ग्रेट महाभारत ट्रेल पदमार्ग खाेज्दै अध्ययन टाेलि, प्रारंभिक चरणनै भेटिए प्रशस्तै सम्भावनाहरू (फोटो फिचरसहित)

काठमाडौं । समृद्ध सिन्धुली अभियानले काभ्रेको नमोबुद्धबाट महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गर्न गएको टोली मंगलबार ऐतिहासिक सिन्धुलीगढी पुगेको छ । अध्ययनका लागि बुधबार अभियानको टोली काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको थियो । अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङनकर्ता लगायतका विज्ञहरु सहभागी रहेको जनाइएको छ । टोलीले नमोबुद्धबाट सिन्धुलीगढी हुँदै फिक्कलसम्म अध्ययन गर्न हिँडेको जानकारी दिएको छ । सिन्धुलीगढी नपुग्दै दैनिक पानी पर्न थालेकाले यात्रालाई सिन्धुलीगढी खण्ड पार गरेर केही दिनका लागि स्थगित गरिएको टोलिमा सहभागी अभियन्ता सौरभ ढकालले बताए । ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गर्न टोलीले महाभारत डाँडैडाँडा पदयात्रा गरेको थियो । यात्राको पाँचौ दिनदेखि लगातार पानी परिरहेकाले केही दिनका लागि पदयात्रा स्थगित गरेका उनको भनाइ छ । मौसममा सुधार हुनासाथ यात्रालाई निरन्तरतता दिने बताइएको छ । समृद्ध सिन्धुली अभियानको टोलि पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँ पदमार्गको खोजी गर्न हिँडेको अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए । उनले बाटोमा पर्ने गाउँहरुमा होमस्टे संचालन, पदमार्गको सुधार र पदमार्गमा पर्ने स्थानीय तहसँग समन्वय गरेर त्यस क्षेत्रका बासिन्दालाई सहभागी गराउन सके राजधानी र तराइबाट नजिकै रहेको यस मार्गमा पदयात्रा गराउन सकिने संभावना देखिएको उनको भनाइ छ । राजधानीबाट नजिकै रहेको महाभारत पदमार्ग आवश्यकताअनुसार लामो र छोटो दुरीमा गर्न सकिने देखिएको अभियन्ता ढकालले बताए । ‘यस मार्गलाई खगोल, जीवजन्तु, चराचुरुंगी र बनस्पत्ति अध्ययनका साथै स्थानीय उत्पादनलाई ब्यवसायीकरण गर्न समेत उपयोग गर्न सकिने देखिएको छ,’ उनले भने । आगामी फागुन समृद्ध सिन्धुली अभियानले पदयात्रीलाई काठमाडौंबाट नमोबुद्ध हुँदै सिन्धुलीगढीसम्म लैजाने ढकालले जानकारी दिए । अध्ययन टोलीले ७ दिनमा नमोबुद्धदेखि काभ्रेको दाप्चा, डराउने पोखरी, काक्रे सिपाली, रोशी, वाल्टिङ, सिन्धुलीको सुनकोशी, घ्याङलेख, सिन्धुलीगढीहुँदै , रतनचुरासम्मको यात्रा गरेको छ । यात्राका क्रममा पुगिने ठाउँका स्थानीय जातजाती, संस्कृति, रहनसहन, वातावरण, बनस्पति, सार्बजनिक स्थलहरु, झरना, गुफालगयातका हेर्नलायक स्थलहरु, होमस्टेको सम्भावनालगायतका कुराहरुको अध्ययन गरिएकको अर्का अभियन्ता दीपक श्रेष्ठको भनाइ छ । ‘अध्ययनका क्रममा पुगेका स्थलहरुको डिजिटलरएनालग नक्सा, फोटोरभिडियो, स्थानीय स्तरमा प्राप्त कथाहरु संकलन गरेका छौं,’ उनले भने । यात्रामा समृद्ध सिन्धुली अभियानका अभियन्ताहरु लीलानाथ घिमिरे, सौरभ ढकाल, दीपक श्रेष्ठ, फोटो ग्राफर गणेश भण्डारी र भिडियोग्राफर सान महर्जन सहभागी थिए । महाभारत ट्रेट अध्ययनका लागि राष्ट्रिय प्रकृति कोषसँग अभियानले सहकार्य गरेको छ । अध्यनमा स्टोरी साइकल, आवर ड्रिम सिटी लगायतका संस्थाले सघाएका जनाइएको छ ।  

