यस्तो देखियो अन्तर्राष्ट्रिय मजदुर दिवस(फोटो फिचर)

काठमाडौँ । १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस बुधबार देशभरी नै विभिन्न कार्यक्रमका साथ मनाइएको छ । काठमाडौँमा संयुक्त ट्रेड युनियन केन्द्रले संयुक्त रुपमा मजदुर दिवस मनााएको छ । संयुक्त मजदुर दिवस समारोहमा प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष प्रचण्ड, उपप्रधान तथा संघीय समाजवादी फोरमका संयोजक उपेन्द्र यादव, नेपाली काँग्रेसका महामन्त्री बिमलेन्द्र निधी लगायतका नेताहरुले संबोधन गरेका थिए । संघीय राजधानी काठमाडौँ सहित बुटवल, वीरगञ्ज, भरतपुर लगायत देशका प्रमुख शहरहरुमा पनि मजदुर दिवस मनाइएको छ । देशका प्रमुख शहरमा मनाइएको मजदुर दिवस र मजदुर दिवस कै दिन पनि श्रममा खटेका मजदुरका केही तश्वीर यहाँ समेटिएको छः (तश्वीरः रासस)  

लगानी सम्मेलन स्थल सोल्टी होटल क्षेत्रमा यस्तो देखियो तयारी(फोटो फिचर)

काठमाडौँ । शुक्रबार र शनिवार नेपालमा लगानी सम्मेलन हुँदैछ । लगानी सम्मेलनमा सहभागी हुन विभिन्न ४० देशबाट ६०० भन्दा बढी लगानीकर्ता विहीबार साँझसम्म काठमाडौँ आइसकेका छन् । सम्मेलन शुक्रबार बिहान ८ बजे सोल्टी होटलमा उद्घाटन हुँदैछ । उक्त दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्नेछ । कार्यक्रमको पूर्व सन्ध्यामा बिहीबार सोल्टी होटल र वरपरको क्षेत्रमा सम्मेलनको तयारी यस्तो देखियो । हेर्नोस् यी दश तस्वीर: तस्वीरः राजाराम न्यौपाने/विकासन्यूज