महाबौद्धस्थित ९ तले सैनिक अस्पताल सम्पन्न हुने अन्तिम चरणमा

काठमाडौं । महाबौद्धस्थित निमार्ण भइरहेको ९ तलाको सैनिक अस्पताल सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । ३२ वर्ष पुरानो यस अस्पताल भत्काएर ९ तलेको भवन बनाइएको हो । शुरुमा यस अस्पताल १७ तले बनाउने निर्णय गरिएको थियो । तर २०७२ सालको विनाशकारी भुकम्पका कारण ९ तले मात्र बनाइएको हो । सेनाका अनुसार भवन सम्पन्न भएपछि वार्षिक ५० करोडमा व्यापारीलाई भाडामा दिइने भएको छ । अस्पताल चलाउन भनेर बनाइएको अत्याधुनिक भवन सेनाले व्यापारिक प्रयोजनको लागि एभरेष्ट इन्टरप्राइजेनका सञ्चालक चन्द्रबहादुर श्रेष्ठले १५ वर्षका लागि भाडामा लिने भएको छन् । यस भवन कुल ३ लाख ३० हजार वर्गफिट क्षेत्रफलमा बनेकाे छ । सो मध्ये २ लाख ८५ हजार वर्गफिट एभरेष्ट इन्टरप्राइजेजले सेनासँग लिएर प्रयोग गर्ने भएको छ ।

यस्तो देखियो स्वयम्भूमा सेल्फी हान्नेको लर्को

ल है साथी हो, एउटा सेल्फी जाओस् त   सेल्फी खिचेर फेसबुकमा त हाल्नै पर्यो एक सेल्फी स्वयम्भूको नाममा   स्वयम्भूको डाँडामा सेल्फीको मजै बेग्लै, आहा……!!!  

तस्विरमा महिला पत्रकारको फुटबल क्रेज

काठमाडौं । नेपाल पत्रकार महासंघ महिला विभागद्धारा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ । ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ शनिबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतियोगितामा अनलाइन मिडियालाई २-१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले उपाधि जितेको हो । खेल जारी रहेकै बेला रातपरेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो । फुटबल प्रतियोगिताको उपाधि उचाल्दै प्रिन्ट मिडिया विजेता टोली प्रिन्टका लागि पून्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले मात्र गोल गर्न सकिन्, अन्य खेलाडीले हानेको पेनाल्टीले गोलपोष्टको दिशा लिन सकेन । प्रतियोगितामा रेडियो र टेलिभिजनले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीलाई तेस्रो भएको घोषणा गरिएको थियो । जितपछिको उमंग- प्रिन्ट मिडिया विजेता टोली रेडियोलाई १–० गोलले र उपविजेता अनलाइन टोली टेलिभिजनलाई २–१ ले पराजित गरी फाइनलमा पुगेका थिए । विजेता तथा उपविजेता टोलीलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाललगायतले ट्रफी प्रदान गरेका छन् । खेलाडीहरू सँग खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेलकुद क्षेत्रका समस्याबारे पत्रकारहरुले आ–आफ्नो मिडियाबाट खबरदारी गर्न आग्रह गरेका छन् । खेलकुदको क्षेत्रबाट मुलुकको समृद्धि गर्न सकिने बताउँदै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल मैदान निर्मााण थालिने बताए । सो अवसरमा मन्त्री विश्वकर्माले विजेता टोलीले प्राप्त गर्ने गरी प्रोत्सहानस्वरुप १० हजार रुपैयाँ महासंघका कोषाध्यक्ष राजेश मिश्रलाई हस्तान्तरण गरेका छन् । फुटवल क्याप्टेन उपाधि उचाल्दै चमिना भट्टराई नियमानुसार एकपटक खेलाडी परिवर्तन भएर मैदानबाट बाहिर निस्किएका खेलाडी पुनः मैदान प्रवेश गर्न पाउँदैन, तर महिला पत्रकार बाहिर निस्केको केहीबेरमै मैदान प्रवेश गर्न पाउनुपर्यो भन्दै रेफ्रीलाई दबाब दिएको दृश्य हेर्न लालयीत हुन्थ्यो । अर्कोतर्फ जब खेलाडी परिवर्तन गर्न खोज्यो खेलाडी बाहिरै आउन नमान्ने दृश्य झनै रोचक थियो । झनै प्रिन्ट मिडियाद्वारा पराजित भएपछि रेडियोका खेलाडीले मैदानमै देखाएको व्यवहार लाजमर्दो नै थियो । पराजय भएपछि उनीहरु रेफ्री र अफिसिलमाथि आइलागेका थिए । तीन वर्षअघिदेखि एन्फामा रेफ्रीका रुपमा कार्यरत राधिका शाक्यले शनिबारको खेल अचम्मको भएको प्रतिक्रिया दिइन् । महिला सञ्चारकर्मीमा फूटबलबारे सामान्य खाले जानकारीसमेत नभएको बताइन् । खेलमा धेरै गल्ती भए पनि आफूहरुले कार्ड प्रयोग गर्नुको सट्टा खेलाडीलाई सम्झाउँदै खेल खेलाएको बताइन् । तर कतिपयले सम्झाउँदासमेत नमानेको उनको भनाइ छ । उत्कृष्ट गाेलकिपर- बिजु मर्हजन भर्खरै सगरमाथा अरोहण गरेकी कारोबार राष्ट्रिय दैनिककी फोटो पत्रकार पूर्णिमा श्रेष्ठले मैदानमै गएर फूटबल खेलेको जीवनकै पहिलो अनुभव भएको बताइन् । उनले भनिन्, “रमाइलो भयो तर, नियमपूर्वक खेल्न सकिएन ।” त्यस्तै कारोबारकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठको अनुभव पनि उस्तै रह्यो, उनले भनिन् “फूटबल खेल्न भन्दा फोटो खिच्नै सजिलो ।” अर्की सञ्चारकर्मी प्रगति ढकालले मैदानमै फूटलब खेलेको पहिलो अनुभव भएको बताउँदै यस्ता खाले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताइन् ।