रेनोले नक्शालमा सञ्चालन गर्याे अत्याधुनिक शोरुम (फोटोफिचर सहित)

काठमाडौं । रेनोको नेपालको लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स् प्रालि (विशाल ग्रुप अन्र्तगतको कम्पनी) ले अर्को नयाँ शोरुम (स्टेट आफ आर्ट शोरुम) काठमाडौंको नक्शालमा सञ्चालनकमा ल्याएको छ । आफ्ना ग्राहकलाई थप सेवा प्रदान गर्ने उद्देश्यले उक्त शोरुम सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ । शोरुम सञ्चालनपछि ग्राहकलाई नजिकै आफ्नो रोजाईको नयाँ रेनो कार, स्पेयर पार्टस र सर्भिस लिन सहज हुनेमा कम्पनले विश्वास गरेकाे छ । शोरुमको उद्घाटन एड्भान्स अटोमोवाइल कम्पनीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल र रेनोको एक्स्पर्ट एण्ड बिजनेश डेभलपमेन्ट प्रमुख नविन मिश्रले संयुक्त रुपमा गरेका थिए । रेनोको एक्स्पर्ट एण्ड बिजनेश डेभलपमेन्ट प्रमुख मिश्रले शोरुम उद्घाटन गर्दै नक्सालमा नयाँ शोरुम संचालनमा ल्याउन पाउँदा रेनाे परिवार खुसी भएको बताए । ‘ग्राहकहरुको माग बढ्दै गएकाले हामीले आफ्नो शोरुमहरु बिस्तार गर्दै लगेका हौं,’ उनले भने ‘जसबाट ग्राहकले कम्पनीको सेवाहरु सहज रुपमा छिटो छरितो प्राप्त गर्न सक्ने हाम्रो विश्वास छ ।’ नेपालमा सबैभन्दा चाँडो गाडीको बजारमा बिस्तार गर्ने कम्पनीको रुपमा एड्भान्स अटोमोवाइल्स् रहेको कम्पनीकाे दावी छ ।  

जिओे अटोमोवाइल्सले ल्यायो नयाँ फोर्ड मस्ताङ्ग गाडी, यस्ता छन् विशेषता (फोटोफिचर सहित)

काठमाडौं । नेपालका लागि फोर्ड गाडीका आधिकारीक विक्रेता जि.ओ अटोमोवाइल्सले शुक्रबार(आज) एक समारोहबीच नयाँ ‘फोर्ड मस्ताङ्ग’को अनावरण गरेको छ । गत वर्ष नाडा अटो शोमा फोर्ड मस्ताङ्ग प्रदर्शन गर्दा गाडीका पारखीहरुद्धारा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि उक्त गाडी नेपाल भित्र्याएको हो । कम्पनीका अनुसार यस फोर्ड मस्ताङ्ग ५.० लिटर, भी८ ईन्जिन जडान गरिएको छ जसले ४५० पीएस पावरको शक्ति प्रदान गर्दछ । ६ स्पिड म्यानुल ट्रान्समिसनयुक्त फोर्ड मस्ताङ्ग हेर्दैमा अति आकर्षक र शक्तिको अनुभुति प्रदान गर्ने खालको डिजाइन छ । फोर्डका उत्कृष्ट प्रविधिबाट सु–सजित यस फोर्ड मस्ताङ्गमा भ्वाइस कमान्ड/स्टाइलिस एलईडी लाइट रहेको छ । बजारमा आएको नयाँ मस्ताङ्गले अझै राम्रो प्याकेज ल्याएका छन् । एप्पल कारप्ले र एण्ड्रोइड अटोसँग कम्पाइटिवल हुने सिस्टम राखेको नयाँ फोर्ड मस्ताङ्गमा फोर्ड एसवाईएनसी थ्री कम्युनिकेशन मार्फत भ्वाइस कमान्डद्धारा विभिन्न कन्ट्रोलहरु चलाउन सकिन्छ । विश्वमा नै आफ्नो स्टाइल, कार्यकौशलता, शक्तिशाली ईन्जिनको लागि प्रख्यात रहेको यस गाडीको मूल्य भने तोकिएको छैन । यो मोडललाई अमेरिकन आईकनको रुपमा लिइन्छ । जेम्स वण्डको फिल्म देखि धेरै हलिउड फिल्महरुमा यो मोडलको व्यापक प्रयोग गरेको देखिन्छ ।