चितवन घुम्न जाँदै हुनुहुन्छ ? बुझेर जानुस् कुन रिसोर्टमा बस्न कति खर्च लाग्छ ?(फाेटाेफिचर सहित)
चितवन। चितवनको घुम्ने मौसम अहिले सबैभन्दा उपयुक्त हो । बिशेषत: यहाँको सौराहा, नवलपरासी लगायत आसपास क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरु घुम्न जाने गर्दछन् । पर्यटकीय सिजनलाई आधार मानेर चितवनमा के कस्ता रिसोर्टहरु छन् । र, कुन रिसोर्टमा बस्न कति खर्च लाग्छ ? भनेर जानकारी दिने उद्देश्यले यो रिपोर्ट तयार पारिएको हो । कुन रिसोर्टमा कति खर्च लाग्छ ? १. पश्चिम् चितवनको जगतपुरमा रहेको मचान प्याराडाईज भ्यु सुविधा सम्पन्न रिसोर्ट हो । २० वटा डिलक्स रुम रहेको रिसोर्टमा एक रातको ८० डलर खर्च गर्नुपर्ने हुन्छ । विगतदेखि नै संचालनमा रहेको मचानका संचालक प्रकाश श्रेष्ठ हुन् । ८० सिट क्षमताको सभाहल समेत रिसोर्टमा चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको छ । जहाँ जंगल सफारीको समेत सुविधा रहेको छ । २. चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकै रहेको आइल्यान्ड रिसोर्टमा सुईट डिलक्स १२ वटा रुम र स्ट्यान्र्डड १६ वटा गरी २८ रुमहरु रहेका छन् । एकरातको १२५ डलर खर्च गर्नुपर्ने उक्त रिसोर्टमा पनि जंगल सफारी, वर्ड वाच लगायतको सुविधा रहेको छ । ३. चितवनको मोहन खोला नजिक रहेको उक्त रिसोर्ट पनि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमै रहेको छ । रिसोर्टको एक सुइट, ३२ डिलक्स रुमहरु रहेका छन् । रिसोर्टमा पनि जंगल सफारी, बोटिङ तथा वर्ड वाचिङको सुविधा रहेको छ । रिसोर्टको एकरातको १२५ डलर खर्च गर्नुपर्ने हुन्छ । ४. सौराहामा रहेको रोयल पार्क होटल पनि सुविधा सम्पन्न होटल हो । ३४ वटा रुम रहेको होटलमा २ रात दिनको प्याकेज ८० डलर मात्रै रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र नजिक रहेको उक्त होटलमा जाने पर्यटकको लागि पनि जंगल सफारी, वर्ड वाच तथा बोटिङको व्यवस्था रहेको छ । ५. मचान वाइल्डलाईफ रिसोर्ट चितवन राष्ट्रिय निकुञ्ज नजिकै पर्दछ । ३६ वटा स्ट्यान्डर्ड रुम रहेको रिसोर्टमा एकरातको १ सय १० डलर खर्च गर्नुपर्ने हुन्छ । वर्ड वाच, जंगल सफारी, वर्ड वाच लगायतको सुविधा पर्यटकलाई दिने गरेका छन् । ६. चितवनको सफारी नारायणी होटल सुविधा सम्पन्न होटल हो । जसका ३४ वटा रुमहरु रहेका छन् । भने १ सय ४० डलर प्रतिरात खर्च गर्नुपर्ने हुन्छ । होटलले पनि जंगल सफारी, वर्ड वाच र नारयाणीमा बोटिङबाट पर्यटकलाई मनोरञ्जन दिलाउँदै आएको छ । ७. चितवन जंगल लजका ३६ वटा सुविधासम्पन्न रुमहरु रहेका छन् । जम्मा प्रतिरात ६५ डलर खर्च गरे पुग्ने उक्त लजले पर्यटकलाई जंगल सफारी, वर्ड वाच तथा बोटिङको सुविधा दिदैं आएको छ । ८. चितवन प्याराडाईज रिसोर्टका १२ वटा डिलक्स र १२ वटा स्ट्यान्र्डड रुमहरु रहेका छन् । प्रतिरात २५ डलरमै रुम पाइने उक्त रिसोर्टले पनि जंगल सफारी, वर्ड वाचिङ तथा बोटिङको सुविधा दिने गर्दछ । ९. चितवनमा रहेको एडभेन्चर रिसोर्टका ८ वटा डवल रुम र १२ वटा सुविधासम्पन्न सिंगल रुमहरु रहेका छन् । प्रतिरात २५ डलर खर्चमै बस्न पाइने उक्त रिसोर्टले पनि जंगल सफारी, वर्ड वाचिङको सुविधा पर्यटकलाई दिदै आएको छ । १०. रिभर साइड स्प्रिङ रिसोर्ट चितवनको कुरीनटारमा रहेको छ । त्रिशुली किनारमा रहेको उक्त रिसोर्टमा २२ वटा स्ट्यान्ड्रड रुमहरु रहेका छन् । जम्मा ४० डलर प्रतिरात लाग्ने उक्त रिसोर्टमा त्रिशुलीमा र्याफ्टिङको मज्जा पर्यटकले लिन पाउँने छन् ।
राराको कलात्मक सुन्दरता हेर्नुहोस् तस्बिरमा
मुगु । ‘कर्णाली रारा पर्यटन वर्ष २०७५ प्रधानमन्त्री केपी ओली शर्माले उद्घाटन गरेसँगै रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमा बृद्धि हुँदै गएको छ । अहिले रारामा दैनिक १ सय जिप १० वटा बस, ३ सय मोटरसाइकल र हवाइमार्गबाट समेत रारा अवलोकन गर्ने पर्यटकको संख्या बढिरहेको छ । नेपालकै सबैभन्दा ठूलो ताल यस्तो देखियो तस्बिरमा बिहानीपख देखिने रारा तालको दृश्यः निलो आकाश कन्चन तालको पानी र हरीयो घना वन । समयसगैं रङ फेर्दै स्वर्गकी अप्सरा रारा । रारा तालको विशेषता के छ भने यसको रङ छिनछिनमा परिर्वतन हुने गर्छ । रारा राष्ट्रिय निकुन्ज नजिकै घोडा चढेर रमाउँदै बाल घोडा चालकः रारा ताल नजिकै व्यावसायीक प्रयोजनका लागी त्यहाका स्थानीयले घोडा राखेका हुन्छन् । मुगुको लेकमा भेडा चराउँदै भेडी गोठालो । रारा ताल माथि देखिने सुन्दर छायाँनाथ हिमालः छायाँनाथ हिमाल कर्णाली बासीको धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको छ । यहाँ वर्षमा धेरै संख्यामा भक्तजनहरू आफ्नो मनोकामना लिएर पुजापाठ गर्न जाने र त्यहां पुजा गरे छायाँनाथले आफ्नो मनोकामना पुरा गरिदिने जनविश्वास रहेको छ । सफा मौसममा लोभ लाग्दो राराको दृश्य । मुगुको सदरमुकामः गमगढी बजारमा परेको घामको पहिलो झुल्को ।
असनबाट यसरी भित्रिदै छ तिहार(फोटो फिचर)
तिहारले व्यस्त असन बजार । तिहार नजिकिदै गर्दा आफ्नो पसल सजाउदै एक व्यापारी पसलमा ढाका टोपी छान्दै महिला दिदीबहिनीहरुः प्राय भाई टिकामा आफ्ना दाजुभाईलाई दिदीबहिनीले ढाका टोपी उपहार दिने चलन परापुर्व देखि चल्दै आएको छ । चाडपर्वको मौका छोप्दै आफ्नो पढाई खर्च निकाल्न असनको गल्लीमा रंग बेच्दै एक बालक र संगै एक माला व्यापारी माला मिलाउदै । तिहारमा विशेष गरि धनकी देवी लक्ष्मीको पुजा गरिने परम्परा रहेको छ । असनमा बिक्रीका निम्ति सजाएर राखिएका लक्ष्मी भगवानका तस्विर । रंग किन्ने ग्राहक पर्खदै पसल अघि एक बालिका: तिहारमा भाईटिकाका निम्ति सात रंगको प्रयोग गरिन्छ । साथै, अहिले नेपालमा पनि रंगौली बनाएर लक्ष्मी पुजा गर्ने चलन बढेको हुदा रंगको प्रयोग पनि बढेको छ । भाईटिकामा दिदिबहिनीले आफ्ना दाजुभाईको सत्रु नास हुन् / पराजित हुन भन्ने उद्धेश्यले ओखर फुटाएर खुवाउने चलन रहेको हुदा यो फलको पनि बिशेष महत्व रहेको छ । भाईटिकाका लागि मखमली फुलको माला बेच्न पसलमा माला मिलाउदै पसल साउनी भाईको आयु पनि मखामलिफुलाको जस्तै अमर होस् ,भाईको जिवन कहिले नोईलाओस भन्ने विश्वासले यो फुलको माला लगाईदिने प्रचलन छ । सडक किनारमा बेच्न राखिएको रातो माटोः रातो माटोले घर लिपेर सफा गरने र लक्षमी भित्राउने चलन रहेको छ ।