हप्ताभरिको काठमाडाैंलाई ६ तस्विरमा हेर्दा !
तस्बिरमा भक्तपुर दरबार क्षेत्र स्थित पाचँ तले मन्दिरको सुन्दरता । दैनिक हजारौ संख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरुले यस क्षेत्रको अवलोकन गर्ने गर्छन् । हे राम! कहिले समाधान होला काठमाडाैंको जाम ? (आफ्नो गन्तव्यका लागी साझ ९ बजेसम्म गाडीको पर्खाईमा सर्वसाधारण) बाघबजार नजिक आकाशे पुल मुनी लागेको मोटर जाम, प्राय सधै जसो उपत्यकाबासीले ट्राफिक जामको समस्या थेग्नु परेको छ । मरे पछि लान नमिले पनि बाचुन्जेल त चाहियो नि ! मन्दिरमा दर्शन गर्न आएका श्रदालूले दिएको पैसा गन्दै एक वृद्ध आमा । तिजको उपलक्ष्यमा भृकुटिमण्डपमा लागेको तिज मेलामा एैना हेर्दै एक महिला ग्राहक । तिजलाई हिन्दु महिलाहरुले बिशेष पर्वका रुपमा मान्ने गर्छन् र यस पर्वमा विवाहीत महिलाहरु आफ्नो पतिको दृघायुको कामना गर्न व्रत बस्ने गर्छन् भने अविवाहीत महिलाहरु असल बर पाउ भनि व्रत बस्ने गर्छन्। बौध्दनाथ स्तुपमा परेवाको झुण्ड, यहाँ आउने पर्यटकहरु परेवालाई दाना हालेर रमाउँदै फोटो खिचेर आनन्द लिने गर्छन् ।
भृकुटिमण्डपमा शुरू भयो तिज मेला, यस्ता छन् विशेषता(फोटोफिचर सहित)
भृकुटिमण्डपमा सुरु भयो तिज मेला २०१८ काठमाडौं । ‘हामी सबै शिर्जनशिल महिलाको एउटै नारा। सिप सिकौं, उद्यम गरौं, बनौं आत्मनिर्भर सारा ।’ भन्ने नारासहित महिला शिर्जनशिल केन्द्रको आयोजना तथा इभेन्टसंसार डटकमको व्यवस्थापनमा यहि भाद्र ७ गते विहिबारदेखि भृकुटिमण्डपमा १७औं तिज महोत्सव बृहत तिज व्यापार मेलाु शुरु भएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाबाट उद्घाटन भएको यस मेलामा २०० वटा भन्दा बढि स्टलहरु राखिएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाबाट मेलाकाे उद्घाटन यस मेलालाई जापानी प्रसिद्ध ब्राण्ड ‘मिनीसो’ ले प्रस्तुत गरेको छ भने डाबर नेपालको गुलाबरी रोज वाटरको मुख्य प्रायोजन तथा महिलाहरुले प्रयोग गर्ने सेफ्टि को सहकार्य रहेको छ । मेलामा १० भन्दा बढि स्टलहरु असाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्र पिछडिएका दिदि बहिनीहरुलाई निशुल्क उपलब्ध गराईएको छ । तिजका लागी सामान खरिद गर्दै महिला दिदी बहिनीहरु सन २००२ बाट महिला शिर्जनशिलता र उद्यमशिलता लाई प्रोत्साहन गर्ने उद्धेश्यले शुरु भएको तिज महोत्सव मेला यस पटक काठमाडौं केन्द्र भृकुटिमण्डपमा आयोजना भएको छ । मेलाको अवधिभर १,००,००० भन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरेका छौं । महिला शिर्जना र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उदेश्यले यस पटक ५ उत्कृष्ट व्यवसायलाई अवार्ड दिने प्रदान गरिने छ । लोक दोहोरी गायिका मिना ढकाल आफना ग्राहकहरुलाई तिज बिशेष सामान देखाउदै बृहत तिज व्यापार मेलाको विशेषताहरुः अवलोकनकर्ताहरुको लागी निशुल्क स्वास्थ्य शिविर । निशुल्क फोटो सुट । निशुल्क मेहेन्दि आर्ट । निशुल्क हेयर कटिङ्ग । लगायत हात खालि नजाने उपहारहरु राखिएको छ । हातमा मेहेन्दि लगाउदै एक महिला यस महोत्सवमा २५ रुपैयाँ प्रवेश शुल्क पनि राखिएको छ । यस बाट प्राप्त भएको ५० प्रतिशत रकम सामाजिक संस्थालाई प्रदान गरिने छ साथै दुर दराज वा रोगी बिरामी महिला दिदी बहिनीहरुलाई उपचार खर्चको रुपमा प्रदान गरीने छ । स्टलमा सामान मिलाउदै महिला व्यापारी