थात उज्यालो पर्वका रुपमा समेत लिइन्छ । तिहार पर्वको महौल शुरु हुँदा साँझ परेपछि झिलिमिली बत्ति बाल्न थालिएको छ । यसैक्रममा काठमाडौँका केही कर्पोरेट हाउसमा बालिएको झिलिमिली बत्तिको दृश्य हेरौँ: